बलिङ्ग राम्रो तर ब्याटिंग नचल्दा युवा टिम पराजित

  • विकेटनेपाल, भदौ २७ – बुधबार 

भारतको लखनउमा सुरु भएको चौकोणिय एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा भारत यु-१९ ( बि ) को सामना गरेको नेपालले ४० रनको हार बेहोरेको छ।

जितसंगै भारत यु-१९ ( बि ) ले ३ अंक बटुलेको छ भने आजै सम्पन्न अर्को खेलमा भारत यु-१९ ‘ए’ टिमले अफगानिस्तान यु-१९ टिमलाई १४० रनले पराजित गर्दै ३ अंक बटुल्यो। नेपालले सिरिज अन्तर्गत दोश्रो खेल शुक्रबार ( सेप्टेम्बर १४ ) भारत यु-१९ संग खेल्नेछ।

टस जितेर बलिङ्ग गर्दै भारतीय यु-१९ ( बि ) टिमलाई १६१ रनमै समेटेको नेपालले १६२ रनको लक्ष्य पछ्याउने क्रममा ४१.३ ओभरमा १२१ रन मात्रै बनाउन सक्यो।

खराब सुरुवात गर्ने क्रममा नेपालले २८ रनको योगफलमा पहिलो ४ विकेट गुमाएको थियो जसपछि पाँचौ विकेटको लागि कप्तान आसिफ शेख र भिम शार्कीले ३८ रनको साझेदारी गरे। ओपनर तृत राज दास र रभी शाह समान ८ रन तथा तेश्रो नम्बरका बिपिन रावल २ तथा सन्दिप जोरा ४ रन बनाएर आउट भए।

आसिफ पनि १७ रन बनाएर आउट भएपछि भिमले पवन शर्राफसंग छैठौं विकेटको लागि २२ रनको साझेदारी गरे।

भिम ३० रन ( ५७  बल,४ चौका ) बनाएर आउट भए पछि नेपालले लगातार विकेट गुमाउन पुग्यो र ४१.३ ओभरमा १२१ मा सबै विकेट गुमाउन पुग्यो। अन्तिममा कमल ऐरिले २२ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन। भारतीय बलर पंकज यादब र शुभांग हेग्डेले समान ३/३ विकेट लिए।

Kamal Airee

यस अघि पहिलो इनिंगमा भारतीय यु-१९ बि टिमले पहिले ब्याटिंग गर्दै ४९ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्रै बनाउन सकेको थियो।

नेपालको लागि तिब्र गति ओपनिङ्ग बलर कमल सिंह ऐरिले सर्वाधिक ३ विकेट , अफ स्पिनर पवन सर्राफले लिए भने किशोर महतो, संसाद आलम र सागर ढकालले समान १ विकेट हात पारे।

भारतीय टिमका ओपनिङ्ग ब्याट्सम्यान कमरान इकबालले सर्वाधिक ५० रन योगदान दिए भने दोश्रो सर्वाधिक रन रिशभ चौहानको १९ रन बन्यो। नेपाली बलरहरुले अनुशाशित बलिङ्ग गर्ने क्रममा मात्र ९ अतिरिक्त रन खर्चिए।

खेलको प्लेयर अफ द म्याच कमरान इक्बाल घोषित भए।

सिरिजमा नेपालको आगामी खेल तालिका –

सेप्टेम्बर १४ – नेपाल यु-१९ Vs भारत यु-१९ ( ए )
सेप्टेम्बर १६ – नेपाल यु-१९ Vs अफगानिस्तान यु-१९
सेप्टेम्बर १८ – फाइनल र प्ले-अफ ( तेश्रो र चौथो )





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]