जिम्बावेविरुद्धको सिरिज भारतले जित्यो

काठमाडौं । जिम्बावेविरुद्धको पाँच खेलको टी-२० आईको सिरिज पाहुना टोली भारतले ४-१ ले जितेको छ ।

आईतबार भएको सिरिजको पाँचौ तथा अन्तिम खेल ४२ रनले जित्दै भारतले सिरिजमा जित हात पारेको हो । सिरिज अन्तगर्तको पहिलो खेल १३ रनले गुमाएको भारतले त्यसपछिका सबै चार खेल जितेको हो ।

आईतबार हरारेमा भएको खेलमा भारतले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले १८ दशमलब ३ ओभरमा अल आउट हुँदै १ सय २५ रन मात्र बनाउन सक्यो ।

जिम्बावेका लागि डिइन मेर्यसले ३२ बलमा ३४ तथा टिडिवानसी मरुमानी र फरेज अकरमले समान २७ २७ रन बनाए ।

भारतका लागि मुकेश कुमारले चार तथा शिभम दुबेले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

भारतका लागि सन्जु सामसनले ४५ बलमा १ चौका र ४ छक्काको सहयोगमा ५८ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । शिभम दुबेले २६ तथा रियान परागले २२ रन बनाएका थिए ।

जिम्बावेका लागि ब्लेसिङ्ग मुजरवानीले दुई विकेट लिए ।





थप समाचार

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]

कर्णालीमाथि लुम्बिनीको सहज जित

काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा […]

सुदूरपश्चिमलाई हराउँदै समूह विजेताको रुपमा एपिएफ सुपर फोरमा

काठमाडौँ । विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा अपराजित रहँदै सुपर फोरमा पुगेको छ। धनगढीस्थित […]

नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । आइसिसी महिला यु–१९ टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ […]