दृस्टीबिहिन टिमले खोल्यो सबैको आँखा, भारतीय टिम नेपाली गितमा नाच्यो छमछमी

indian cricket team dance in nepali song
  • विकेटनेपाल- माघ २६

भारतमा जारि दृस्टीबिहिन टि-२० बिश्वकपमा नेपाली क्रिकेट टिमको प्रदर्शन निराशाजनक रह्यो l आफ्नो आठौ खेलमा भारतसंग १५२ रनको बिशाल अन्तरले पराजित भएको नेपालले ८ मध्ये ७ खेलमा हार बेहोर्न पुग्यो l दक्षिण अफ्रीकासंगको एक जित हात पारेको नेपाली टिमले प्रतियोगितामा गरेको प्रदर्शनले त कमैको ध्यान तान्न सक्यो तर भारत र नेपाल बीचको खेल पछिको एक घटनाले भने सबैको ध्यान आकर्षित गरेको छ l

नेपाल र भारत बीचको खेलपछि मैदानमा त्यस्तो दृश्य देखियो जुन बिश्व खेलकुदमा बिरलै देखिने गर्छ l

खेल सकिएपछिको खाली समयमा भारतीय टिमले नेपाली गितमा छमछमी नाच्यो l मैदानमा एक-अर्कालाई पराजित गर्न कुनै कसर बाँकी नराख्ने दुई टिम एक अर्कासंग हातमा हात मिलाउदै नाचेको दृश्य अत्यन्तै मनमोहक रह्यो l

मैदानमै उपस्थित अन्नपूर्ण पोस्टका खेल पत्रकार दिपेन्द्र गुरुङले उक्त भिडियो खिचेर आफ्नो फेसबुकमा राखेपछि भिडियो हेर्ने र शेयर गर्नेको संख्या बढ्दो छ l पत्रकार गुरुङका अनुसार खेल पछि नेपाली टिमले पनि भारतीय गितमा नाचेको थियो l

“हाम्रो गाउँमा भट्टीको पसल छ, पसल गर्ने साहिली झन् असल छ,
मासु मिठो भालेको माछा तारेको, लेउलेउ साहिली दुई बोतल घरमै पारेको”

यही गितमा भारतीय टिम र नेपाली टिम नाचीरहेको दृश्यले जो-कसैको पनि हृदय छुन बेर लाग्दैन l शब्दले जे भनोस्, शब्द भन्दा गितसंगै नाचेको भारतीय र नेपाली टिमको मित्रता र एकअर्का प्रतिको सम्मानले खेलकुदले दिनु पर्ने वास्तविक मित्रताको सन्देस दिएको छ l

आँखाले दृस्टी बिहिन भएपनि भारतीय र नेपाली दृस्टीबिहिन टिमले सम्पूर्ण खेल प्रेमीहरुको भने आँखा खोल्ने काम गरेको छ l

 





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]