कोहली कप्तानीमा भारत पहिलो पटक घरेलु एक दिवसीय शृंखलामा पराजित

  • विकेटनेपाल – २९ फाल्गुन, बुधवार

घरेलु टोली भारतलाई पाँचौं तथा अन्तिम एक दिवसीय खेलमा ३५ रनले पराजित गर्दै अष्ट्रेलियाले ५ खेलको एक दिवसीय शृंखला ३-२ ले आफ्नो नाम गरेको छ। शृंखलाको पहिलो  दुई खेल हारेपछि लगातार बाँकी तिन खेल जित्दै अष्ट्रेलियाले सिरिज आफ्नो नाम गर्यो।

भारतीय टोलीले भने सन् २०१५ मा दक्षिण अफ्रिका बिरुद्धको शृंखला पछि पहिलो पटक घरेलु मैदानमा एक दिवसीय शृंखला गुमाएको हो। यस्तै बिराट कोहलीको कप्तानीमा भारतको यो पहिलो घरेलु एक दिवसीय शृंखला हार समेत हो।

Australia
Australia

दिल्ली स्थित कोट्ला मैदानमा टस जित्दै पहिले ब्याटिंग गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २७२ रन जोडेको थियो। अष्ट्रेलियालाई ठूलो स्कोरसम्म पुर्याउन शृंखलाका उत्कृस्ट खेलाडी घोषित उस्मान ख्वाजाले सानदार शतक प्रहार गरे। १०६ बलको सामना गरेका ख्वाजाले १० चौका र २ छक्काको सहयोगमा १०० रनको इनिंग खेलेका थिए।

Usman Khwaja
Usman Khwaja

कप्तान एरन फिंचसंग पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेका ख्वाजाले दोस्रो विकेटका लागि पिटर ह्यान्डस्कम्बसंग ९९ रनको साझेदारी गरेका थिए। फिंच व्यक्तिगत २७ रन ( ४३ बल, ४ चौका ) तथा ह्यान्ड्स्कम्ब ५२ रन ( ६० बल, ४ चौका ) जोड्दै पभेलियन फर्किएका थिए।

यस्तै झाए रिचर्डसन्ले २९ तथा मार्कस स्टोइनिस र एस्टन टर्नरले समान २०-२० रन जोडेका थिए।

भारतको बलिंगतर्फ भुवनेस्वर कुमारले सर्वाधिक ३ विकेट हात पारे। यस्तै मोहम्मद शामी र रबिन्द्र जडेजाले समान २-२ विकेट हात पार्दा कुलदिप यादवको नाममा १ विकेट रह्यो।

भारतको ब्याटिंग : 

२७३ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३७ रन मात्र जोड्न सक्यो र ३५ रनको हार बेहोर्यो। भारतका लागि रोहित शर्माले सर्वाधिक ५६, केदार जाधवले ४४ र भुवनेश्वर कुमारले ४६ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन्।

कुनै समय ६८/१ को अवस्थामा रहेको भारतले लागातार अन्तरालमा विकेट गुमाउंदा १३२/६ को अवस्थामा पुगेको थियो। भारतका लागि कप्तान कोहली २०, शिखर धवन १२, रिसभ पन्त र बिजय शंकर समान १६ – १६ तथा रबिन्द्र जडेजा ० रनको स्कोरमा पभेलियन फर्किएका थिए।

अष्ट्रेलियाको बलिंगमा एडम जाम्पाले सर्वाधिक ३ विकेट हात पारे। यस्तै प्याट कमिन्स, झाए रिचर्डसन् र मार्कस स्टोइनिसले समान २-२ विकेट चट्काए।

Photos : (@ICC)

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]