इन्टर फर्म क्रिकेटको उपाधि शंकर अर्याल एण्ड एसोसिएट्सलाई

२०८० फाल्गुन ३, बिहीबार २२:४३

एघारौं  चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन’ इन्टर फर्म क्रिकेट प्रतियोगिता’ शंकर अर्याल एण्ड एसोसिएट्सले जितेको छ।

ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा सम्पन्न फाइनलमा शंकर अर्याल एण्ड एसोसिएट्सले एचबीएलाई ३५ रनले पराजित गरेको हो।

शंकर अर्यालले दिएको १६० रनको लक्ष्य पछ्याएको एचबीएले १८.३ ओभरमा १२४ रनमा सबै विकेट गुमायो।

मिलनसार श्रेष्ठले अविजित ३१ ,अमुल रावलले २४ तथा कृष्ण केडियाले २२ रन बनाएता पनि एचबीएको जितको लागि पर्याप्त भएन। शंकर अर्यालका बलर रुपेश यादवले ३ विकेट, दिपेन सिंहले २ विकेट तथा प्रणाम नेपाल र प्रभाकर ठाकुरले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको शंकर अर्यालले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १५९ रन बनायो।

शंकर अर्यालको लागि रुपेश सिंहले सर्वाधिक ६३ रन योगदान दिए जुन क्रममा प्लेयर अफ द म्याच घोषित उनले ४२ बलमा ७ चौका र १ छक्का प्रहार गरे। दिपेन सिंहले ४० तथा प्रभाकर ठाकुरले १५ रन बनाए। एचबीएका बलर रोहित पाठक, त्रिलोचन भट्टराई र हर्षल भण्डारीले २/२ विकेट लिए।

उपाधि सहित शंकर अर्याल एण्ड एसोसिएट्सले एक लाख रुपैयाँ हात पार्यो। उपविजेता एचबीएले ५० हजार रुपैयाँ जित्यो। प्रतियोगिताकै उत्कृस्ट खेलाडी रुपेश यादव घोषित भए जसले ५ हजार रुपैयाँ पुरस्कार जिते। उत्कृस्ट ब्याट्सम्यान आश्रय बस्नेत तथा उत्कृस्ट बलर आशिष कर्णले २ हजार ५ सय रुपैयाँ प्राप्त गरे।

नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आयोजना गरेको प्रतियोगितामा २१ टिमको सहभागिता थियो।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।

Champion, Team Shankar Aryal & Associates
Champion, Team Shankar Aryal & Associates
Runner-up Team HBA

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy