तेश्रो दिन समाप्तिमा भारत बलियो

  • विकेटनेपाल, मङ्सिर २२ – शनिबार

अस्ट्रेलिया भ्रमण अन्तर्गत ४ टेस्ट खेलको शृंखलाको पहिलो टेस्टको तेस्रो दिन पाहुना टिम भारतले सुधारिएको ब्याटिंग प्रस्तुत गरेको छ।

एडिलेडमा जारि खेलको तेस्रो दिनको समाप्तीमा भारतले ३ विकेटको क्षतिमा १५१ रनको योगफल बनाउँदै अस्ट्रेलिया बिरुद्द दोश्रो पारीमा १६६ रनको अग्रता लिएको छ। पहिलो पारीमा २५० रन बनाएको उसले अस्ट्रेलियासँग १५ रनको अग्रता लिएको थियो।

अस्ट्रेलियाको ब्याटिंग

दोश्रो दिनको समाप्तीमा ७ विकेट गुमाएर १९१ रन बनाएको घरेलु टिमले तेस्रो दिन बर्षाले प्रभावित भएपछी पहिलो सत्रको समाप्तीमा थप ३ विकेट गुमाउँदै ४४ रन जोड्दा २३५ रनमा समेटियो।

अस्ट्रेलियाका लागि अविजित ६१ रन बनाएर खेलिरहेका हेड ७२ रन बनाउंदै आउट हुँदा स्टार्कले १५ रन, नेथन लायनले अविजित २४ रन बनाए भने जोश हेजलवूड गोल्डेन डकको सिकार भए। भारतको लागि दिनको पहिलो विकेट बुम्राहले हात पारेका थिए भने थप दुई विकेट मोहम्मद शामीको नाममा रह्यो।

यो सँगै पहिलो पारिमा अस्ट्रेलियाको लागि हेडको ७२ रनको अलावा पिटर ह्याम्ड्सकमले ३४ रन, ख्वाजाले २८ रन बनाएका थिए। बलिंगतर्फ भारतका लागि रविचन्द्रन आश्विन र जस्प्रित बुम्राहले समान ३/३ विकेट लिए भने इशान्त शर्मा र मोहम्मद शामीको नाममा २/२ विकेट रह्यो।

पुजाराको लय जारि 

टेस्टको पहिलो इनिंगमा शतक बनाएका चेतेश्वर पुजाराले दोश्रो पारिमा पनि राम्रो सुरुवात गरेका छन्। उनले दिनको समाप्तीमा अविजित ४१ रन बनाएका छन् भने अर्कोतर्फ अजिंक्या रहाने १ रन बनाएर खेलिरहेका छन्।

पहिलो विकेटको लागि ओपनरद्वय लोकेश राहुल र मुरली विजयले १८.१ ओभरमा ६३ रनको साझेदारी गरेका थिए। पहिलो १० ओभरमा भने धैर्यता देखाउंदै मात्र १९ रन बनाएका थिए। त्यसपछि राहुलले आक्रामक खेल देखाउंदै दोश्रो विकेटको रुपमा आउट हुनुभदा अगाडी ६७ बलको सामना गर्दै ४४ रन बनाएका थिए। मुरली विजयले मात्र १८ रन बनाउन सके।

तेस्रो विकेटको लागि कप्तान कोहली र पुजारा मिलेर ७१ रनको साझेदारी गरेका थिए। ३४ रन बनाउन १०४ बल सामना गरेका कोहली नेथन लायनको बलमा आउट हुन पुगे। अस्ट्रेलियाका हेजलवूड, स्टार्क र लायनले १/१ विकेट लिए।

तेस्रो दिनको खेल फोटोहरुमा (फोटो – आइसीसी)

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy