एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै, यस्तो छ इतिहासमा नतिजा

  • विकेटनेपाल, असोज २ – बुधबार 

क्रिकेट खेलकुदमै सबैभन्दा प्रतिस्पर्धात्मक मध्येको मानिने खेलहरुको सुचीमा भारत र पाकिस्तानको खेल समेत अटाउँछ।

दुई छिमेकी मुलुकहरु बीच द्विपक्षीय सिरिज अत्यन्तै कम हुने हुँदा समेत आइसीसी र एसीसी अन्तर्गतका प्रतियोगिताहरुमा हुने भेट भारत र पाकिस्तान दुवैका लागि युद्ध समान महत्व राख्छ।

युएईमा जारि चौधौं संस्करणको एसिया कप क्रिकेटमा समुह ‘ए’ मा रहेका भारत र पाकिस्तान बिच बुधवार प्रतिस्पर्धा हुँदैछ। बुधवारको खेलमा भारत गत बर्षको च्याम्पियन्स ट्रफी फाइनलमा भोगेको हारको बदला लिने दाउमा रहनेछ भने पाकिस्तान आफ्नो लय जोगाउने रणनीतिमा हुनेछ।

प्रतियोगितामा दुवै भारत र पाकिस्तानले १-१ खेल खेल्दै जित दर्ता गरिसकेका छन्। पाकिस्तानले हंगकंग माथि ८ विकेटको सहज जित हात पार्दा भारतले भने हंगकंगलाई २६ रनले पराजित गरेको हो। दुवै टोलि सुपर ४ चरणमा प्रवेश गरिसकेकाले यस खेलले समुह ‘ए’ को बिजेता र उपबिजेताको टुंगो लगाउने छ।

Britain Cricket – Pakistan v India – 2017 ICC Champions Trophy Final – The Oval – June 18, 2017 Pakistan’s Mohammad Amir celebrates taking the wicket of India’s Virat Kohli Action Images via Reuters / Andrew Boyers Livepic EDITORIAL USE ONLY.

यस्तो छ भारत-पाकिस्तानले खेलेका खेलको नतिजा :

पाकिस्तान र भारत बीच खेलिएका समग्र एक दिवसीय खेलमा पाकिस्तानको पल्ला भारि रहेपनि आइसीसी र एसीसीका प्रतियोगितामा भने भारतले पाकिस्तानमाथी आफ्नो दबाब बनाएको छ। समग्रमा दुई टोलि बीच खेलिएका १२९ एक दिवसीय खेलमा ७३ खेल पाकिस्तानले जितेको छ भने ५२ खेलमा भारतले जित दर्ता गरेको छ। ४ खेलभने नतिजा बिहिन वा बराबरीमा सकिएका छन्।

यता अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को ५० ओभर विश्वकपमा भने पाकिस्तानले भारतलाई हराउन सकेको छैन। दुई टोलि बीच खेलिएका ६ खेलमा ६ पटकनै भारत बिजयी भएको छ।

च्याम्पियन्स ट्रफीको नतिजामा भने केहि फरक पाउन सकिन्छ। च्याम्पियन्स ट्रफीका खेलमा ५ पटक दुई टोलिको भिडन्त हुँदा पाकिस्तान ३ पटक र भारत २ पटक बिजयी भएका छन्। पछिल्लो पटक सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा पाकिस्तानले भारतलाई हराएको थियो।

यस्तै महादेसिय प्रतियोगिता एसिया कप क्रिकेटमा समेत पाकिस्तानमाथी भारतको पकड रहेको छ। दुई टोलि बीच एक दिवसीय फर्म्याटको एसिया कपमा ११ पटक खेलहुँदा ६ पटक भारत र ४ पटक पाकिस्तान बिजयी बनेका छन्। १ खेल भने नतिजा बिहिन रहेको छ।

यस संस्करणको एसिया कप क्रिकेटको प्रमुख दाबेदारका रुपमा हेरिएका दुई टोलि भारत र पाकिस्तानको खेल रोमान्चक हुने निश्चित छ। नियमित कप्तान विराट कोहली बिनानै एसिया कप खेल्न पुगेको भारतका लागि चुनौती सजिलो छैन। यस्तै अन्तिम भेटमा भारतलाई जवाफ बिहिन बनाएको पाकिस्तानलाई समेत भारत बिरुद्ध आफ्नो प्रतिष्ठा र इज्जत सबैका लागि खेल्नु छ।

खेल हुने स्थान : दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, युएई

समय : ५:१५ बजे (नेपाली समय)

भारत : रोहित शर्मा (कप्तान), शिखर धवन, लोकेश राहुल, अम्बाती रायडु, मनिष पाण्डे, केदार जाधव, महेन्द्र सिंह धोनी, दिनेश कार्तिक, हार्दिक पान्ड्या, कुलदिप यादव, युज्भेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, शार्दुल ठाकुर र खलिल अहमद

पाकिस्तान : सरफराज अहमद (कप्तान), फखर जमान, इमाम – उल हक, बाबर अजाम, शन मसुद, शोएब मलिक, हरिस सोहेल, शदाब खान, मोहम्मद नवाज, फहीम अश्रफ, हसन अलि, जुनैद खान, उस्मान खान, शाहिन अफ्रिदी, असिफ अलि र मोहम्मद आमिर





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]