भारतलाई टेस्ट इतिहासकै सबैभन्दा ठूलो जित

  • विकेटनेपाल-२० असोज 

फलो-अन् ब्याटिंग गर्न उत्रिएको विन्डीजको इनिंगमा भारतीय बलर कुलदिप यादवले ५ विकेट हात पारेपछि घरेलु टेस्ट शृंखलाको पहिलो टेस्टमा भारतले इनिंग र २७२ रनको जित हात पारेको छ। जितसंगै २ टेस्टको शृंखलामा भारतले १-० को अग्रता बनाएको छ।

खेलको पहिलो इनिंगमा भारतका लागि शतक बनाएका प्रिथ्भी शा खेलको म्यान अफ द म्याच घोषित भए। आफ्नो डेब्यु टेस्टमा शाले १३४ रनको उत्कृस्ट पारि खेलेका थिए।

पहिलो इनिंगमा ९४/६ को अवस्थाबाट तेस्रो दिनको खेल सुरु गरेको विन्डीज मात्र १८१ रनमा समेटिन पुग्यो। उसका लागि रोस्टन चेजले सर्वाधिक ५३ रन तथा किमो पौलले ४७ रनको योगदान गरेका थिए। भारतको बलिंगमा रबिचंद्रण अश्विनले सर्वाधिक ४ विकेट (११-२-३७-४) हात पारेका थिए।

पहिलो इनिंगको समाप्तिमा भारतको स्कोरभन्दा ४६८ रनले पछि परेपछि भारतले विन्डीजलाई फलो-अन् गर्न बाध्य बनाएको थियो। दोस्रो इनिंगको ब्याटिंगमा समेत १९६ रनमा विन्डीज टोलि समेटीएपछि भारतले एक इनिंग र २७२ रनको बिशाल जित दर्ता गर्यो।

भ्रमणकारी टोलि विन्डीजको दोस्रो इनिंगमा काइरन पावेलले सर्वाधिक ८३ रन तथा रोस्टन चेजले २० रनको योगदान गरेपनि टोलीको हार जोगाउन सकेनन्। पावेलले ९३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८३ रन जोडे।

भारतको बलिंगतर्फ कुलदिप यादवले सर्वाधिक ५ विकेट हात पारे। आफ्नो टेस्ट करियरको पहिलो ५ विकेट हात पार्ने क्रममा यादवले ५७ रन खर्चिएर ५ विकेट (१४-२-५७-५) चट्काए। यस्तै रबिन्द्र जडेजाले ३ तथा रबिचंद्रण अश्विनले २ विकेट चट्काए।

यसअघि खेलमा टस जित्दै ब्याटिंग गर्ने निर्णय लिएको भारतले आफ्नो पहिलो इनिंगमा ९ विकेट गुमाएर ६४९ रन जोड्दा पारि समाप्तिको घोषणा गरेको थियो। भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक १३९, प्रिथ्भी शाले १३४ तथा रबिन्द्र जडेजाले अविजित १०० रनको योगदान गरेका थिए।

विन्डीजको बलिंगमा देभेन्द्र बिशुले सर्वाधिक ४ (५४-३-२१७-४) विकेट हात पारे। यस्तै शेरमन लेविशको नाममा २ विकेट रहेको थियो।

भारतको टेस्ट इतिहासकै ठूलो जित :

विन्डीज टोलीलाई एक इनिंग र २७२ रनले हराउँदा भारतले आफ्नो टेस्ट इतिहासकै सबैभन्दा ठूलो जित हात पार्यो। यसअघि भारतले अफगानीस्तान बिरुद्धको एक मात्र टेस्टमा समेत एक इनिंग र २६२ रनको जित हात पारेको थियो।

टेस्ट इतिहासमा भारतको सबैभन्दा ठूलो जितहरु :

  • एक इनिंग र २७२ रन (विन्डिज बिरुद्ध, २०१८ राजकोट)
  • एक इनिंग र २६२ रन (अफगानिस्तान बिरुद्ध, २०१८ बैंगलोर)
  • एक इनिंग र २३९ रन (बंगलादेश बिरुद्ध, २००७ ढाका)
  • एक इनिंग र २३९ रन (श्रीलंका बिरुद्ध, नागपुर २०१७)
  • एक इनिंग र २१९ रन (अष्ट्रेलिया बिरुद्ध, कोलकाता १९९८)




थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]