शिर्ष ४ ब्याट्सम्यान चम्किंदा भारतले जोड्यो ३५२ रन

माथिल्लो क्रमका शिर्ष ४ ब्याट्सम्यानले सानदार ब्याटिंग गरेपछि विश्वकप क्रिकेट अन्तर्गत भारतले अष्ट्रेलिया बिरुद्ध ३५२ रनको बिशाल योगफल तयार पारेको छ। विश्वकप इतिहासमा कुनैपनि टोलीले अष्ट्रेलिया बिरुद्ध ३५० रन भन्दा धेरै बनाएको यो पहिलो पटक समेत हो।

लण्डनमा टस जितेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५२ रन जोडेको हो।

भारतको इनिंगमा ओपनर शिखर धवनले शतक बनाए। पछिल्लो केहि समय यता खराब लयमा रहेका धवनले १०९ बल खेल्दा १६ चौका सहित ११७ रन जोडे। अर्का ओपनर ब्याट्सम्यान रोहित शर्मासंग पहिलो विकेटका लागि धवनले १२७ रनको साझेदारी गर्दा भारत खेलमा राम्रो सुरुवात पाएको थियो। रोहित व्यक्तिगत ५७ रनमा पभेलियन फर्किए।

Virat Kohli
Virat Kohli

धवनले पुन: तेस्रो विकेटका लागि कप्तान बिराट कोहलीसंग ९३ रनको साझेदारी गरे। ३७औं ओभरको अन्तिम बलमा धवन मिचल स्टार्कको शिकार बन्दा भारतले २ विकेट गुमाएर २२० रन जोडेको थियो।

धवनको विकेट पश्चात चौथो नम्बरमा ब्याटिंग गर्न उत्रिएका हार्दिक पान्ड्याले बिष्फोटक ब्याटिंग गर्दै ४८ रन जोड्दा भारतले ३०० रनको आँकडा पार गर्यो। मात्र २७ बल खेलेका हार्दिकले ४ चौका र ३ छक्का सहित ४८ रन जोडे।

यस्तै महेन्द्र सिंह धोनीले व्यक्तिगत २७ र लोकेश राहुलले अविजित ११ रन जोड्दा अन्तिम ओभरमा आउट भएका कप्तान बिराट कोहलीले ८२ रनको इनिंग खेले। ७७ बल खेलेका कोहलीले ४ चौका र २ छक्का प्रहार गरे।

अष्ट्रेलियाको बलिंगमा मार्कस स्टोइनिसले २ तथा मिचल स्टार्क, नेथन कुल्टर नाइल र प्याट कमिन्सले समान १-१ विकेट लिए।

Photos : (@ICC )





थप समाचार

Team11 लिडरबोर्ड च्यालेन्ज सुरु, Lvneng LX02 स्कूटर जित्ने सुनौलो मौका

नेपाली क्रिकेटप्रेमीहरूका लागि अब ‘आईपीएल’ सिजन अझ रोमाञ्चक बन्ने भएको छ। Fantasy खेलमा भाग लिएर लाखौं रुपैयाँ मूल्यका पुरस्कार जित्न […]

एमएम कप : गोकुलको अलराउण्ड प्रदर्शनमा आसामद्वारा कोशी पराजित

बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ। बैजनाथपुर […]

दिल्लीमाथि कोलकोताको जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई […]

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]