रोहित र कोहलीको शतकमा भारतको सहज जित : एक दिवसीय शृंखला

  • विकेटनेपाल – कार्तिक ४, आइतवार

कप्तान बिराट कोहली र उप-कप्तान रोहित शर्माले शतकीय इनिंग खेलेपछि पाहुना टोलि विन्डीज बिरुद्धको पहिलो एक दिवसीय खेलमा भारतले ८ विकेटको सहज जित दर्ता गरेको छ। जितसंगै भारतले ५ एक दिवसीय खेलको शृंखलामा १-० को अग्रता समेत लिएको छ।

गुहाटी स्थित बर्शपारा क्रिकेट स्टेडियममा विन्डीजले दिएको ३२३ रनको बिशाल लक्ष्य लिएर ब्याटिंगमा उत्रिएको भारतले बिराट कोहली र रोहित शर्माको शतकको सहयोगमा ४२.१ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। भारतको जितमा रोहित शर्माले अविजित १५२ रन तथा कप्तान बिराट कोहलीले १४० रनको योगदान गरे।

एक दिवसीय करियरको १९ औं शतक बनाउने क्रममा रोहित शर्माले मात्र ११७ बलमा १५२ रनको बिष्फोटक इनिंग खेले। जसक्रममा उनले १५ चौका र ८ छक्का प्रहार गरे।

योसंगै रोहित एक दिवसीय क्रिकेटमा सर्वाधिक १५० रन वा बढी बनाउने ब्याट्सम्यान बनेका छन्। आफ्नो करियरमा ६ पटक १५० रन पार गरेका रोहितले सचिन तेन्दुलकरलाई यस सुचीमा पछि छाडेका हुन्।

सर्वाधिक १५०+ स्कोर बानाउने ब्याट्सम्यानहरु :

  • रोहित शर्मा : ६
  • सचिन तेन्दुलकर : ५
  • सनथ जयसूर्या/हशिम अमला/ क्रिस गेल / डेभिड वार्नर : ४

भारतलाई सहज जित दिलाउने क्रममा कप्तान बिराट कोहलीले समेत शतकीय इनिंग खेले। एक दिवसीय करियरमा ३६ औं शतक बनाउने क्रममा कोहलीले मात्र १०७ बलमा १४० रनको मोहक पारि खेले। खेलको म्यान अफ द म्याच समेत बनेका कोहलीले आफ्नो इनिंगमा २१ चौका र २ छक्का प्रहार गरे। एक दिवसीय क्रिकेटमा लक्ष्य पछ्याउने क्रममा कोहलीको यो २२ औं शतक हो।

विन्डीजको बलिंगतर्फ ओशाने थोमस र देबेन्द्र बिशुले समान १-१ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त भएन।

हेटमाएरको शतक :

यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको विन्डीज टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२२ रन जोडेको थियो। विन्डीजको ब्याटिंगमा शिम्रोन हेटमाएरले शतकीय इनिंग खेलेका थिए।

एक दिवसीय करियरको तेस्रो शतक बनाउने क्रममा हेटमाएरले १०६ रन प्रहार गरेका थिए। मात्र ७८ बलको सामना गरेका उनले रबिन्द्र जडेजाको बलमा रिशभ पन्तको हातबाट समातिन अघि ६ छक्का र समान चौका प्रहार गर्न भ्याएका थिए।

यस्तै भ्रमणकारी टोलीका लागि ओपनर किरन पावेलले अर्धशतकीय इनिंग खेल्ने क्रममा ५१ रनको योगदान गरेका थिए। मात्र ३९ बलको सामना गरेका पावेलले ६ चौका र २ छक्का प्रहार गरेका थिए।

त्यस बाहेक ब्याटिंगतर्फ कप्तान जेसन होल्डरले ३८, शाइ होपले ३२ र किमार रोचले अविजित २६ रनको योगदान गर्दा विन्डीज टोलीले निर्धारित ५० ओभरमा ३२२ रन बनाएको थियो।

भारतको बलिंगमा युभेन्द्र चहलले सर्वाधिक ३ विकेट (१०-०-४१-३) हात पारेका थिए। नियमित बलरहरु भुवनेश्वर कुमार र जस्प्रित बुम्राह बिनानै मैदान उत्रिएको भारतका लागि मोहम्मद शामी र रबिन्द्र जडेजाले समान २-२ विकेट लिएका थिए। यस्तै खलिल अहमदको नाममा १ विकेट रह्यो।

एक दिवसीय शृंखला अन्तर्गतको दोस्रो खेल बिसखापटनममा बुधवार खेलिनेछ। यसअघि सम्पन्न २ खेलको टेस्ट शृंखलामा भारतले २-० को जित निकालेको थियो।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]