नेपाल र अफगानिस्तान बिरुद्ध खेल्ने भारतीय यु-१९ टोलीको घोषणा

India U-19
  • विकेटनेपाल-२४ भदौ

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई) को आयोजनामा सेप्टेम्बर १२ देखि सुरु हुने भारत यु-१९, अफगानिस्तान यु-१९ र भारत यु-१९ ( बि ) टिम सहभागी हुने सिरिजको लागि भारतीय क्रिकेट बोर्ड बिसीसीआईले आफ्नो टोलीको घोषणा गरेको छ।

लखनउमा खेलिने प्रतियोगिताका लागि भारतले भारत यु-१९ “ए” र भारत यु-१९ “बि” गरी ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ। भारत यु-१९ “ए” को टोलीमा रहेका १५ खेलाडीनै २९ सेप्टेम्बरबाट बंगलादेशमा हुने यु-१९ एसिया कप खेल्ने भारतीय टोलीमा रहेका छन्।

घोषणा गरेको टोलिमा गत अगस्टमा भारतीय यु-१९ टिमले गरेको श्रीलंका टुरका अधिकांश खेलाडीहरु रहेका छन्। पभन साह,  हर्ष त्यागी,  नेहाल वाधेरा, आयुष बादोनि, यशस्वी जैसवाल जस्ता खेलाडीहरुले श्रीलंकामा राम्रो प्रदर्शन गरेका थिए।

पभन साहको कप्तानीमा रहेको  एसिया कप खेल्ने भारत यु-१९ ‘ए’ मा देवदत्त पडिक्कल, यशस्वी जैसवाल, अनुज रावत, यश राथोड़, आयुष बादोनी, नेहल वधेरा, प्रब सिमरन सिंह, सिदार्थ देसाई, हर्ष त्यागि, अजय देव गौड, यतिन मंग्वानी, समिर चौधरी र राजेश मोहन्ति रहेका छन् 

भारतीय यु-१९ टिम ( ए ) को कप्तानी पवन शाहले गर्नेछन् ( फोटो – श्रीलंका क्रिकेट )

यस्तै भारत यु-१९ “बि” मा भने १८ खेलाडी रहेका छन्। भेदान्त मुरकरको कप्तानीमा रहेको टोलीमा ठाकुर रिलक बर्मा, काम्रण इकब्ल, बम्शी कृष्ण, प्रदोष रंजन पौल, रिसभ चौहान, सिद्धान्त राना, सयन कुमार विश्वाश, शुभांग हेग्ड़े, रिज्भी समिर, पंकज यादव, आकाश सिंह, अशोक सन्धु, आयुष सिंह, नितिश रेड्डी, सबिर खान, सहिल राज र राज्वर्धन हंगारगेकर रहेका छन्

सिरिजमा भारत यु-१९ “ए” ले आफ्नो पहिलो खेल १२ सेप्टेम्बरमा अफगानिस्तान यु-१९ संग खेल्ने छ भने सोहि दिन भारत यु-१९ “बि” ले नेपाल यु-१९ को सामना गर्ने खेल तालिका रहेको छ। नेपालले समेत प्रतियोगिताका लागि आशिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरी सकेको छ। नेपालले शनिवारसम्म टियु मैदानमा अभ्यास गरेको थियो भने सोमबार टोलि लखनउ प्रस्थान गर्ने कार्यतालिका रहेको छ।

यस अघि कोलकाताको प्रसिद्ध मैदान इडन गार्डेनमा खेल हुने भनिएता पनि अब सम्पूर्ण खेलहरु लखनउमा खेलिने भएको छ।

खेलतालिका –

सेप्टेम्बर १२ : भारत यु-१९ Vs अफगानिस्तान यु-१९  , नेपाल यु-१९ Vs एनसीए यु-१९
सेप्टेम्बर १४ : नेपाल यु-१९ Vs भारत यु-१९  , एनसीए यु-१९ Vs अफगानिस्तान यु-१९
सेप्टेम्बर १६ : एनसीए यु-१९ Vs भारत यु-१९ , नेपाल यु-१९ Vs अफगानिस्तान यु-१९
सेप्टेम्बर १८ : लिग बिजेता Vs लिग उपविजेता  , तेश्रो Vs चौथो, प्लेअफ

नेपाली टोली –  आसिफ शेख ( कप्तान ) त्रित राज दास, रभि शाह , बिपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, राशिद खान, भिम शार्की, कमल सिंह ऐरी, सन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद संसाद आलम ( प्रशिक्षक – बिनोद  दास, सहायक प्रशिक्षक – मनोज कटवाल )

*फोटो : टाइम्स अफ इन्डिया 





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]