भोको दक्षिण अफ्रीकाको अगाडी भारत

विश्वकप क्रिकेट २०१९ अन्तर्गत बुधबार दक्षिण अफ्रिकाले भारतको सामना गर्दैछ। दक्षिण अफ्रिका आफ्नो तेस्रो खेल खेल्दै गर्दा यसअघि दुई खेलमा पराजित भइसकेको छ। भारत भने आफ्नो पहिलो खेल खेल्दैछ। आईपीएलको कारण बिसीसीआईको अनुरोध पछि आईसीसीले भारतको खेल ढिला राखेको हो।

अन्य टिमहरुले १-२ खेल खेलीसक्दा आफ्नो पहिलो खेल खेल्दै गरेको भारतले प्रतियोगिताको माहोल बुझ्ने मौका पाएको छ। भारतले पछिल्लो २ खेलमा दक्षिण अफ्रीकाको कमजोर पक्ष देख्ने मौका पाएको छ भने दक्षिण अफ्रीकाले २ खेलपछि सुधारिने मौका।

भारतको लागि माथिल्लोक्रमका ब्याट्सम्यान रोहित शर्मा, शिखर धवन र विराट कोहलीको प्रदर्शन महत्त्वपूर्ण रहनेछ। विश्वकप अगाडी भएका दुई अभ्यास खेलमा प्रदर्शन गर्न नसकेका ओपनरद्वयलाई दबाब भने पक्कै हुनेछ। कोहलीले दोश्रो खेलमा बंगलादेश बिरुद्द ४६ रन बनाएका थिए।

भारतको लागि अर्को सुखद पक्ष भनेको चौथो नम्बरमा ब्याटिंग गर्दै केएल राहुलले शतक प्रहार गर्नु रहेको छ। राहुलले दोश्रो अभ्यास खेलमा बंगलादेश बिरुद्ध ९९ बलमा १०८ रनको पारि खेलेका थिए। चौथो नम्बरको लागि भारतले पछिल्लो २ बर्षमा धेरै ब्याट्सम्यानलाई परिक्षण गरेपनि सफल हुन सकेको थिएन। महेन्द्र सिंह धोनीले समेत आफुलाई बंगलादेशसंग लयमा रहेको देखाएका थिए जुन क्रममा ७८ बलमा ११३ रन बनाउँदा हार्दिक पान्ड्यले पनि ११ बलमा २१ रन बनाएका थिए। विश्वकपमा पान्ड्यको अल-राउण्ड योगदान भारतलाई महत्वपूर्ण हुनेछ।

बलिंगतर्फ पनि जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, मोहम्मद शामी सहित हार्दिक पान्ड्यको तिब्र गतिको बलिंगलाई रिस्ट स्पिनरद्वय कुलदिप यादव र युज्वेन्द्र चहलको साथ रहनेछ। साथमा रबिन्द्र जडेजाको तुफानी फिल्डिंग, ब्याटिंग र किफायती बलिंग समेत भारतले प्रयोग गर्न सक्छ।

अर्कोतर्फ दक्षिण अफ्रिका भने धेरै समस्याबाट गुज्रिएको छ। सुरुवाती २ खेलमा क्रमश: आयोजक इंग्ल्याण्ड र    बंगलादेशसँग पराजित भएको उसलाई सेमिफाइनलमा स्थान बनाउन भारत बिरुद्द जित्नैपर्ने दबाब छ। उसका तिब्र गतिका बलर डेल स्टेन विश्वकप टिमबाट बाहिरिएका छन्। त्यस्तै पछिल्लो खेलमा लुंगी एन्गिडी पनि घाइते भएपछी दक्षिण अफ्रिका समस्यामा परेको हो। एन्गिडीलाई पुनः मैदानमा फर्किन कम्तिमा पनि १० दिन लाग्ने बताईएको छ।

ब्याटिंगमा पनि क्विन्टन डी ककले खासै राम्रो सुरुवात दिलाउन सकेका छैनन् भने अमलाको अनुपस्थितिमा ओपनिंग जिम्मेवारी पाएका एईडेन मार्क्रमले घर बाहिर सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन्। अघिल्लो खेलमा उनले ४५ रन बनाएपनी दबाब झेल्न सकेनन् र महत्त्वपूर्ण समयमा विकेट फाले। दक्षिण अफ्रिकाका कप्तान डु प्लेसीले ६२ रनको आक्रामक पारि खेले पनि जितको लागि पर्याप्त हुन सकेन। यस्तै जेपी डुमिनीले ४५ र डेविड मिलरले ३८ रन बनाएका थिए।

डेल स्टेन टिमबाट बाहिरिएका छन्

दक्षिण अफ्रिकाको लागि सबैभन्दा सकारात्मक पक्ष उसका मध्यक्रमका ब्याट्सम्यान रस्सी भान डर डसेन रहेका छन्। जम्मा १० एकदिवसीय खेलको अनुभव रहेका उनले स्पिन र फास्ट दुवै किसिमको बलिंग बिरुद खेल्न सक्ने देखाएका छन्। उनले पछिल्लो खेलमा ४१ रन बनाएका थिए भने क्रिजमा रहंदासम्म जितको आशा पनि देखाएका थिए।  भारत बिरुद्द जितको लागि इमरान ताहिरको प्रदर्शन आवश्यक रहनेछ।

खेलहुने मिति र समय: २०७६ जेठ २२ गते, दिउँसो ३:१५ बजे (नेपाली समय)
खेलहुने स्थान: द रोज बल, साउथह्याम्प्टन

हेड टु हेड: विश्वकप क्रिकेट अन्तर्गत भारत र दक्षिण अफ्रिका ४ पटक आमने-सामने भएका छन्। दक्षिण अफ्रिकाले ४ मध्ये सन् १९९२ मा  ६ विकेट, सन् १९९९ मा ४ विकेट र सन् २०११ मा ३ विकेटको जित निकालेको थियो। सन् २०१५ मा भएको पछिल्लो भेटमा भने भारतले १३० रनको फराकिलो जित हात पारेको थियो।

दक्षिण अफ्रिकाको विश्वकप टिम :- 

हाशिम अमला, क्विन्टन डीकक, फाफ डु प्लेसिस ( कप्तान ) , रस्सी भान डर दुस्सेन, जेपी डुमिनि, डेभिड मिलर, एन्डीले फेलुक्वायो, ड्वेन प्रिटोरिअस, कागीसो रबाडा, लुंगी एनगीडी, इमरान ताहिर, एडेन मारक्रम, ताब्रिज शाम्सी, क्रिस मोरिस, ब्युरन हेनड्रिक्स

भारतको विश्वकप टिम :- 

विराट कोहली(कप्तान), रोहित शर्मा, शिखर धवन, केएल राहुल, विजय शंकर, एमएस धोनी(विकेटकीपर), केदार जाधव, दिनेश कार्तिक, युजवेन्द्र चहल, कुलदीप यादव, भुवनेश्वर कुमार, जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, मोहम्मद शामी





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]