लालचन्द राजपुत जिम्बाबेको प्रशिक्षकमा नियुक्त

  • विकेटनेपाल, भदौ ९ – शनिबार

भारतका पुर्व खेलाडी लालचन्द राजपुत जिम्बाबेको पुर्णकालिन मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। हीथ स्ट्रिकको कार्यकालमा टिमले २०१९ मा आयोजना हुने विश्वकपमा छनौट हुन नसकेपछि बर्खास्तमा पर्दा लालचन्द राजपुतले जुन देखि प्रशिक्षकको भूमिका सम्हाल्दै आएका थिए।

मुम्बईका ब्याट्सम्यान राजपुतले यसअघि २००७ मा दक्षिण अफ्रिकामा आयोजित पहिलो टी-२० विश्वकपमा विश्वबिजेता भारतीय टिमको ब्यबस्थापकको भूमिका निर्वाह गरेका थिए। त्यसपछि २००८ मा इन्डियन प्रिमियर लिग टिम मुम्बई इन्डियन्सको प्रशिक्षकको भूमिकामा रहेका ५६ बर्षीय राजपुतले सन् २०१६ मा पाकिस्तानका पुर्व कप्तान इन्जमाम उह हकलाई बिस्थापित गर्दै अफगानिस्तानको प्रशिक्षक बनेका थिए।

उनको कार्यकालमा अफगानिस्तानले एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजलाई पराजित गर्यो भने टेस्ट मान्यता प्राप्तीको समेत घोषणा भएको थियो।

जिम्बाबे क्रिकेटका अध्यक्ष ताभेन्ग्वा मुख्लानीले राजपुतको अहिलेसम्मको पार्ट टाइम प्रशिक्षणकाल र टिम ब्यबस्थापन तथा प्रशिक्षण अनुभवलाई मध्यनजर गर्दै पूर्णकालीन प्रशिक्षकमा नियुक्ति गरिएको जनाएका छन्। “म उनको काम गर्ने तरिका र प्रत्येक कुराको बिस्तृत अध्ययन तथा विश्लेषण गर्ने र अनुशासनबाट प्रभावित भएको छु।” अध्यक्षले क्रिकबजसँगको कुराकानीमा भनेका छन्।

राजपुतले पूर्णकालिन प्रशिक्षकको जिम्मेवारीको रुपमा सेप्टेम्बर ३० देखि सुरुहुने दक्षिण अफ्रिका भ्रमणबाट सम्हाल्नेछन् भने त्यसपछि टिमले बंगलादेशको भ्रमण गर्नेछ। राजपुतले सन् १९८५ देखि ८७ सम्म भारतका लागि २ टेस्ट र ४ एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका थिए।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy