इन्डो नेपाल टी-२० क्रिकेटको सेमीफाइनल समिकरण पुरा

२०८१ माघ १६, बुधबार १९:५५

काठमाडौं।

टिप टप इन्डो नेपाल टी-२० क्रिकेटमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी र एन्जल स्पोर्ट्स एकेडेमी विजयी भएका छन्।

यो संगै प्रतियोगिताको समुह चरणको सम्पूर्ण खेलहरु समाप्त भएका छन्। प्रतियोगिताको सेमीफाइनल समिकरण पनि पुरा भएको छ।

समुह ‘ए’ को विजेताको रुपमा ग्रेट हिमालय क्रिकेट एकेडेमी र उपविजेताको रुपमा पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर तथा समुह ‘बि’ को विजेताको रुपमा टिपटप डीएभी र उपविजेताको रुपमा एन्जल्स क्रिकेट एकेडेमी सेमीफाइनल प्रवेश गरेका छन्। बिहिबार हुने पहिलो सेमीफाइनलमा ग्रेट हिमालय र एन्जस तथा दोश्रो सेमीफाइनलमा डीएभी र क्रिकेट एक्सिलेन्स सेन्टर प्रतिस्पर्धा गर्नेछन्।

डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सरु भएको प्रतियोगिता अन्तर्गत तल्लो मुलपानी क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमीले इन्डो नेपाल टी–२० क्रिकेट प्रतियोगितामा बोलपुर युथ टाउन क्रिकेटलाई पराजित गरेको छ। हिमालयन ४४ रनले विजयी भएको हो।

हिमालयनले दिएको १६४ रनको लक्ष्य पछ्याएको बोलपुरले १८.२ ओभरमा अलआउट हुँदै ११९ रन मात्रै बनाउन सक्यो। बोलपुरका सत्यम बस्नेतले सर्वाधिक ३६ रन बनाए। रायन शेर्पाले २० रन बनाए। हिमालयनका आयुषमान अधिकारीले दुई विकेट लिए।

त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको हिमालयनले पाँच विकेट गुमाउँदै १६३ रन बनाएको थियो। हिमालयनका वंश क्षेत्रीले सर्वाधिक ९८ रन बनाए । घनश्याम यादवले अविजित १५ रनको योगदान दिए। खेलको प्लेयर अफ द म्याच वंश घोषित भए।

यस्तै आजको दोश्रो खेलमा एन्जल स्पोर्ट्स एकेडेमीले नेक्सस क्रिकेट एकेडेमीलाई १० विकेटले पराजित गर्यो।

नेक्ससले दिएको ५४ रनको लक्ष्य एन्जल्सले ४. ४ ओभरमा विकेट नगुमाई भेटायो। एन्जल्सको जितमा बलिंगतर्फ प्लेयर अफ द म्याच समेत घोषित अभिषेक कठायतले ३ विकेट तथा नमस योन्जनले २ विकेट लिए भने ब्याटिंगतर्फ जोय थापाले अविजित ३८ तथा रेगल महतले अविजित १६ रन बनाए।

डिएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियाेगिता आगामी माघ १८ गतेसम्म सञ्चालन हुनेछ। जसमा कुल ६ टोलीको सहभागिता छ।

यस्तै प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ। प्रतियोगितामा १६ वर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाएका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy