आईपीएलपछि भारतको अस्ट्रेलिया भ्रमणको खेल तालिका सार्वजनिक

लामो समयको पर्खाइ पछि अन्ततः भारतले गर्ने अस्ट्रेलिया भ्रमणको तालिका सार्वजनिक भएको छ। सिरिजको सुरुवात २७ नोभेम्बरमा सिड्नी क्रिकेट ग्राउण्डमा एक दिवसीय अन्तर्राष्ट्रियबाट हुनेछ।

नोभेम्बर २७ र २९ र डिसेम्बर २ मा तिन वटा एकदिवसीय खेलिनेछ। त्यसपछि तिन टि-२० अन्तर्राष्ट्रिय डिसेम्बर ४, ६ र ८ तारिखमा खेलिनेछ। पहिलो टेस्ट डिसेम्बर १७ देखि एडीलेडमा सुरु हुनेछ जुन डे-नाइट टेस्ट हुनेछ। त्यसपछि दोश्रो टेस्ट डिसेम्बर २६ देखि मेलबर्न क्रिकेट ग्राउण्डमा , तेश्रो टेस्ट जनवरी ७ देखि सिड्नी क्रिकेट ग्राउण्डमा तथा चौथो टेस्ट जनवरी १५ देखि ब्रिसबेनमा सुरु हुनेछ। टेस्ट सिरिज खेल्नु अघि भारत ‘ए’ र अस्ट्रेलिया ‘ए’ बीच २ वटा तिन दिवसीय टेस्ट सिरिज पनि खेलिनेछ।

भारतको अस्ट्रेलिया भ्रमण ( खेल तालिका ) 

वानडे सिरिज  ( ३ खेल ) – नोभेम्बर २७, नोभेम्बर २९ र डिसेम्बर २

टि-२० सिरिज  ( ३ खेल ) – डिसेम्बर ४ , डिसेम्बर ६ , डिसेम्बर ८

टेस्ट सिरिज  ( ४ खेल )  – डिसेम्बर १७-२१ , डिसेम्बर २६-३० , जनवरी ७-११ , जनवरी ५-१९

गत साता मात्र अस्ट्रेलियाको न्युज साउथ वेल्स सरकारले भारतीय टिमलाई अस्ट्रेलिया आउन अनुमति प्रदान गरेको थियो। अस्ट्रेलियाका खेलाडीहरु आईपीएलबाट फर्किएपछि क्वारेन्टाइनमा बस्नेछन् जसपछि सिड्नीमा अभ्यास गर्नेछन्।

“सबै फर्म्याटको क्रिकेटमा अस्ट्रेलिया र भारत उत्कृस्ट प्रतिद्वन्द्वी हुन्। हामि बिराट कोहलीको टिमलाई अस्ट्रेलियामा यो समर स्वागत गर्दा हर्षित छौँ।”

“हामीले बनाएको योजनामा बिसीसीआईले जुन साथ र विश्वास देखाएको छ त्यसको लागि हामि आभार व्यक्त गर्न चाहन्छौ ” क्रिकेट अस्ट्रेलियाका सीईओ निक हकलेले बताए।

भारतीय क्रिकेट टिम आईपीएल सकिएपछि नोभेम्बर १२ तारिखमा बिसीसीआईद्वारा चार्टर गरिएको फ्लाइटबाट सिड्नी प्रस्थान गर्ने तालिका रहेको छ।

सिरिज खेल्ने भारतीय टिम 

भारतले अस्ट्रेलिया भ्रमणको लागि टि-२०, टेस्ट र वानडे तिनवटै फर्म्याटको टिमको पनि घोषणा गरिसकेको छ। टिममा घाइते भएका खेलाडी रोहित शर्मा र इशान्त शर्मालाई स्थान दिईएको छैन। आईपीएलमा राम्रो प्रदर्शन गरेका खेलाडीहरुलाई समाबेश गर्दै टिमको घोषणा गरिएको छ।

लिगमा पन्जाबको कप्तानी गरिरहेका केएल राहुललाई टि-२० र वानडे सिरिजको उपकप्तान नियुक्त गरिएको छ। राहुललाई टेस्ट टिममा पनि मौका दिईएको छ जो संगै स्पिनर कुलदिप यादव र पेसर मोहम्मद सिराज पनि टेस्ट टिममा छन्।

घाइते रोहित शर्मालाई टिममा समाबेश गरिएको छैन

आईपीएलमा कोलकाताको प्रतिनिधित्व गर्दै उत्कृस्ट बलिंग गरिरहेका तथा भर्खरै दिल्ली बिरुद्ध ५ विकेट लिएका मिस्ट्रि स्पिनर वरुण चक्रवर्तीलाई टिममा स्थान दिईएको छ। सन्जु स्यामसनले टि-२० टिममा मौका पाएका छन् भने रिशभ पन्त र रिद्दीमान शाहलाई टेस्टमा मौका दिईएको छ।

टि-२० टिममा आईपीएलमा उत्कृस्ट ब्याटिंग गरिरहेका मायाँक अग्रवाल र शिखर धवन वानडे र टि-२० टिममा समाबेश गरिएका छन्। फास्ट बलर दिपक चाहर र नभदिप सैनी पनि दुवै टिममा छन्। कुलदिप यादबलाई टि-२० टिममा समाबेश गरिएको छैन।

वानडे टिममा रहेका रिशभ पन्त र पृथ्वी शलाई वानडे टिममा राखिएको छैन। पृथ्वीलाई टेस्ट टिममा मौका दिईएको छ।

टेस्ट टिम : बिराट कोहली ( कप्तान ) , मायाँक अग्रवाल, पृथ्वी श, केएल राहुल, चेतेश्वर पुजारा, अजिंक्ये रहाने ( उपकप्तान ) , हनुमा विहारी, शुबमन गिल, रिद्दिमान शाह ( विकेटकिपर ) , रिशभ पन्त ( विकेटकिपर ) , जस्प्रित बुम्राह, मोहम्मद शामी, उमेश यादव, नभदिप सैनी, कुलदिप यादव, रभिन्द्र जडेजा, रभीचन्द्रन आश्विन, मोहम्मद सिराज

टि-२० टिम : बिराट कोहली ( कप्तान ) , शिखर धवन, मायाँक अग्रवाल, केएल राहुल ( उपकप्तान/विकेटकिपर ) , श्रेयस ऐयर, मनिष पाण्डे, हार्दिक पान्ड्या, सन्जु स्यामसन ( विकेटकिपर ) , रभिन्द्र जडेजा, वासिंगटन सुन्दर, युज्भेन्द्र चहल, जस्प्रित बुम्राह, मोहम्मद शामी, नभदिप सैनी, दिपक चाहर, वरुण चक्रवर्ती

वानडे टिम : बिराट कोहली ( कप्तान ) , शिखर धवन, शुबमन गिल, केएल राहुल ( उपकप्तान/विकेटकिपर ) , श्रेयस ऐयर, मनिष पाण्डे, हार्दिक पान्ड्या, मायाँक अग्रवाल, रभिन्द्र जडेजा, युजभेन्द्र चहल, कुलदिप यादव, जस्प्रित बुम्राह, मोहम्मद शामी, नभदिप सैनी, शार्दुल ठाकुर

हैदरावादसंग विशाल हार तथा लगातार तेश्रो हारपछि दिल्ली कप्तान ऐयरले के भने

राशिदको सिजनकै सबैभन्दा किफायती बलिंग, हैदरावादसंग दिल्ली विशाल अन्तरले पराजित

चेन्नाई सीईओको ठूलो घोषणा : धोनीलेनै आईपीएल २०२१ मा चेन्नाईको नेतृत्व गर्ने

सुबास खकुरेललाई पुत्र लाभ

‘रोहित किन टिममा छैनन्, भारतीय फ्यानलाई जान्ने हक छ’ गावस्कर

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy