यु-१९ बिश्वकप : सेमीफाइनलमा भारत- पाकिस्तानको भेट

  • विकेटनेपाल, माघ १२ – शुक्रबार

बंगलादेशलाई १३१ रनले पराजित गर्दै भारतले यु-१९ बिश्वकपको सेमीफाइनलमा स्थान बनाएको छ। यस अघिनै अफगानिस्तान, पाकिस्तान र अस्ट्रेलिया सेमीफाइनल प्रवेश गरिसकेका छन्।

जनवरी ३० मा सेमीफाइनलमा भारतले पाकिस्तानको सामना गर्नेछ भने जनवरी २९ मा अस्ट्रेलियाले अफगानिस्तानको सामना गर्नेछ। क्वार्टरफाइनलमा पाकिस्तानले दक्षिण अफ्रीकालाई, अफगानिस्तानले न्युजिल्याण्डलाई तथा अस्ट्रेलियाले इंग्ल्याण्डलाई पराजित गरेको थियो।

भारत पहिलो इनिंग 

क्विन्सटाउनमा भएको खेलमा टस जितेर ब्याटिंग गरेको भारतले ४९.२ ओभरमा सबै विकेट गुमाएर २६५ रनको योगफल तयार पारेको थियो।

भारतका लागि कप्तान पृथ्वी शा र शुब्मन गिलले १६/१ बाट दोश्रो विकेटको लागि ८६ रनको साझेदारी गरेका थिए । पृथ्वीले ४० रन बनाउन ५४ बलमा ५ चौका तथा शुब्मन गिलले ८६ रनको पारि खेल्नेक्रममा ९४ बलमा ९ चौका प्रहार गरे।

तेस्रो विकेटको लागि पनि गिलले हार्विक देसाईसँग मिलेर ७४ रनको साझेदारी गरे । हार्विक देसाईले ३४ रन बनाउन १ चौका प्रहार गर्दै ४८ बल खेले।

शुब्मन गिलले ८६ रनको पारि खेल्नेक्रममा ९४ बलमा ९ चौका प्रहार गरे

त्यसपछि १८१ रनको स्कोरमा चौथो विकेटको रुपमा सुब्मन गिल आउट भएपछी भारतको पारि सम्हाल्न अभिषेक शर्माले आफ्नो यु-१९ एकदिवसीय करियरको पहिलो अर्धशतक प्रहार गरे । उनले ५० रन बनाउन ४९ बलमा ६ चौका प्रहार गरे।

तल्लोक्रमका ब्याट्सम्यानले रन बनाउन नसक्दा भारत राम्रो सुरुवातका बाबजुत ठुलो स्कोर बनाउन सकेन। बंगलादेशका लागि काजी ओनिकले ३ विकेट लिनेक्रममा ४८ रन खर्चिए भने नयीम हसन र सैफ हसनले समान २/२ विकेट हात पारे ।

बंगलादेशको ब्याटिंग 

२६६ रन लक्ष पछ्याएको बंगलादेशले निरन्तर अन्तरालमा विकेट गुमाएपछि ४२.१ ओभर खेले पनि १३४ रन मात्रै बनाई सबै विकेट गुमायो।

ओपनर पिनाक घोषले सर्बाधिक ४३ रन बनाउदा अन्य ब्याट्सम्यानहरुले उल्लेख्य योगदान दिन असमर्थ रहे।

अनुसाशित बलिंग गर्ने क्रममा कमलेश नगरकोटीले सर्बाधिक ३ विकेट ( ७.१-१-१८-३ ) तथा शिभम माभी र अभिषेक शर्माले २/२ विकेट हात पारे।

( फोटोहरु – आईसीसी )





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]