जेठ १३ गतेदेखी प्रदेश स्तरीय प्रधानमन्त्री कप

(फिचर फोटो: २०७४ को सामुहिक बिजेता आर्मी र पुलिस क्लब)

  • विकेटनेपाल, बैशाख २७ – बिहिबार

प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । रास्ट्रीय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुन लागेको प्रतियोगिता जेठ १३ गतेदेखि २९ गतेसम्म चल्ने छ ।

आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा हरेक प्रदेशबाट १ टिम गरेर ७ वटा प्रदेश टिम र ३ वटा विभागीय टिम त्रिभुवन आर्मी क्लब(टिएसी), नेपाल पुलिस क्लब (एनपिसी) र सशस्त्र प्रहरी बल (एपीएफ) को सहभागीता रहने राखेपका सदस्य सचिव केशब बिस्टले बताए ।

प्रतियोगिता १० टिमलाई दुई समूहमा विभाजन गरेर खेलाईने छ जसबाट प्रत्येक समूहका शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । पत्रकार सम्मेलनमा बताईएको जानकारी अनुसार समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपीएफ), प्रदेश १, प्रदेश २ र प्रदेश ४ रहेका छन् भने समूह ‘बि’ मा नेपाल पुलिस क्लब, प्रदेश ३, प्रदेश ५, प्रदेश ६ र प्रदेश ७ रहेका छन् ।

किर्तिपुर र मुलपानी मैदानमा हुने प्रतियोगिताको विजेताले पुरस्कार स्वरूप २० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले १० लाखमा चित्त बुझाउनुपर्ने छ । यस्तै म्यान अफ द सिरिजले १ लाख र उत्कृस्ट ब्याट्सम्यान तथा बलरले   जनही ५० हजार प्राप्त गर्नेछन् ।

२०७४ सालमा भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा फाइनल खेल बर्षाले प्रभावित भएपछी त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्त रुपमा ट्रफी उचालेका थिए ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]