नेपालको सफलतामा बिराट कोहली फ्यानहरुको उत्सव

  • विकेटनेपाल, कार्तिक २८ – बिराटनगर 

मलेसियामा जारि यु-१९ एसिया कप क्रिकेटमा नेपाल सेमिफाइनलमा स्थान बनाउन सफल भएको अवसरमा अन्तर्राष्ट्रिय विराट कोहली फ्यान क्लब विराटनगरले आज दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय विराट कोहली फ्यान क्लब विराटनगरको आयोजनामा मंगलबार साँझ विराटनगरका क्रिकेटप्रेमी युवाहरु जम्मा भइ दीप प्रज्वलन गरेको थियो।

International Virat Kohli Fans club celebrating nepal's semifinal spot in U19 Asia Cup 2017

नेपालले प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँग २ विकेटको हार बेहोरेको थियो त्यस्तै दोश्रो खेलमा बलियो मानिएको तथा डिफेन्डिङ च्याम्पियन भारतलाई आश्चर्यजनकरुपमा झिनो लक्ष्य डिफेन्ड गर्दै १९ रनले पराजित गरेपछि नेपालका विभिन्न ठाउँमा विजयी उत्सब मनाईएको थियो ।

त्यस्तै आज महत्त्वपूर्ण मानिएको मलेसियासँगको खेल ८ विकेटले जित्दै गर्दा भारत र बंगलादेशबिचको खेलमा पनि भारत पराजित भएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

विराटनगरमा रहेका क्रिकेट प्रेमी युवाहरु एक जुट भई नेपाली युवा टोलीलाई हौसला तथा प्रेरित गरिएको इन्टरनेसनल विराट कोहली फ्यान क्लवका संयोजक रोनक अग्रवालले जानकारी दिए ।

यसै बर्ष भदौमा स्थापना भएको बिराट कोहली फ्यान क्लबले स्थानीय स्तरमा बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।

सम्बन्धित :- 

बिराट कोहली फ्यान क्लब नेपाल गठन, कोहलीको सफलतामा काटियो केक





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]