भारत-इंग्ल्यान्ड टेस्ट : बुम्राहको रोचक कीर्तिमान

इंग्ल्यान्डको भारत भ्रमण अन्तर्गत चार टेस्टको सिरिजको पहिलो टेस्ट चेन्नाईको एमए चिदम्बरम स्टेडियममा सुरु हुँदै गर्दा २७ वर्षीय भारतीय दायाँ हाते फास्ट बलर जस्प्रित बुम्राहले रोचक कीर्तिमान आफ्नो नाम गरेका छन्।

करियरको १८ औं टेस्टमा भारतको प्रतिनिधित्व गरिरहेका बुम्राहले भारतमा टेस्ट खेलेको यो पहिलो अवसर हो। यस अघिको सबै १७ टेस्ट उनले भारत बाहिर विदेशी भूमिमा खेलेका थिए। सन् २०१८ जनवरीमा दक्षिण अफ्रीका बिरुद्ध टेस्ट डेब्यु गरेका बुम्राहले ३ वर्ष पछि बल्ल भारतमा टेस्ट खेल्ने अवसर पाएका हुन्।

बुम्राह आफ्नो देशमा टेस्ट डेब्यु गर्नु अघि सबैभन्दा बढी विकेट लिने बलर बनेका छन्। यस अघि वेस्टइन्डिजका खेलाडी अल्फ भ्यालेन्टाइनको नाममा यो रेकर्ड रहेको थियो जसले आफ्नो देशमा टेस्ट डेब्यु गर्नु अघि ६५ विकेट लिईसकेका थिए।

यस्तै बुम्राहले खेलेको १७ वटा खेल संयुक्त रुपमा आफ्नो देशमा टेस्ट डेब्यु गर्नु अघि विदेशमा खेलेको सबैभन्दा बढी टेस्ट हो। वेस्टइन्डिजका खेलाडी डेरेन गंगाले पनि आफ्नो देशमा टेस्ट डेब्यु गर्नु अघि १७ वटा खेल खेलेका थिए। डिसेम्बर १९९८ मा डेब्यु गरेका गंगाले २००३ अप्रिलमा वेस्टइन्डिजमा टेस्ट खेल्ने मौका पाएका थिए।

भारतीय खेलाडीको कुरा गर्दा बुम्राह पछि भारतमा पहिलो टेस्ट खेल्नु अघि धेरै टेस्ट खेल्ने खेलाडी जभागल श्रीनाथ हुन् जसले १२ टेस्ट विदेशी भूमिमा खेलेपछि बल्ल आफ्नो देशमा टेस्ट खेल्ने मौका पाएका थिए। तेश्रो धेरै आरपी सिंहले ११ खेल, चौथो धेरै सचिन तेन्दुलकर र आशिष नेहराले १० खेल खेलेका थिए।

भारत र इंग्ल्यान्ड बीच जारि टेस्टमा इंग्ल्यान्ड कप्तान जो रुट सयौं टेस्ट खेल्दैछन्। रोचक कुरा के छ भने रुटले आफ्नो पहिलो, ५० औं र १०० औं टेस्ट भारतमै खेलेका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy