“सहि दिशामा छौँ, खेलाडीहरुको आत्मविश्वास उत्कर्षमा छ” – प्रशिक्षक पुबुदु

नेपालले फेब्रुअरी १७ तारिख देखि ओमानमा टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिता खेल्दैछ। उक्त प्रतियोगिता अघि प्रशिक्षक पुबुदु दासानायेकेले मिडियासंग अनलाईन प्रेस कन्फरेन्समा सोमबार नेपालको तयारी र योजना बारे कुराकानी गरेका थिए। सोहि कुराकानीलाई यहाँ प्रस्तुत गरेका छौँ –

नेपालको तयारी कस्तो भैरहेको छ ?

सबै कुरा योजना अनुसार गएको छ। तर तपाईहरुलाई अवगतनै छ, जुन परिस्थितिमा म आएको छु यो छोटो समय थियो। अझै धेरै समय भएको भए हुन्त्यो भन्ने लाग्छ तर जति समय छ त्यसको सदुपयोग गरेका छौँ। हाम्रो अन्तिम ओमानमा हुनेछ जहाँ तिन वटा अभ्यास खेल खेल्नेछौँ। हामी सहि दिशामा छौँ र प्रतियोगिताको लागि खेलाडीहरुको आत्मविश्वास पनि उत्कर्षमा छ।

विश्वकप छनोट अघि ओमानमा हुने चारदेश बीचको सिरिजलाई कसरि हेर्नुभएको छ ?

कठिन खेलहरु छ किनकि सहभागी टिमहरु उत्कृस्ट छन्। म जुवा त भन्दिन तर ठूलो प्रतियोगिता अघि चुनौतिपूर्ण खेल छ। हामि जुन परिस्थितिमा छ यो हाम्रो लागि अवसर पनि हो। हामीले २-३ महिना यता ठूलो प्रतियोगिता खेलेका छैनौ त्यसकारण पनि ठूलो टिमहरुसंग खेलेर अघि जानु महत्वपूर्ण छ। अर्को महत्वपूर्ण कुरा अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि कुरा लुकाउन मिल्दैन। टेलिभिजन र अन्य माध्यमबाट सबै विश्लेषण भैरहेको हुन्छ। खेलको दिन कसले राम्रो खेल्छ त्यसले जित्ने हो र हामि त्यही मुडमा छौँ। समग्रमा प्रतियोगिताको सेट अप देखि म खुसिनै छु। हामी उत्कृस्ट टिमहरुसंग खेल्दैछौँ जो संग हाम्रो क्षमता परिक्षण हुनेछ।हामीले आयरल्याण्ड, ओमान र युएईसंग खेल्दै छौँ जो संग हामीसंग रहेका बिभिन्न योजनाहरु लागु गर्ने छौ जसबाट प्रतियोगितामा के गर्ने योजना बनाउने छौँ। मैले यसलाई सकारात्मक रुपमा लिएको छु।

टिमका नयाँ अनुसार लोकेश बम र बिबेक यादवको लागि कस्तो योजना बनाउनु भएको छ ?

उनीहरु निकै प्रतिभावान छन् जो टिममा हुँदा म खुसि छु । हामीसंग तिन खेल छन् प्रतियोगिता अगाडी जसमा कम्बीनेसन ट्राई गर्नेछौ र सबैलाई अवसर दिनेछौँ। जो फर्ममा छन् त्यसले खेल्ने छन्। उनीहरु निकै प्रतिभावान छन् र म निश्चित छु नेपालको टि-२० भविष्य उज्ज्वल छ।

अभ्यासमा खेलाडीहरुको प्रदर्शन कस्तो हुँदैछ ?

सबैले कठिन मेहनत गरिरहेका छन्। कसैले कोभिडले गर्दा अभ्यास गुमाएका छन् तर हामि राम्रो व्यवस्थापन गरिरहेका छौँ। आगामी केहि दिनमा सबै उपलब्ध हुनेछन् भन्ने विश्वास छ।

सन्दिप बाहेक हेर्ने हो भने नेपालको बलिंग पक्ष कमजोर देखिएको हो ?

बलिंग पक्षमा हामीले पछिल्लो तिन साता निकै मेहनत गरेका छौँ, उनीहरुमा सुधार हुँदैछ र हामीले चाहेको स्थानमा पुग्दैछन्। हो हामी पछाडी थियौं तर म खुसि छु उनीहरु जसरि सुधार भएका छन्। अहिले सोध्नु हुन्छ भने हामि ६० प्रतिशतमा छौँ र ३० प्रतिशत आगामी १० दिनमा सुधार गर्नुपर्नेछ। हाम्रो टिममा ट्यालेन्ट छन् र फास्ट बलरको कुरा गर्नु हुन्छ भने हामीसंग टि-२० स्पेसलिस्ट बलर पनि छन्। उनीहरुको सुधार देखेर तपाई आश्चर्यचकित हुनु हुनेछ। मेरो सम्पूर्ण ध्यान हाल हामिसंग जे छ त्यसबाट उत्कृस्ट निकाल्ने प्रयासमा छ। योजना लागु गर्न सके हाम्रो बलिंग राम्रो छ। स्पिनर राम्रो गरिरहेका छन् र फास्ट बलरलाई के गर्ने हो स्पष्ट ज्ञान छ त्यसले हामी सहि दिशामा छौँ।

लिग चरणमा हामि ओमान र क्यानडासंग खेल्दै छौँ, उनीहरुलाई कसरि हेर्नु भएको छ ?

ओमान राम्रो टिम हो र उनीहरु राम्रो क्रिकेट खेल्दैछन्। भर्खरै विश्व कप खेलीसकेको टिम हो जुन टिमलाई हामीले पराजित गर्नुपर्नेछ। हामि उनीहरु भन्दा पर छैनौ र केहि पक्षहरुमा हामि उनीहरु भन्दा राम्रो पनि गर्न सक्छौं। उनीहरु अनुभवी टिम छन् त्यसैले हामीले उनीहरुलाई हराउन उत्कृस्ट क्रिकेट खेल्नुपर्छ। क्यानडा त्यस्तो टिम हो जोसंग सधै राम्रो खेलाडीहरु हुने गर्छ र यस्तो प्रतियोगितामा राम्रो समेत गर्ने गर्छन् र जुनसुकै टिमलाई पराजित गर्न सक्छन्। फिलिपिन्सलाई समेत हामि कमजोर आँक्ने छैनौ। टि-२० क्रिकेट यस्तो खेल हो जसमा एक/दुई खेलाडीले त्यो दिनमा खेल परिवर्तन गर्न सक्छन् त्यसैले हामिले प्रत्येक दिन राम्रो खेल खेल्नु पर्छ।

टिमको ब्याटिंग हेर्दा धेरै प्रतिस्पर्धा टिम भित्र देखिन्छ, यसलाई कसरि हेर्नु भएको छ ?

गत महिना म फर्केर आउदा चकित भए। २०१५ मा टिम छाड्दा टिम संघर्षरत थियो त भन्दिन तर हामीसंग पावर हिटिंग क्षमता थिएन जुन अहिले छ। अहिले त्यो क्षमतामा सुधार भएको छ र स्किल बढेको छ। टिममा प्रतिस्पर्धा हुनु सकारात्मक हो मसंग रोजाई छ र जो लयमा छन् उसैले खेल्नेछ। ब्याटिंग राम्रो देखिएको छ त्यो राम्रो पक्ष हो।

टिममा शरद, दिपेन्द्र, कुशल जस्ता अलराउण्डर हुनाले टिमलाई कति मद्दात पुग्नेछ ?

हामीसंग भएको त्यो अर्को बलियो पक्ष हो। दिपेन्द्र राम्रो बलिंग गर्छन्, शरद र कुशलले योगदान दिन सक्छन् र तिब्र गति बलिंगमा आरिफ र बिबेक ले राम्रो योगदान दिन सक्छन्। त्यही मलाई चाहिएको हो र हामीसंग सन्तुलित ब्याटिंग र बलिंग युनिट छ।

२०१४ मा तपाईको प्रशिक्षणमा नेपाल विश्वकप पुगेको थियो जसपछि नेपालले विश्वकप खेलेको छैन। तपाई र नेपाली क्रिकेटको लागि यो कति ठूलो अवसर हो ?

विश्वकप पुग्नु हाम्रो लागि निकै महत्वपूर्ण लक्ष्य हो। विश्वकप लिग पनि हुनेछ र संगै विश्वकप पुग्न सके हामीलाई सिस्टममा रहन सहज हुन्छ। प्रतियोगिताहरु थपिनेछन्, अभ्यासको अवसर हुनेछ। अस्ट्रेलिया पुगेर प्रतियोगितामा सहभागी हुनको लागि हामीसंग लायकको छ, यो टिमले त्यहाँ पनि प्रतिस्पर्धा गर्न सक्छ। म यति भन्न चाहन्छु, तपाईसंग १५-१६ टिमको छनोट भएको भए एउटा राम्रो दिनमा पुनरागमन गर्न सकिन्छ तर थोरै टिम हुँदा तपाईको खराब दिन हुनु हुँदैन। प्रतियोगिता मुस्किल छ तर तयारी र हाम्रो बाटो हेर्दा मलाई पुरा आत्मविश्वास छ।

व्यक्तिगत रुपमा तपाईलाई कति दवाव छ ?

निश्चित भएर भन्छु मलाई कुनै दबाब छैन। म जे पनि गर्छु उत्कृस्ट दिन्छु। जहाँ पनि काम गरेको छु मैले त्यो गरेको छु र पुनः दोहोर्याउने आत्मविश्वास छ। मेरो लागि यो काम दैनिकी जस्तो भएको छ। टिमको लागि म सधैं शत प्रतिशत दिने गर्छु जसरि हुन्छ नेपाललाई माथिल्लो स्तरमा पुर्याउन। म संग कुनै व्यक्तिगत एजेण्डा छैन। म शत प्रतिशत दिन्छु र चाहन्छु र जे पनि अगाडी आउछ सामना गर्न तयार छु।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]