जिम्बावेविरुद्धको सिरिज भारतले जित्यो

२०८१ असार ३१, आईतवार २०:५७

काठमाडौं । जिम्बावेविरुद्धको पाँच खेलको टी-२० आईको सिरिज पाहुना टोली भारतले ४-१ ले जितेको छ ।

आईतबार भएको सिरिजको पाँचौ तथा अन्तिम खेल ४२ रनले जित्दै भारतले सिरिजमा जित हात पारेको हो । सिरिज अन्तगर्तको पहिलो खेल १३ रनले गुमाएको भारतले त्यसपछिका सबै चार खेल जितेको हो ।

आईतबार हरारेमा भएको खेलमा भारतले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले १८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय २५ रन मात्र बनाउन सक्यो ।

जिम्बावेका लागि डिइन मेर्यसले ३२ बलमा ३४ तथा टिडिवानसी मरुमानी र फरेज अकरमले समान २७ २७ रन बनाए ।

भारतका लागि मुकेश कुमारले चार तथा शिभम दुबेले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

भारतका लागि सन्जु सामसनले ४५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । शिभम दुबेले २६ तथा रियान परागले २२ रन बनाएका थिए ।

जिम्बावेका लागि ब्लेसिङ्ग मुजरवानीले दुई विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy