सेमिफाइनलमा भारतलाई २४० रनको लक्ष्य

  • विकेटनेपाल – २५ असार, बुधवार

२०१९ एक दिवसिय विश्वकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले भारतलाई जितका लागि २४० रनको लक्ष्य प्रस्तुत गरेको छ। मंगलवार हुनुपर्ने खेल बर्षाका कारण अवरुद्ध भएपछि बुधवार पुन: खेलिएको हो।

मंगलवार टस जितेर ब्याटिंग रोजेको न्युजिल्याण्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर २११ रन बनाउदा पानि परेको थियो। पानि रोकिंदै पर्दै गर्दा खेल पुनः सुचारु हुन सकेन। कम्तिमा २० ओभरको भए पनि खेल खेलाउन ५ घण्टा प्रतीक्षा गरिएपछि पनि वर्षा नथामिएपछि अम्पायरले खेललाई बुधबार रिजर्भ डेमा खेलाउने निर्णय गरेका थिए।

बुधवार आफ्नो इनिंगको बाँकी रहेको १९ बलमा न्युजिल्याण्डले थप २९ रन जोड्यो। उसका अघिल्लो दिन ६७ रन बनाएर अविजित रहेका रस टेलर व्यक्तिगत ७४ रनको स्कोरमा आउट भए। दोस्रो रन दौडिने चक्करमा टेलर रबिन्द्र जडेजाको डाइरेक्ट हिटमा रन आउट हुन पुगे।

टेलर आउट भएकै अर्को बलमा टम लेथम समेत १० रनको व्यक्तिगत स्कोरमा पभेलियन फर्किए। भुवनेश्वर कुमारको बलमा बाउन्ड्री रोप नजिकै रबिन्द्र जडेजाले सानदार क्याच गरेपछि न्युजिल्याण्डले दुवै सेट ब्याट्सम्यानलाई गुमायो।

 

इनिंगको अन्त्यतर्फ उसका मिचल स्यान्टनरले अविजित ९ रन तथा ट्रेन्ट बोल्टले ३ रन जोड्दा न्युजिल्याण्डले २३९ रनको आँकडा पुरा गर्यो।

यसअघि बुधवार अत्यन्त सुस्त सुरुवात गरेको न्युजिल्याण्डका ओपनर मार्टिन गुप्टिललाई १ रन मात्र बनाउदा जस्प्रित बुम्राहले चौथो ओभरमा क्याच आउट गराएका थिए।

दोश्रो विकेटको लागि हेनरी निकोलस र कप्तान केन विलियमसनले ६८ रन रनको साझेदारी गरे। १९ औं ओभरमा निकोलसलाई रभिन्द्र जडेजाले बोल्ड गर्दै भारतलाई खेलमा फर्काए। ५१ बलमा निकोलसले २ चौका मदतले २८ रन बनाए।

विलियमसन र रोस टेलरले तेश्रो विकेटको लागि ६५ रन बनाए। ३६ औं ओभरमा युझभेन्द्र चाहलले विलियमसनलाई क्याच आउट गराए। ९५ बलमा उनले ६ चौका प्रहार गरे। त्यसपछि रोस टेलरले एक किनार सम्हालीरहे।

१२ रन बनाएर जेम्स निशम ४१ औं ओभरमा पान्ड्याको शिकार बनेका थिए। यस्तै कोलिन डी ग्रयाण्डहोम १६ रन बनाएर आउट भए जसलाई भुवनेश्वर कुमारले धोनीबाट क्याच आउट गरे। ४६.१ ओभरमा खेल वर्षाले रोकिएपछि बुधवार सोहि ओभरमा खेल सुचारु भएको हो।

भारतको बलिङ्गमा भुवनेश्वर कुमारले सर्वाधिक ३ विकेट हात पारे। यस्तै जस्प्रित बुम्राह, हार्दिक पान्ड्या, रबिन्द्र जडेजा र युजभेन्द्र चाहलको नाममा समान १-१ विकेट रह्यो।

फेरी वर्षाले खेल रोकिए के हुन्छ ?

फेरी पानि पर्यो र न्युजिल्याण्डले इनिंग अगाडी बढाउन पाएन भने डीएल मेथडको आधारमा भारतले ४६ ओभरमा २३७ रनको लक्ष्य पाउनेछ। यदी मात्र २० ओभरको खेल सम्भव भए भारतले १४८ रनको लक्ष्य पाउनेछ। न्युजिल्याण्डको इनिंग पछि भारतले कम्तिमा २० ओभर खेल्न पाए खेलको नतिजा आउनेछ।

बुधबार पनि पुरै खेल हुन सकेन भने भारत फाइनल पुग्नेछ। लिग चरणमा अंक तालिकामा भारत अघि भएका कारण भारत अगाडी बढ्नेछ। भारत लिग चरणको अंक तालिकामा १५ अंक सहित शिर्ष स्थानमा रहँदै सेमीफाइनल प्रवेश गरेको थियो भने न्युजिल्यान्ड ११ अंक सहित चौथो स्थानमा रहेको थियो।

खेल हेर्न पुग्ने दर्शकहरुले पनि मंगलबारकै टिकटले बुधबार खेल हेर्न पाउनेछन्।

सेमीफाइनल खेल बराबरी भए के हुन्छ ?

सेमीफाइनल खेल बराबरी भए सुपर ओभर गर्दै विजेता तय गरिनेछ।

फाइनल खेल वर्षाले सम्भव नभए के हुन्छ ? फाइनलमा पनि भारत-न्युजिल्याण्डकै अवस्था आए रिजर्भ डेको व्यवस्था छ। रिजर्भ डे मा पनि खेल सम्भव नभए दुवै टिमलाई विजेता घोषणा गर्दै ट्रफी दुवैको हुनेछ।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]