टेस्ट क्रिकेटमा डेब्यु गर्न लागेको अफगानिस्तानसँग टेस्ट खेल्ने भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।
जुन १४ गतेदेखि बेंग्लुरुमा सुरुहुने एकमात्र टेस्ट खेलको लागि यसअघि दक्षिण अफ्रिकाबिरुद्दको खेलमा रहेका कप्तान विराट कोहली इंग्ल्याण्डको घरेलु क्रिकेट खेल्न जानेछन भने रोहित शर्मा, भुवनेश्वर कुमार र जस्प्रित बुम्राहलाई आराम दिइएको छ ।
विराट कोहलीको अनुपस्थितिमा नियमित उपकप्तान अजिंक्या रहानेले टिमको कप्तानी सम्हाल्ने छन् । उनले यसअघि अस्ट्रेलियाको भारत भ्रमणका क्रममा अन्तिम टेस्टमा कोहली घाइते भएपछी जिम्मेवारी सम्हाल्दै जित दिलाएका थिए ।
यस्तो छ भारतीय टिम:
अफगानिस्तानसँग टेस्ट खेल्ने भारतीय टिम (ग्राफिक्स: आइसीसी)
काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]