चाहर, पन्त र कोहली चम्किदा भारतद्वारा सिरिज व्हाइटवाश

तेश्रो टि-२० मा वेस्टइन्डिजलाई ७ विकेटले पराजित गर्दै भारतले वेस्टइन्डिज टुर अन्तर्गत ३ वटा टि-२० को सिरिज ३-० ले जितेको छ। ४ विकेटले पहिलो र २२ रनले दोश्रो टि-२० जितेको भारतले सिरिज जितको साथ विश्वकप सेमीफाइनलको पीडादायी हारमा थोरै भए पनि मलम लगाएको छ।

सबिना पार्क गुएनामा सम्पन्न खेलमा टस जितेर भारतले बलिंग रोजेको थियो। ब्याटिंग गरेको वेस्टइन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेको थियो। १४७ रनको लक्ष्य भारतले १९.१ ओभरमा पुरा गर्यो।

टि-२० अन्तर्राष्ट्रियमा वेस्टइन्डिज सबै भन्दा बढी खेल हार्ने टिम बनेको छ। उसले ५८ वटा खेल हारेको छ भने दोश्रो धेरै श्रीलंका र बंगलादेशले ५७ खेल।

भारतको जितमा रिशभ पन्तले अविजित ६५ रन बनाउने क्रममा मात्र ४२ बलमा ४ चौका र ४ वटै छक्का प्रहार गरे। यस्तै कप्तान बिराट कोहलीले ४५ बलमा ६ चौका मदतले ५९ रन बनाए। अर्धशतकसंगै कोहली टि-२० अन्तर्राष्ट्रियमा धेरै अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन्। कोहली र रोहितको समान २१ अर्धशतक रहेको छ।

रोहित शर्माको सट्टा ओपनिंग गर्न आएका केएल राहुल २० तथा शिखर धवन ३ रनमा आउट भएपछि तेश्रो विकेटको लागि कोहली र पन्तले १०३ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए। कोहली १८ औं ओभरमा ओशेन थोमसबाट आउट भए। थोमसले २ तथा फाबीएन एलेनले १ विकेट लिए।

चाहरको घातक बलिंग 

सिरिजमा पहिलो पटक मौका पाएकादायाँ हाते फास्ट बलर दिपक चाहरले ३ ओभरमा मात्र ४ रन खर्चेर ३ विकेट लिंदा वेस्टइन्डिजको सुरुवात खराब भएको थियो। इभिन लुइस १० , सुनिल नाराइन २ तथा शिमरन हेटमायर १ रन बनाएर चाहरको शिकार बन्न पुगे।

तेश्रो विकेटको लागि काइरन पोलार्ड र निकोलस पुरनले ६६ रनको साझेदारी गरे। १७ रन बनाएका पुरनलाई १४ औं ओभरमा नभदिप सैनीले विकेटकिपरबाट क्याच आउट गरे। त्यसपछि अर्धशतक बनाएका पोलार्डलाई पनि सैनीले १६ औं ओभरमा बोल्ड गरे। पोलार्डले ४५ बलमा १ चौका र ६ छक्का प्रहार गरे।

अन्तिममा रभम्यान पावेलले २० बलमा २ छक्का र  १ चौका मदतले अविजित ३२ रन बनाए।  २० ओभरमा ६ विकेट गुमाएर वेस्टइन्डिजले १४६ रन बनायो।

भारतको बलिंगमा प्लेयर अफ द म्याच चुनिएका दिपक चाहरले ३ ( ३-१-४-३ ) , नभदिप सैनीले २ ( ४-०-३४-२ ) तथा डेब्यु गरेका राहुल चाहरले १ ( ३-०-२७-१ ) विकेट लिए। भारत र वेस्टइन्डिज बीचको टि-२० मा चाहरको यो बलिंग अहिलेसम्मकै उत्कृस्ट स्पेल हो। गत वर्ष कुलदिप यादबले वेस्टइन्डिज बिरुद्ध १३ रन दिएर ३ विकेट लिएका थिए।

प्रतीयोगीताको उत्कृस्ट खेलाडी क्रुनाल पान्ड्या चुनिए जसले किफायती बलिङ्ग गर्दै सिरिज कुल ३ विकेट र ३२ रन बनाए।

 





थप समाचार

इंग्ल्यान्डमाथि अस्ट्रेलियाको सहज जित

काठमाडौं । ओपनर ट्राभिस हेडको शतक सहयोगमा अस्ट्रेलियाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई सहज रुपमा पराजित गरेको छ । अस्ट्रेलिया ५ […]

भक्तपुर क्रिकेट संघको साधारण सभा सम्पन्न

भक्तपुर जिल्ला क्रिकेट संघको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीवार संघका अध्यक्ष डा. मनिष राज पाण्डेको अध्यक्षतामा एक […]

नेपाल पराजित

नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि […]

नेपाल पहिले ब्याटिङ गर्दै

ओमानविरुद्ध नेपालले टस हारेको छ । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको […]

युएईको लगातार हार

आईसिसी विश्वकप लिग टुमा युएईले लगातार हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० […]

नेपाल र ओमान खेल्दै

आईसिसी विश्वकप लिग २ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने […]