अफगानिस्तान बिरुद्धको टेस्टका लागि स्पिन सहयोगी पिच नबनाउन भारतलाई चेतावनी

Rashid Khan
  • विकेटनेपाल – २४ जेष्ठ, बिहिवार 

बर्तमान विश्व क्रिकेटमा अब्बल स्पिन जोडीको रुपमा उदाउँदै गरेका दुई खेलाडी हुन् रशिद खान र मुजिब उर् रहमान। अफगानिस्तानका यी दुई खेलाडीले आफ्नो स्पिनको जालोमा विश्वकै उत्कृस्ट ब्याट्सम्यानहरुलाई फसाई सकेका छन्।

गत बर्षको जुनमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट टेस्ट राष्ट्रको मान्यता पाएसँगै अफगानिस्तानले आउँदो जुनमा भारत बिरुद्ध टेस्ट डेब्यु गर्दैछ। टेस्ट बरियतामा शिर्ष स्थानमा रहेको भारत बिरुद्धको टेस्ट अफगानिस्तानलाई सजिलो पक्कै हुनेछैन तर नव प्रवेशी मुलुक अफगानिस्तानको स्पिन क्षमतासँग भारत समेत सजग भैसकेकोछ। भारतको बैंगलोरमा जुन १४ देखि सुरुहुने टेस्टका लागि स्पिनरलाई सहयोगी पिच नबनाउन पुर्व भारतीय खेलाडी तथा अफगानिस्तानका पुर्व प्रशिक्षक लालचन्द राजपुतले चेतावनी दिएका छन्।

“स्पिन सहयोगी पिचमा राशिद खान घातक बन्न सक्छन्। उनीहरुसंग २-३ जना स्तरीय स्पिनर छन् र स्पिन सहयोगी पिच हामीलाई घातक हुन सक्छ” राजपुतले टाइम्स अफ इन्डियासँग भने। अफगानिस्तानले भारत बिरुद्धको टेस्टका लागि ५ स्पिनरलाई टोलीमा लिएको छ। राशिद खान, मुजिब उर् रहमान, जाहिर खान, मोहम्मद नाबी र अमिर हम्जा अफगानिस्तानको टोलीमा रहेका छन्।

उत्कृस्ट लयमा रहेका राशिद खान र मुजिब उर् रहमानले भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिगमा समेत शानदार प्रदर्शन गरेका थिए। सनराइजर्स हैदरावादलाई फाइनल सम्म पुर्याउने क्रममा राशिद खानले २१.८० को औसतमा २१ विकेट लिएका थिए। यस्तै मुजिब उर् रहमानले समेत किंग्स एलेभेन पन्जाबको बलिंगमा महत्वपूर्ण भुमिका निभाएका थिए।

अफगानिस्तान बिरुद्धको टेस्टका लागि बैंगलोरको पिच तिब्र गतिका बलरलाई सहयोगी बनाएमा भारतले खेल सजिलै जित्न सक्ने राजपुतको ठम्याई छ। राजपुत भन्छन्, “अफगानिस्तानको कमजोरी भनेको तिब्र गतिका बलरको कमि हो। उनीहरुको टोलीमा दौलत जद्रान घाइते छन् र शापुर जद्रान टोलीमा नै छैनन्। हामीले हरियो पिच बनायौं भने ३ दिन भित्र खेल जित्न सक्छौँ।” भारतीय टोलीमा भने उमेश यादव, मोहम्मद शामी, इशान्त शर्मा, शार्दुल ठाकुर र हार्दिक पान्ड्या गरेर ५ तिब्र गतिका बलर रहेका छन्। राजपुतले राशिद खानको बिषयमा थपे, “यस्तो दिनपनि आउनेछ जुन दिन राशिद खानलाई ब्याट्सम्यानहरुले सजिलैसँग खेल्न सक्नेछन्। अजन्था मेन्डिस (श्रीलंका) समेत कुनै समय यस्तै घातक बलर थिए तर पछि सबै ब्याट्सम्यानहरुले उनलाई खेल्न सक्ने भए।”

सन् २००७ मा भारतले विश्वकप जित्दा भारतीय टोलीका म्यानेजर रहेका राजपुत, अफगानिस्तानको समेत प्रशिक्षक रहिसकेका छन्

बैंगलोर मैदानमा अन्तिम पटक भारतले अष्ट्रेलिया बिरुद्ध टेस्ट खेलेको थियो। स्पिन बलरको दबदबा रेहको सो टेस्ट म्याचमा भारतले ७५ रनको रोमान्चक जित हात पारेको थियो। सो खेलमा खसेका कुल ४० विकेट मध्ये २६ विकेट स्पिनरले चट्काएका थिए। अष्ट्रेलियन स्पिनर नाथन लायनले पहिलो इनिंगमा एक्लै ८ विकेट लिएका थिए। यस्तै भारतीय स्पिनर रविन्द्र जडेजाले पहिलो इनिंगमा ६ र रविचन्द्रन अश्विनले दोस्रो इनिंगमा ६ विकेट लिएका थिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]