रोड सेफ्टी वर्ल्ड सिरिज : पिटरसनको आक्रामक ब्याटिंगमा इंग्ल्यान्डद्वारा भारत पराजित

२०७७ फाल्गुन २५, मंगलवार २३:१७

केभिन पिटरसनले आक्रामक ब्याटिंग गर्दा भारत लेजेन्ड्सलाई पराजित गर्दै इंग्ल्यान्ड लेजेन्ड्सले रोड सेफ्टी वर्ल्ड सिरिजमा दोश्रो जित दर्ता गरेको छ।

भारतको राईपुरमा जारि प्रतियोगिता अन्तर्गत नवौं खेलमा इंग्ल्यान्ड लेजेन्ड्सले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा भारत लेजेन्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा भारतको लागि इरफान पठानले सर्वाधिक ६१ रन बनाए जुन क्रममा ३४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै मनप्रित गोनीले ३५ रनन युभराज सिंहले २२ रन तथा युसुफ पठनले १७ रन बनाए।

५६ रनमा ५ विकेट गुमाएपछि पठानले आक्रामक ब्याटिंग गर्दै जित दिलाउने प्रयास गरेता पनि असफल रहे। अघिल्लो खेलमा आक्रामक ब्याटिंग गरेका विरेन्द्र सेहवागले ६ तथा सचिन तेन्दुलकरले ९ रन मात्र बनाउन सके। सेहवागलाई म्याथु होगार्डले तथा सचिनलाई मोन्टि पानेशरले आउट गरे।

इंग्ल्यान्डको बलिंगमा मोन्टि पानेसरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १५ रन खर्चिए। जेम्स ट्रेडवेलले २ तथा म्याथु होगार्ड र रायन साइडबटमले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट क्षेतीमा १८८ रन बनाएको थियो। उसको लागि ओपनिंग गरेका केभिन पिटरसनले आक्रामक ब्याटिंग गर्दै ७५ रन बनाए। उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। डेरेन म्याडीले २९ रन बनाए।

भारतको बलिंगमा युसुफ पठानले सर्वाधिक ३ विकेट तथा इरफान पठान र मुनाफ पटेलले समान २ विकेट लिए।

४ खेलमा ३ जित र १ हार पछि भारत अंकतालिकामा पहिलो स्थानमा रहेको छ भने दोश्रो जित पछि इंग्ल्यान्ड तेश्रो स्थानमा छ। भारतसंग अंक बराबरी गर्दै नेट रन रेटमा पछि रहेको श्रीलंका दोश्रो तथा २ खेलमा १ जित र १ हार पछि दक्षिण अफ्रीका लेजेन्ड्स चौथो स्थानमा छ। अस्ट्रेलिया, वेस्टइन्डिज र बंगलादेश क्रमशः पाँचौ, छैठौं र सातौं स्थानमा रहेको छ।

यो पनि पढ्नुस :-

https://wicketnepal.com/rss-sehwag-aakramak-wn21/

https://wicketnepal.com/sonu-devkota-ktm-mayors/

https://wicketnepal.com/lalitpur-mahila-mayor-cup-wn21/

https://wicketnepal.com/ipl-khel-talika-wn21-aayo/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy