चौथो दिन समाप्तिमा भारत जिततर्फ अग्रसर

  • विकेटनेपाल, मङ्सिर २३ – आइतबार

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत ४ टेस्ट खेलको शृंखलाको पहिलो खेलको चौथो दिनको समाप्तीमा भारत जिततर्फ अघि बढेको छ।

एडिलेडमा जारि खेलको चौथो दिनको समाप्तीमा ब्याटिंग गरिरहेको अस्ट्रेलियाले ४ विकेट गुमाएर १०४ रन बनाएको छ। भारतले दोश्रो पारीमा जितको लागि दिएको ३२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया अझै २१९ रनले पछाडी रहेको छ। अहिले शन मार्स ३१ तथा ट्रेविस हेड ११ रन बनाएर खेलिरहेका छन्।

रहाने-पुजारा साझेदारी

तेस्रो दिनको समाप्तीमा १५१/३ को योगफल बनाउँदै १६६ रनको अग्रता लिएको भारतले आफ्नो दोश्रो पारिमा ३०७ रन बनाउँदै अस्ट्रेलियाको लागि ३२३ रनको लक्ष्य प्रस्तुत गर्यो।

भारतको लागि शनिबार अविजित रहेका चेतेश्वर पुजाराले पहिलो पारिको शतकमा थप योगदान दिँदै ७१ रनको पारि खेले। उनले अजिंक्या रहानेसँग मिलेर चौथो विकेटको लागि ८७ रनको साझेदारी गरेका थिए। रहानेले ७० रन बनाए।

कुनै समय २८२/५ को अवस्थामा रहेको भारतले थप २५ रन बनाउँदा ५ विकेट गुमाएको थियो। उसका रविचन्द्रन आश्विनले ५ रन, रोहित शर्माले १ रन बनाउँदा रिषब पन्तले नथन लायनको एकै ओभरमा १८ रन सहित २८ रन बनाएका थिए। जस्प्रित बुम्राह खाता नखोली अविजित रहँदा इशान्त शर्मा डक आउट र मोहम्मद शामी गोल्डेन डकको सिकार भएका थिए।

नाथन लायनको उत्कृस्ट प्रदर्शन

चौथो दिनको समाप्तीमा पाहुन टिम बलियो देखिएपनी अस्ट्रेलियाको लागि नाथन लायनको प्रदर्शन भने जारिनै रहेको छ। भारतको दोश्रो पारिमा बलिंग गर्नेक्रममा उनले ६ विकेट हात पारे। पुजारा, कोहली, रहाने, रोहित, पन्त र शामीलाई आउट गर्न लायनले १२२ रन भने खर्चिनु पर्यो।


टेस्ट करियरमा अहिलेसम्म १५५ पारिमा बलिंग गरेका लायनले १३ औं पल्ट पारीमा ५ विकेट लिँदै ३२६ विकेट हात पारेका छन्।

अस्ट्रेलियाको ब्याटिंग

भारतले दिएको ३२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले आफ्नो ४ महत्त्वपूर्ण विकेट गुमाईसकेको छ। घरेलु टिमका एरोन फिंचले ११ रन, मार्कस ह्यारिस २६ रन, उस्मान ख्वाजा ८ रन र पिटर ह्यान्ड्सकम ११ रन बनाएर आउट भए।

भारतका लागि रविचन्द्रन आश्विनले फिन्च र उस्मान ख्वाजालाइ आउट पार्दा मोहम्मद शामीले मार्कस ह्यारिस र पिटर ह्यान्ड्सकमलाई पेभेलियन फर्काए। पारीको दोश्रो बलमा नै इशान्त शर्माले बलिंग गर्दा अम्पायरले फिन्चलाई एलबिडब्ल्यु आउट दिएका थिए तर फिन्चले डिआरएसको सहयोग लिँदा उक्त बल नो-बल भएपछी उनि सुरक्षित रहेका थिए। तर उनलाई आउट दिएको आश्विनको बलमा भने उनले डिआरएस प्रयोग गर्ने चासो देखाएनन् तर पछि त्यहाँ कुनै ब्याट नलागेको देखिएको थियो।


चौथो दिनको खेल (फोटो – आइसीसी)

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy