यी हुन् पारस खड्काले प्रहार गरेका ५ शतक

पारस खड्काले सिंगापुरमा जारि टेस्ट राष्ट्र जिम्बाबे समेत सम्मिलित त्रिकोणात्मक सिरिजको दोश्रो खेलमा आयोजक सिंगापुर बिरुद्ध शतक बनाएका छन्। उनले अविजित १०६ रन बनाउदा ५२ बलमा ७ चौका र ९ छक्का प्रहार गरे। यससँगै पारस नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्न पुगे। शतक बनाउने क्रममा रेकर्डको वर्षा गरेका पारस लक्ष्य पछ्याउने क्रममा शतक बनाउने विश्वकै पहिलो कप्तान बन्न पुगे। पारसनै नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा समेत शतक बनाउने पहिलो ब्याट्सम्यान हुन्। सिंगापुर संगको शतक अघि पारसले नेपालको लागि खेल्दै कुल ४ शतक बनाएका थिए।

पारस खड्काले करियरमा बनाएका ५ शतक

बिरुद्द युएई, २०१९

यसै वर्ष जनवरीमा युएईसंग नेपालले खेलेको ३ एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको तेस्रो खेलमा पारसले आफ्नो करियरको चौथो अन्तर्राष्ट्रिय शतक बनाएका थिए। शतकसंगै उनि  एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली ब्याट्सम्यान बनेका थिए। युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई जित दिलाउन पारसले १०९ बलमा १५ चौका र १ छक्का प्रहार गर्दै ११५ रन बनाएका थिए। यस क्रममा पारस नै प्लेयर अफ द म्याच चुनिएका थिए।

Paras Khadka
Paras Khadka ( Photo – Thenational.ae )

बिरुद्द युएई, २०१८

नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन-२ को फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्सको सामना गरेको थियो। खेलमा पारसले आफ्नो करियरको तेस्रो शतक बनाउने क्रममा अविजित ११२ रन बनाएका थिए। उनले १०३ बलमा ३ चौका र ८ छक्का प्रहार गरेका थिए। पारसको शतक बाबजुत नेपाल ७ रनले पराजित हुन पुगेको थियो।

टस जितेर पहिले ब्याटिंग गरेको युएईले अश्फाक अहमदको ११४ रन मद्दतमा ५० ओभरमा २७७ रन बनाएको थियो। जवाफमा पारसको शतक बाहेक अन्य खेलाडीको उल्लेख्य प्रदर्शन रहन नसक्दा नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७० रन बनाएको थियो।

बिरुद्द नामिबिया, २०१६

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत घरेलु मैदानमा भएको नामिबिया बिरुद्दको दोश्रो खेलमा पारसले आफ्नो करियरकै दोश्रो शतक प्रहार गरेका थिए। उक्त खेलमा पारस खड्काले १०३ रन प्रहार गर्दा नेपाल ३ विकेटले विजयी भएको थियो। नामिबियाले दिएको २४० रनको लक्ष्य पछ्याउदै नेपालले खेल जित्दा उनले ९४ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए। ३७ रनमा २ विकेट गुमेपछि मैदानमा आएका पारसले शरद भेसावकरसँग मिलेर तेस्रो विकेटको लागि १६७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

Paras Khadka
Paras Khadka

बिरुद्द कुवेत, सन् २०१२

पारस खड्काले करियरको पहिलो शतक सन् २०१२ एसीसी एलिट कपमा कुवेत बिरुद्द बनाएका थिए। खड्काको शतकका बाबजुत नेपाल खेलमा ४ विकेटले पराजित भएको थियो। खेलमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ५० ओभरमा ४ विकेट गुमाएर २८० रन बनाएको थियो। पारसले अविजित १०६ रन बनाएका थिए जुन क्रममा ७७ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका थिए। जवाफमा कुवेतले ४६.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy