तेश्रो टेस्टमा भारतको शानदार जित

  • विकेटनेपाल – ६ भदौ, बुधवार

कप्तान बिराट कोहलीको सन्सनीपूर्ण ब्याटिंग र जस्प्रित बुम्राहको उत्कृस्ट बलिंगको सहयोगमा इंग्ल्याण्ड बिरुद्धको टेस्ट सिरिजमा पाहुना टोलि भारतले पुनरागमन गरेको छ। नटिंगघम् स्थित ट्रेन्ट ब्रिजमा सम्पन्न तेस्रो टेस्टमा भारतले घरेलु टोलीलाई २०३ रनले पराजित गर्यो। जितसंगै ५ खेलको सिरिज २-१ ले इंग्ल्याण्डको पक्षमा रहेको छ।

चौथो पारीमा ५२१ रनको लक्ष्यको पिछा गरेको इंग्ल्याण्डको ब्याटिंगमा जस् बट्लरले शतक बनाएपनि त्यो जितका पर्याप्त भएन। नियमित विकेटकिपर ब्याट्सम्यान जोनी बेयरस्टो घाइते भएपछि उनीभन्दा अगाडी ब्याटिंग गर्न उत्रिएका बट्लरले आफ्नो टेस्ट करियरको पहिलो शतक बनाउने क्रममा १०६ रनको इनिग खेलेका थिए। यस्तै बेन स्टोक्सले व्यक्तिगत ६२ रनको पारि खेले।

भारतलाई अविस्मरणीय जित दिलाउन बलिंग तर्फ जस्प्रित बुम्राहले ५ विकेट चट्काए। आफ्नो टेस्ट करियरको चौथो खेल खेलेका बुम्राहले दोस्रो ५ विकेट लिएका हुन्। यसअघि दक्षिण अफ्रिका बिरुद्धको खेलमा समेत उनले एक इनिंगमा ५ विकेट लिएका थिए।

जस्प्रित बुम्राहले दोस्रो पारीमा ५ विकेट हात पारे ( फोटो: ICC )

यसअघि आफ्नो दोस्रो इनिंगमा भारतका लागि कोहलीले १०३ रन, चेतेश्वर पुजाराले ७२ रन तथा हार्दिक पान्ड्यले ५२ बलमा आक्रामक अविजित ५२ रन बनाएपछि ३५२/७ को योगफल बनाउँदै घरेलु टिमलाई ५२१ रनको लक्ष्य सहित पारी अन्त्यको घोषणा गरेको थियो।

तेस्रो टेस्टमा टस हारेर ब्याटिंगको निम्तो पाएको भारतले पहिलो पारिमा विराट कोहली र अजिंक्या रहानेको १५९ रनको साझेदारीको मद्दतमा ३२९ रन बनाएको थियो। कोहली शतकबाट मात्र ३ रनले चुक्दा रहानेले ८१ रनको पारि खेलेका थिए। त्यस्तै पहिलो विकेटको लागि शिखर धवन (३५) र लोकेश राहुल (२३) ले ६० रनको साझेदारी गरेका थिए।

फोटो: ICC

बलिंगतर्फ इंग्ल्याण्डको लागि जेम्स एन्डरसन, क्रिस वोक्स र स्टुअर्ट ब्रोडले समान ३/३ विकेट हात पारे भने विराट कोहलीको विकेट आदील रशिदको नाममा रह्यो।

जवाफमा ३२९ रनको लक्ष्य लिएर पहिलो पारिमा ब्याटिंग गर्न उत्रेको इंग्ल्याण्ड मात्र १६१ रनमा समेटिएको थियो। उसका लागि एलिस्टर कुक (२९) र किटन जेंनिंग्स (२०) ले ५४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए। तर भारतका हार्दिक पान्ड्यले आफ्नो टेस्ट करियरको उत्कृस्ट बलिंग प्रदर्शन गर्ने क्रममा २८ रन खर्चेर ५ विकेट लिएपछि घरेलु टोलि धरासायी भयो र भारतलाई पहिलो पारीमा १६८ रनको अग्रता सुम्पियो। अन्त्यमा जोस बटलरले ३३ बलमा ३९ रनको आक्रामक पारि खेल्दै टिमलाई फलो-अनबाट बचाएका थिए। यस्तै इशान्त शर्मा र जस्प्रित बुम्राहले समान २/२ विकेट लिँदा मोहम्मद शामीले १ विकेट लिए।

खेलको म्यान अफ द म्याच भारतीय कप्तान बिराट कोहली घोषित भए। तेस्रो टेस्टको दुई पारिमा कोहलीले २०० रन बनाएका थिए। सिरिजको चौथो टेस्ट साउथह्याम्पटनमा अगष्ट ३० बाट सुरु हुनेछ।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]