दोश्रो दिन समाप्तीमा भारतको संघर्ष जारि, अस्ट्रेलिया १५४ रनले अगाडी

  • विकेटनेपाल, मङ्सिर २९ – शनिबार

४ टेस्ट खेलको सिरिजको लागि अस्ट्रेलियामा रहेको भारतले दोश्रो टेस्टको दोश्रो दिन समाप्तीमा संघर्ष गरिरहेको छ। उसले आफ्नो पहिलो पारीमा ब्याटिंग गर्दै ३ विकेटको क्षतिमा १७२ रन बनाएको छ।

यसअघि आफ्नो पहिलो पारीमा ब्याटिंग गर्दै अस्ट्रेलियाले ३२६ रन बनाउन सकेको थियो। अहिलेको अवस्थामा भारत अस्ट्रेलियाभन्दा १५४ रनले पछाडी रहेको छ।

भारतको बलिंग कमब्याक

पहिलो दिन अविजित रहेका प्याट कमिन्सलाई १९ रनमा जस्प्रित बुम्राले बोल्ड गर्दै सातौँ विकेट पाएको भारतले त्यसपछि कप्तान टिम पेनलाई पनि बुम्रालेनै एलबिडब्लु गर्दा आठौँ विकेट गुमाएको थियो। पेनले ३८ रन बनाउन ५ चौका प्रहार गरे।

आठौँ विकेट गुमाएपछि मिचेल स्टार्क ( ६ रन ) र हेजलवुड ( ० ) लाई इशान्त शर्माले विकेटकिपर रिशभ पन्तको हातबाट क्याच थमाउदै दशौँ विकेट लिए।

भारतको बलिङ्गमा इशान्त शर्माले ४ विकेट ( २०.३-७-४१-४ ) तथा जस्प्रित बुम्रा ( २६-८-५३-२ ) , हनुमा बिहारी ( १४-१-५३-२ ) र उमेश यादब ( २३-३-७८-२ ) ले समान २/२ विकेट लिए।

यस अघि पहिलो दिन कप्तान टिम पेनले टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा अस्ट्रेलियाको लागि ओपनर मार्कस ह्यारिसले ७० तथा आरोन फिन्चले ५० रन बनाएका थिए। यस्तै शन मार्शले ४५, ट्राभिस हेडले ५८ रन बनाए।

भारतको खराब सुरुवात

अस्ट्रेलिया अलआउट भएपछि ब्याटिंग थालेको भारतले खराब सुरुवात गर्दै मात्र ८ रनको योगफलमा सुरुवाती २ विकेट गुमाएको थियो।

टिमको स्कोर ६ रन हुँदा १२ बल सामना गरेका मुरली विजय बोल्ड आउट भएका थिए। उनलाई मिचेल स्टार्कले तेस्रो ओभरको अन्तिम बलमा फालेको इन्स्विंगर बल ब्याट र प्याडबीच रहेको खाली ठाउँ चिर्दै १४५ भन्दा माथिको गतिमा स्टम्पमा लागेको थियो।

त्यसपछि ८ रनको योगफलमा लोकेश राहुल पनि १७ बलको सामना गर्दै मात्र २ रन बनाएर आउट भएका थिए। उनलाई जोश हेजलवूडले अफ-स्टम्प योर्करमा बोल्ड गरेका थिए।

संघर्षरत मध्यक्रम

सुरुवाती २ विकेट छिट्टै गुमाएको भारतलाई सम्हाल्न भारतका लागि मध्यक्रममा ब्याट्सम्यानले सक्दो प्रयास गरे।

पहिलो विकेट झरेपछि क्रिजमा आएका चेतेश्वर पुजाराले चौथो नम्बरमा आएका कप्तान कोहलीसँग मिलेर ७४ रनको साझेदारी गर्दै टिमको स्कोर उकास्न मद्दत गरे। २४ रन बनाउन १ चौका प्रहार गरेका पुजाराले १०३ बलको सामना गर्दै कोहलीलाई साझेदारी निर्माण गर्न सहयोग गरे। पुजारा मिचेल स्टार्कको लेगसाइड दिशातर्फको बलमा फाइनलेगमा प्रहार गर्ने चक्करमा ब्याटमा लागेपछि किपरको हातबाट समातिए।

त्यसपछि कप्तान कोहलीले उपकप्तान अजिंक्या रहानेसँग मिलेर चौथो विकेटको लागि अविजित ९० रनको साझेदारी गरेका छन्। जसमा रहानेले ५१ रन बनाउँदै ६ चौका र १ छक्का प्रहार गरे भने कोहली अविजित ८२ रन बनाएर ब्याटिंग गरेका छन्।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]