को बन्ला भारतको प्रशिक्षक, यी हुन् दौडमा रहेका ६ जना

२०७६ श्रावण २८, मंगलवार १०:२०

भारतीय क्रिकेट बोर्ड – बिसीसीआईले भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदको लागि ६ जना उम्मेदवारलाई अन्तिम सुचीमा राखेको छ। अगस्ट १६ तारिकमा ६ जनाको अन्तर्वार्ता हुनेछ जसपछि प्रशिक्षक को हुने निर्णय गरिनेछ।

जुलाई २०१७ मा अनिल कुम्बलेको स्थानमा रभी शास्त्रीलाई मुख्य प्रशिक्षक बनाईएको। २०१९ विश्वकपमा सेमीफाइनलमा भारतको यात्रा रोकिएपछि नयाँ प्रशिक्षक खोजाइ सुरु भएको हो। भारतीय कप्तान कोहलीले भने शास्त्रीलाई समर्थन गरेको बताइसकेका छन्।

मुख्य प्रशिक्षक बन्ने दौडमा न्युजिल्याण्डका पुर्व प्रशिक्षक माइक हेसन, पुर्व अस्ट्रेलियन क्रिकेटर तथा श्रीलंकन टिमका प्रशिक्षक रहीसकेका टम मुडी, वेस्टइन्डिज पुर्व क्रिकेटर तथा वर्तमान अफगानिस्तानका प्रशिक्षक फिल सिमोन्स, भारतीय टिमका पुर्व म्यानेजर लालचन्द राजपुत, भारतीय टिमका पुर्व फिल्डिंग प्रशिक्षक तथा क्रिकेटर रोबिन सिंह तथा वर्तमान मुख्य प्रशिक्षक रभी शास्त्री रहेका छन्।

कपिल देव, अंशुमान गायकवाड र शंथा रंगस्वामी रहेको कमिटिले कोच चयन गर्नेछ 

प्रशिक्षकको छनौट गर्नको लागि भारतीय बोर्डको क्रिकेट सल्लाहकार कमिटिमा ३ जना सदस्य रहेका छन् जसमा पुर्व भारतीय क्रिकेटरहरु कपिल देव, अंशुमान गायकवाड र शंथा रंगस्वामी छन्।

“बोर्डले अनुभव र दक्षताको आधारमा ६ जनाको नाम छनौट गरेको छ। ६ जनाको अन्तर्वार्ता मुम्बईमा भिन्न-भिन्न समयमा हुनेछ। अन्तर्वार्ता अगस्ट १६ तारिकको विहान सुरु भएर बेलुका ५:३० बजेसम्म चल्नेछ।” बिसीसीआईका एक अधिकारीले बताए।

“शास्त्रीले यो प्रक्रियामा अन्य सपोर्ट स्टाफ जस्तै स्वतःप्रवेश पाएका छन्। क्रिकेट कमिटिले ६ जनाको अन्तर्वार्ता पछि आफ्नो निष्कर्ष बिसीसीआईलाई राख्नेछ जसपछि बिभिन्न मुल्यांकन गरेर मुख्य प्रशिक्षक चयन गरिनेछ।” अन्तिम छनौटको लागि कति जना प्रशिक्षकको नाम दिने निर्णय अन्तर्वार्ताको दिन कमिटिले गर्ने अधिकारीले बताए।

क्रिकेटनेक्स्टले बताए अनुसार हेसन र मुडीले रभी शास्त्रीलाई चुनौती दिने छन्। यस्तै अफगानिस्तान र आयरल्याण्डको सफलतामा ठुलो भूमिका खेलेका सिमोन्स पनि ठुलै दावेदार रहेका छन्। सिमोन्सले वेस्टइन्डिज टिमलाइ २०१६ टि-२० विश्वकपमा उपाधि दिलाउने क्रममा पनि टिमको प्रशिक्षक सम्हालेका थिए जसपछि २०१७ मा अफगानिस्तान टिमको प्रशिक्षकको रुपमा काम गरिरहेका छन्।

यस्तै भारतीय दावेदार मध्ये रोबिन सिंहले फिल्डिंग प्रशिक्षकको रुपमा यस अघि भारतको लागि काम गरिसकेका छन्। उनि प्रशिक्षक हुँदा लालचन्द राजपुत म्यानेजर रहेका थिए जुन समय २००७ मा भारतले टि-२० विश्वकप उपाधि जितेको थियो। राजपुतले अफगानिस्तान र जिम्बाबे टिमको प्रशिक्षण सम्लाहे पनि टेस्ट राष्ट्रको टिम सम्हालेको अनुभव रहेको छैन।

यस्तै न्युजिल्याद पुर्व प्रशिक्षक हेसन न्युजिल्याण्डको ६ वर्ष प्रशिक्षण गरेको अनुभव रहेको छ जसले न्युजिल्याण्डको खेल शैली परिवर्तन गरेका थिए।

शुक्रबार भारतीय प्रशिक्षकको रुपमा रभी शास्त्रीले निरन्तरता पाउनेछन् या नयाँ अनुहारले मौका पाउनेछ को फैसला हुनेछ। शास्त्री र अन्य ३ विदेशी प्रशिक्षकहरुको स्काईपबाट अन्तर्वार्ता लिईनेछ। भारतीय टिमको अन्य सपोर्ट स्टाफको लागि पनि चयन गर्न यही प्रक्रिया हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy