२०१९ विश्वकप खेल्ने भारतीय टोली घोषणा, पन्त र रायडू परेनन्

  • विकेटनेपाल – २ बैशाख, सोमबार

आगामी मे ३० तारिकबाट इंग्ल्याण्ड र वेल्समा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट २०१९ का लागि भारतले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ।

सोमबार बिहानै अष्ट्रेलियाले समेत विश्वकप खेल्ने टोलीको घोषणा गरेको थियो भने न्युजिल्याण्डले पनि आफ्नो टिम घोषणा गरिसकेको छ।

सोमबार घोषित भारतीय टोलीमा रिसभ पन्त र अम्बाती रायडूले आफ्नो स्थान बनाउन सकेनन्। जारी इन्डियन प्रिमियर लिगमा राम्रो लयमा रहेका रिसभ पन्तले अन्तिम १५ मा स्थान बनाउने अपेक्षा गरिएपनि पन्तको स्थानमा दिनेश कार्तिकलाई टोलीमा लिइएको टिम चयनकर्ता एमएसके प्रसादले बताए।

यस्तै पछिल्लो केहि समय यता भारतीय टोलीको मध्यक्रममा ब्याटिंग गरिरहेका अम्बाती रायडूले समेत अन्तिम १५ मा स्थान बनाउन सकेनन्। रायडूको स्थानमा टोलीले विजय शंकरलाई छनोट गरेको हो। शंकरले हालसम्म ९ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् जसमा ३३ को एभरेस्टले १६५ रन बनाएका छन् भने २ विकेट लिएका छन्।


विराट कोहलीको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा रोहित शर्मा, शिखर धवन, केएल राहुल, केदार जाधव, एमएस धोनी, दिनेश कार्तिक, विजय शंकर, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, कुलदिप यादव, युज्भेन्द्र चहल, भुवनेश्वर कुमार, मोहम्मद शामी र जस्प्रित बुम्राह रहेका छन्।

पछिल्लो पटक सन् २०११ मा घरेलु जमिनमा विश्वकप ट्रफी जितेको भारतलाई यस संस्करण मुख्य दाबेदारका रुपमा हेरिएको छ। २०१५ को एकदिवसीय विश्वकपमा भारत सेमीफाइनलमा अस्ट्रेलियासंग ९५ रनले पराजित भएको थियो।

विश्वकप अन्तर्गत भारतले आफ्नो पहिलो खेल जुन ५ मा दक्षिण अफ्रीका बिरुद्ध खेल्नेछ।

यस अघि आजै अस्ट्रेलियाले पनि विश्वकप खेल्ने १५ सदस्यीय टिम सार्वजनिक गरेको थियो। अष्ट्रेलियाको कप्तानी सम्हालेका स्टिभ स्मिथको टोलीमा पुनरागमन भएपनि विश्वकपमा अष्ट्रेलियाको कप्तानी भने एरन फिंचले सम्हाल्ने छन्।

Australian Squad

अष्ट्रेलियन टोलीमा कप्तान फिंचसंगै जेसन बेरेनड्रफ, एलेक्स केरी, नेथन कुल्टर नाइल, प्याट कमिन्स, उश्मान ख्वाजा, नेथन लायन, शन मार्श, ग्लेन म्याक्स्वेल, झाए रिचार्डसन्, स्टिभ स्मिथ, मिचल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा रहेका छन्।

न्युजिल्यान्ड टिम :- केन विलियम्सन (कप्तान), टोम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, ल्युक फर्गुसन, मार्टिन गप्तिल, म्याट हेनरी, टोम लाथम, कोलिन मुन्रो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी, रोस टेलर

 





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]