नेपालकै सर्वाधिक पुरस्कार राशीको इन्डोर क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौं । इन्डोर क्रिकेट प्रतियोगितामा नेपालकै सर्वाधिक पुरस्कार राशी भएको भक्तबीर सिंह इन्डोर टि-१० क्रिकेट च्याम्पियनसिप साउनको अन्तिम साता आयोजना हुने भएको छ ।

कटियाला हाउस प्रालिको आयोजनमा हुने च्याम्पियनसिपको पहिलो संस्करण आगामी साउन २२ देखि साउन २६ सम्म हुने राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइएको छ । प्रतियोगितामा कुनै पनि क्लब तथा समूहले भाग लिन सक्ने आयोजकले जनाएको छ ।

वर्षायाममा पनि क्रिकेट प्रतियोगिता आयोजना गरेर समग्र क्रिकेटप्रमीहरुलाई जोड्ने प्रमुख उद्देश्यले प्रतियोगिता आयोजना भएको प्रतियोगिताको निर्देशक ज्योती भन्डारीले बताउनु भयो ।

वर्षायामको समयमा आउटडोर क्रिकेट नभएर खेलाडीहरुको खाली समयलाई यस्ता इन्डोर प्रतियोगिताले क्रिकेटमा व्यस्त राख्ने कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय क्रिकेट टोलीका पुर्व सदस्य सुवास खकुरेलले बताउनु भयो ।

सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताले खेलाडीलाई आर्थिक रुपमा समेत सहयोग गर्ने खकुरेलले बताए । कार्यक्रममा प्रतियोगिताका कोअर्डिनेटर दीपेन्द्र भुषाल तथा टेक्निकल डिरेक्टर रविन्द्र गुप्ताको समेत उपस्थिती रहेको थियो ।

भेलोसिटी इन्डोर क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले एक लाख असी हजार र उपविजेताले असी हजार नगद, ट्रफि र मेडल पाउने आयोजकले सो कार्यक्रममा बताए । आयोजकका अनुसार प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई दश हजार, उत्कृष्ट ब्याटर र बलरलाई जनही पाँच हजार तथा प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एक हजार नगदले पुरस्कृत गरिनेछ ।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]