टेस्ट च्याम्पियनसिप फाइनलको लागि भारतको अन्तिम-११ घोषणा

आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको लागि भारतले आफ्नो अन्तिम-११ जना खेलाडीहरुको नाम घोषणा गरेको छ।

टेस्ट क्रिकेट इतिहासमै पहिलो पटक आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधिको लागि भारतले न्युजिल्यान्डसंग प्रतिस्पर्धा गर्दैछ। खेल जुन १८ तारिख शुक्रबार इंग्ल्यान्डको साउथह्याम्पटनमा खेलिंदैछ। खेल नेपाली समय बेलुका ३:१५ बजे सुरु हुनेछ।

बिराट कोहली कप्तानीको भारतको अन्तिम-११ मा दुई स्पिनर रभीचन्द्रन आश्विन र रभीन्द्र जडेजाले अपेक्षा गरिएझैं स्थान बनाएका छन्।

भारतको ओपनिंग रोहित शर्मा र शुभमन गिलले गर्नेछन्। तेश्रो नम्बरमा चेतेश्वर पुजारा, चौथो नम्बरमा कप्तान कोहली तथा पाँचौ नम्बरमा अजिंके रहानेले ब्याटिंग सम्हाल्नेछन्। विकेटकिपर रिशभ पन्त छैठौं नम्बरमा छन्।


भारतले तिन जना फास्ट बलर जस्प्रित बुम्राह, इशान्त शर्मा र मोहम्मद शामीलाई अन्तिम-११ मा स्थान दिएको छ।

यस अघि घोषित १५ सदस्यीय टिममा रहेका मोहम्मद सिराज, रिद्दिमान शाह, हनुमा विहारी र उमेश यादवले ऐतिहासिक खेलको अन्तिम-११ मा स्थान बनाउन सकेनन्।

भारतको अन्तिम-११ : रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, बिराट कोहली (कप्तान), अजिंके रहाने, रिशभ पंत (विकेटकीपर), रभीन्द्र जडेजा, रभीचन्द्रन अश्विन, मोहम्मद शमी, इशांत शर्मा र जस्प्रित बुम्राह

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy