भारतीय मिडियाले यसरी गरे नेपाली टिमको तारिफ

२०७४ कार्तिक २७, सोमबार ००:००

Nepal U19 Cricket Team after beating India U19 cricket team
  • विकेटनेपाल, कार्तिक २७   

यु-१९ युथ एसिया कपमा नेपालले भारतीय युवा टिमलाई पराजित गरेपछि सामाजिक संजाल नेपालको जितले रंगियो। अन्तर्राष्ट्रिय क्रिकेट जगतमा २ दशक बिताएको नेपालले पहिलो पटक कुनै पनि स्तरको क्रिकेटमा भारतलाई पराजित गरेपछि नेपाली फ्यानहरुको भुइँमा खुट्टा थिएन।

नेपालको जितलाई अधिकांस भारतीय मिडियाहरुले पनि प्राथमिकताका साथ स्थान दिएका छन्। नेपाली युवा टिमको तारिफ गर्दै बिभिन्न रास्ट्रिय स्तरका भारतीय पत्रिका तथा अनलाइनहरुले लेख समेत प्रकाशन गरेका छन्।

जीन्युजले आफ्नो हेडलाइनमा भारतलाई पराजित गर्दै नेपालले उलटफेर गरेको लेखेको छ भने जितलाई अप्रत्यासित भनेर लेखेको छ । न्युजले भारत अधिकाँश समय खेलमा हाबी भए पनि दिपेन्द्र ऐरीले राम्रो बलिंग र ब्याटिंग गरेपछि हारको सामना गर्नुपरेको उल्लेख गरेको छ।

यस्तै हिन्दुस्तान टाइम्सले नेपालको जित पछि सामाजिक संजालमा प्रधानमन्त्री शेर बहादुर देउबाले समेत बधाई दिएको प्रसंग उल्लेख गरेको छ।

उता जागरणले क्रिकेटमा राज गर्ने सपना देखेको भारतलाई ठुलो झट्का लागेको र नेपालले मजा चखाएको लेखेको छ-

“क्रिकेट पर राज करने का सपना देख रहे भारत को बड़ा झटका, नेपाल ने चखाया मजा”

जागरणले अगाडी लेखेको छ –

” भारतीय खेल प्रेमीको लागि यो न्युज किन अस्चार्यचकित पार्ने छ भने नेपालको तुलनामा भारतमा क्रिकेटको संसाधन धेरै उपलब्ध छ”

उसले अगाडी लेखेको छ –

“भारतको लागि यो हार ठुलो झट्का हो किनकि भारतीय खेलाडी मध्ये सबैभन्दा संयमित र अनुशाषित राहुल द्रविड यो टिमका प्रशिक्षक हुन् जसलाई हाल भारतको सर्बश्रेष्ठ प्रशिक्षक मानिने गर्छ”

चर्चित क्रिकेट वेबसाइट क्रिकइन्फोले नेपालको जित सबैभन्दा ठुलो भन्दै हेडलाइन बनाएको छ । कुनै पनि टिमले राहुल द्रविडको प्रशंशा सजिलै नपाउने लेख्दै नेपालको जितको चर्चा गरेको छ।  प्रशिक्षक द्रविडले जितपछि नेपाली प्रशिक्षक बिनोद दासलाई बधाई दिएको प्रसंग समेत उल्लेख गरेको छ भने बंगलादेशसंग नेपालले राम्रो प्रदर्शन गरेपनि थोरै अन्तरको हार बेहोर्नु परेको समेत समेटेको छ।

टाइम्सनाउन्युजले हारको प्रसंग उल्लेख गर्दै सामाजिक संजालमा नेपाल-भारत खेल पछि गरिएको ट्विटहरुलाई स्थान दिएको छ।

इन्डियन एक्सप्रेसले पनि पराजय पछि भारतीय प्रशिक्षक राहुल द्रविडले नेपाली टिमलाई बधाई दिएको प्रसंग उल्लेख गरेको छ। एक्सप्रेसले प्रशिक्षक दासको भनाई समेत उल्लेख गरेको छ ।

चर्चित क्रिकेट अनलाइन क्रिकेटकाउन्ट्रिले नेपाली टिमलाई राहुल द्रविडले बधाई दिएको प्रसंग उल्लेख गरेको छ ।

 

 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy