फ्र्यांकलिन मनसुन इन्डोर क्रिकेट : पहिलो दिन सात खेल सम्पन्न

२०८१ असार १९, मंगलवार २२:३८

काठमाडौं । आजबाट सुरु फ्र्यांकलिन मनसुन इन्डोर सुपर एट क्रिकेट प्रतियोगिताको पहिलो दिन सात खेल सम्पन्न भएका छन् ।

फ्र्यांकलिन एजुकेशनल कन्सलटेन्सिको मुख्य प्रायोजनमा रहेको प्रतियोगिता आजबाट सुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन स्टुडियो सेभेन, अलिगान्स क्रिकेट, ब्याकयार्ड क्रिकेट, हिमालयन कलेज, मिक्समान्डु, कर्मयोग तथा हिमालयन कलेज विजयी भएका हुन्

प्रतियोगिताको दोस्रो दिन बुधबार पाँच खेल हुने आयोजकले बताएको छ ।

१२ टोली सहभागी प्रतियोगिताका सबै खेलहरु ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोर क्रिकेट हलमा संचालन हुनेछ ।

सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहक शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

प्रत्येक क्वाटरफाइनल खेलको विजेता सेमिफाइनलमा तथा सेमिफाइनलका विजेता टोलीबीच उपाधी भिडन्त हुनेछ ।

खेल तालिका

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy