इन्टर कलेज इन्डोर क्रिकेट : न्यु समिट र आइएसएमटिको दोहोरो जित

टेक्सास कलेजको आयोजनामा काठमाडौँमा बुधबार सुरु भएको इन्टर-कलेज इन्डोर क्रिकेट च्याम्पियनसिप अन्तर्गत दोश्रो दिनको खेलमा न्यु समिट, टाइम्स इन्टरनेसनल, ओमेगा, आइएसएमटिले जित दर्ता गरेका छन्।

समुह ‘ए’ अन्तर्गत न्यु समिट कलेजले दोहोरो जित दर्ता गर्ने क्रममा ओमेगा कलेजलाई ९ विकेटले तथा ब्रम्हास्मी ‘ए’ कलेजलाई ४ विकेटले पराजित गर्यो।  ओमेगाले आफ्नो दोश्रो खेलमा ब्रम्हास्मी कलेजलाई भने ४ रनले पराजित गर्यो।

यस्तै समुह ‘बि’ अन्तर्गत खेलमा आइएसएमटि कलेजले दोहोरो जित दर्ता गर्ने क्रममा केएफए कलेजलाई ७८ रनले तथा टाइम्स कलेजलाई ८१ रनले पराजित गर्यो। टाइम्सले आफ्नो दोश्रो खेलमा केएफए कलेजलाई ५ विकेटले पराजित गर्यो।

कुल २४ कलेज सहभागी प्रतियोगितामा सहभागी टिमहरुलाई ६ वटा समुहमा बिभाजन गरिएको छ। प्रतियोगिताको विजेताले ५१ हजार तथा उप-विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताको उत्कृस्ट हुने खेलाडीलाई प्रिसीयस ट्राभल एण्ड टुरले पोखराको टु-वे टिकट तथा लजिंग- फुडिंगको व्यवस्था गर्नेछ। यस्तै उत्कृस्ट बलर र ब्याट्सम्यानलाई समेत पोखराको वान-वे टिकट प्रदान गर्नेछ। यस्तै इपिएल टि-२० टिम काठमाडौँ किंग्स-११ ले प्रतियोगिताको ३ जना उत्कृस्ट खेलाडीहरुलाई टिमको बन्द सत्रमा मौका दिनेछ। आईफ्लिक्सले प्रतियोगिताको उत्कृस्ट खेलाडीलाई १ वर्ष तथा प्लेयर अफ द म्याचहरुलाई ३ महिना निशुल्क सब्स्क्रिप्सन प्रदान गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy