टेस्ट जित्न भारतलाई बिशाल लक्ष, इंग्ल्याण्ड हावी

  • विकेटनेपाल,भदौ २५ 

भारत र इंग्ल्याण्ड बीच केंनिंगटन ओभल मैदान लन्डनमा जारि पाँचौ टेस्टमा इंग्ल्याण्ड भारत माथि हावी भएको छ।

सिरिजमा ३-१ ले पछि परेको भारतलाई टेस्टको पाँचौ दिन जितको लागि ४०६ रन बनाउनु पर्नेछ। इंग्ल्याण्डले आफ्नो दोश्रो इनिंगमा ४२३/८ को योगफल बनाएर इनिंग समाप्तिको घोषणा गरेपछि भारतले टेस्ट जित्न ४६३ रनको बिशाल लक्ष्य पाएको हो।

लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गरेको भारतले चौथो दिन सकिंदा ५८ रन बनाएर ३ विकेट गुमाईसकेको छ। ओपनर केएल राहुल ४६ रन तथा अजिंके रहाने १० रन बनाएर ब्याटिंग गरिरहेका छन्। सुरुवाती ३ विकेट २ रनको कुल स्कोर हुँदा गुमाउने क्रममा भारतले शिखर धवनलाई १ तथा चेतेश्वर पुजारालाई र कप्तान बिराट कोहलीलाई खाता नखोल्दै गुमाएको थियो। इन्ग्लिश बलर जेम्स एन्डरसनले २ तथा स्टुवार्ट ब्रडले १ विकेट लिएका छन्।

इंग्ल्याण्डको बिशाल स्कोरमा कुक र रुटको शतक 

टेस्टमा टस जितेर ब्याटिंग गरेको इंग्ल्याण्डले पहिलो इनिंगमा ३३२ रन बनाएको थियो जसपछि ब्याटिंग गरेको भारतले २९२ रन बनाएपछि ४० रनको अग्रता पाएको इंग्ल्याण्डले दोश्रो इनिंगमा शानदार ब्याटिंग गर्यो।

इंग्ल्याण्डको लागि अन्तिम टेस्ट खेलीरहेका ओपनर एलेस्टर कुकले १४६ तथा कप्तान जोए रुटले १२५ रनको इनिंग खेलेपछि इंग्ल्याण्डले ८ विकेट गुमाएर ४२३ रन बनाउदै इनिंग समाप्तिको घोषणा गरेको थियो।

टेस्ट करियरको ३३ औं शतक बनाएका कुकले २८६ बलमा १४ चौका तथा रुटले १४ औं शतक पुरा गर्दा १९० बलमा १२ चौका र १ छक्का प्रहार गरे। दुवैले तेश्रो विकेटको लागि २५९ रनको बिशाल साझेदारी गरे।

पहिलो टेस्ट खेलीरहेका भारतीय बलर हनुमा बिहारी र रभिंद्र जडेजाले समान ३/३ तथा मोहम्मद शामीले २ विकेट हात पारे।

भारतले सिरिज अन्तर्गत पहिलो टेस्ट ३१ रनले, दोश्रो टेस्ट इनिंग र १५९ रनले हारेको थियो। तेश्रो टेस्टमा २०३ रनको जित हात पारेपछि चौथोमा भने पुनः इंग्ल्याण्ड ६० रनले बिजयी भएको थियो। यस अघि सम्पन्न टि-२० शृंखला भारतले ( २-१ ) तथा एकदिवसीय शृंखला इंग्ल्याण्डले ( २-१ ) ले जितेको थियो।

( Photo – ICC )




थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]