फ्र्यांकलिन मनसुन इन्डोर क्रिकेट : पहिलो दिन सात खेल सम्पन्न

काठमाडौं । आजबाट सुरु फ्र्यांकलिन मनसुन इन्डोर सुपर एट क्रिकेट प्रतियोगिताको पहिलो दिन सात खेल सम्पन्न भएका छन् ।

फ्र्यांकलिन एजुकेशनल कन्सलटेन्सिको मुख्य प्रायोजनमा रहेको प्रतियोगिता आजबाट सुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन स्टुडियो सेभेन, अलिगान्स क्रिकेट, ब्याकयार्ड क्रिकेट, हिमालयन कलेज, मिक्समान्डु, कर्मयोग तथा हिमालयन कलेज विजयी भएका हुन्

प्रतियोगिताको दोस्रो दिन बुधबार पाँच खेल हुने आयोजकले बताएको छ ।

१२ टोली सहभागी प्रतियोगिताका सबै खेलहरु ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोर क्रिकेट हलमा संचालन हुनेछ ।

सहभागी १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहक शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

प्रत्येक क्वाटरफाइनल खेलको विजेता सेमिफाइनलमा तथा सेमिफाइनलका विजेता टोलीबीच उपाधी भिडन्त हुनेछ ।

खेल तालिका





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]