हंगकंगको अनुशासित बलिंगको अगाडी भारतको सामान्य ब्याटिंग

  • विकेटनेपाल, असोज २ 

युएईमा जारि एसिया कप क्रिकेट अन्तर्गत समुह ‘ए’ को खेलमा हंगकंगले भारतको सामना गर्दैछ। पहिलो इनिंगको समाप्तिमा भारतले २८५ रनको योगफल तयार गरेको हो।

टस हारेर ब्याटिंगको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८५ रनको योगफल तयार गर्यो। नियमित कप्तान विराट कोहली बिनानै एसिया कप खेल्न युएई पुगेको भारतको ब्याटिंगमा कोहलीको अभाव खड्किएको देखियो।

ओपनर शिखर धवनले शतकीय पारि खेल्दै १२७ रन जोडेपनि अन्य ब्याट्सम्यानले सोचे अनुरुप प्रदर्शन गर्न सकेनन्। मात्र १२० बलको सामना गरेका धवनले १५ चौका र २ छक्का सहित १२७ रन जोडे। यस्तै लामो समय पछि भारतीय टोलीमा फर्किएका अम्बाती रायडुले ६० रनको योगदान गरे।

धवन र रायडु बीच दोस्रो विकेटको लागि ११६ रनको साझेदारी गर्दै भारतको इनिंगलाई ठूलो योगफलतर्फ लैजाने प्रयास गरेका थिए। तर रायडु र धवनको विकेट पछि अन्य ब्याट्सम्यानले साझेदारी बनाउन विफल रहंदा भारतले २८५ रनमा रोकिनु पर्यो। दिनेश कार्तिक ३३, धोनी खाता नखोली आउट हुँदा केदार जाधबले अविजित २८ रन योगदान दिए।

हंगकंगका लागि अनुशासित बलिंग गर्ने क्रममा किन्चित साहले सर्वाधिक ३ विकेट हात पारे। ९ ओभरको स्पेलमा ३९ रन खर्चिएका साहले धवन, दिनेश कार्तिक र भुवनेश्वर कुमारलाई पभेलियनको बाटो देखाएका थिए। यस्तै एहसान खानले व्यक्तिगत २ तथा एहसान नवाज र ऐज़ज़ खानले समान १-१ विकेट चट्काए।

केहि साता अघि मात्र मलेसियामा सम्पन्न एसिया कप छनौटको बिजेता बन्दै हंगकंगले एसिया कपमा आफ्नो स्थान बनाएको हो। भारत र पाकिस्तानसंग समुह ‘ए’ मा रहेको हंगकंग आफ्नो पहिलो खेलमा भने पाकिस्तानसंग ८ विकेटले पराजित भएको थियो।

फोटोहरु : (@ACC)





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]