यू-१६ इन्टर एकेडेमी क्रिकेटमा नेक्सस र ग्रेट हिमालयको बिजयी सुरुवात

  • विकेटनेपाल- ७ मङ्सिर, शुक्रवार (काठमाण्डौ)

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा काठमाण्डौको मुलपानी क्रिकेट मैदानमा शुक्रबारबाट मिलानो नेक्सस कप यू-१६ टि ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ। शुक्रवार बिहान आयोजित समारोह बिच प्रतियोगिताको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले गर्नु भएको थियो।

प्रतियोगिताको पहिलो दिन आयोजक नेक्सस क्रिकेट एकेडेमी, काठमाडौं र ग्रेट हिमालय क्रिकेट एकेडेमी, काठमाडौंले जित हात पारेका छन्। नेक्ससले स्याङ्जा क्रिकेट एकेडेमी र ग्रेट हिमालयले नेक्सस क्रिकेट एकेडेमी “बि” लाई पराजित गरे।

 प्रतियोगिताको उद्घाटन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा
प्रतियोगिताको उद्घाटन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा

दिनको पहिलो खेलमा नेक्ससले स्याङजा क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गर्यो। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको स्याङजाले १४.२ ओभरमा सबै विकेट गुमाएर  ६९ रन मात्र बनाउन सफल भएको थियो। स्याङजाका किरण भट्टराईले १३ रन (११ बल), सुजन गौतमले १० रन (६ बल), सरोज अर्यालले १० रन (८ बल) बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्।

बलिङ तर्फ खेलको प्लेयर अफ दि म्याच समेत चुनिएका नेक्ससका आशिष सुनुवारले सर्वाधिक ३ विकेट प्राप्त गरेका थिए। यस्तै क्रिस कार्कीको नाममा २ विकेट रहेको थियो।

Aashish Sunar
Aashish Sunar

७० रनको झिनो लक्ष्य लिएर ब्याटिङमा उत्रेको नेक्ससले ९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। नेक्ससका बिशाल केसी र बिपीन बिक्रम शाहीले समान २२-२२ रन जोडेका थिए।

यस्तै दिनको दोस्रो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले आयोजक नेक्सस “बि”लाई १० विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङमा उत्रिएको नेक्सस “बि” का लागि  मिकेश ओझाले १३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा टोलि ४१ रनमा समेटिएको थियो।

ग्रेटर हिमालयको बलिंगतर्फ दिपक बोहाराले सर्वाधिक ३ विकेट लिएका थिए। यतै अमित अर्यालको नाममा २ विकेट रहेको थियो।

४२ रनको झिनो लक्ष्य ग्रेट हिमालयले मात्र ३ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो।  उसको जितमा दिपक बोहोराले मात्र १० बलमा ३२ रन प्रहार गरेका थिए।

Mulpani Cricket Ground
Mulpani Cricket Ground

प्रशिद्ध एक्सन पोलिमर प्राइभेट लिमिटेडको उत्पादन मिलानोको प्रायोजन रहेको प्रतियोगितामा ११ एकेडेमी र १ क्लब गरी १२ टोलीको सहभागिता रहेको छ। सहभागी १२ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ। हरेक समुहबाट शिर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

प्रतियोगिताको समुह “ए” मा ओएसिस क्रिकेट एकेडेमी, युनाइटेड क्रिकेट एकेडेमी झापा र युनाइटेड क्रिकेट क्लब बिरगंज रहेका छन्। यस्तै समुह “बि” मा सनराइज क्रिकेट एकेडेमी महेन्द्रनगर, ग्रेटर हिमालय क्रिकेट एकेडेमी काठमाडौं र आयोजक नेक्सस क्रिकेट एकेडेमी “बि” रहेका छन्। उता समुह “सि” तर्फ वेष्टर्न क्रिकेट एकेडेमी बुटवल, चितवन क्रिकेट एकेडेमी र मिड-वेष्टर्न क्रिकेट क्लब कोहलपुर रहंदा समुह “डी” तर्फ नेक्सस क्रिकेट एकेडेमी “ए”, लालीगुराँस क्रिकेट एकेडेमी झापा र स्याङ्जा क्रिकेट एकेडेमी रहेका छन्।

दोस्रो संस्करणको यू-१६ मिलानो नेक्सस इन्टर एकेडेमी टि-२० क्रिकेट प्रतियोगिताको बिजेता टोलीका खेलाडीहरुले रु. १ लाख ११ हजार १ सय ११ बराबरको खेल सामग्री तथा  ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्। यस्तै उप -बिजेताले भने रु. ६१ हजार १ सय ११ बराबरको खेल सामग्री प्राप्त गर्ने समेत आयोजकले जनाएको छ।

यस्तै प्रतियोगिताका ४ उत्कृस्ट खेलाडीहरुलाई नेक्सस क्रिकेट एकेडेमीले १ बर्षका लागि भारतको दिल्लीमा निशुल्क प्रशिक्षण प्रधान गर्ने छ।    प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने अन्य ५ खेलाडी समेत नेक्सस क्रिकेट एकेडेमीमा १ बर्षका लागि निशुल्क प्रशिक्षण पाउनेछन्।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]