आईपीएल अक्सन : कुन टिमले कुन विदेशी खेलाडी कतिमा किन्यो

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को १४ औं सिजनको भारतको चेन्नाईमा जारि मिनी अक्सन अन्तर्गत विदेशी खेलाडीको लागि खालिरहेको स्थान पूर्ति भएको छ।

आईपीएलको ८ वटा फ़्रेन्चाइजले टिममा अधिकतम ८ जना विदेशी खेलाडी मात्र राख्न पाउने नियम रहेको थियो। त्यसमध्ये रिटेन गरिएका खेलाडीहरुको सूची पछि विदेशी खेलाडीको लागि अक्सन अघि मात्र २२ वटा स्थान खालिरहेको थियो।

विदेशी खेलाडीको रुपमा अक्सनमा उपस्थित रहेका नेपालका एक मात्र क्रिकेटर सन्दिप लामिछानेलाई कुनै पनि टिमले किन्ने इच्छा देखाएनन्। ३ सिजन दिल्ली टिममा रहेका सन्दिपलाई दिल्लीले रिलिज गरेको थियो। बेस प्राइस ४० लाख भारु राखेका सन्दिपलाई यो सिजन आईपीएलमा खेलेको हेर्ने इच्छा नेपाली फ्यानहरुको पुरा नहुने भएको छ।

कुन टिमले कसलाई कति मूल्यमा किन्यो 

चेन्नाई सुपर किंग्स : महेन्द्र सिंह धोनी कप्तानीको टिमले विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका स्पिन अलराउण्डर मोइन अलिलाई ७ करोड भारु तिरेर भित्र्यायो। चेन्नाईसंग विदेशी खेलाडीको लागि मात्र १ स्थान खालीरहेको थियो।

दिल्ली क्यापिटल्स : श्रेयस ऐयर कप्तानीको दिल्लीले विदेशी खेलाडीको लागि खालिरहेको ३ वटा स्थानमा अस्ट्रेलियन चर्चित ब्याट्सम्यान स्टिभ स्मिथ तथा इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान स्याम बिलिंग्स र इंग्ल्यान्डकै फास्ट बलिंग अलराउण्डर टम करनलाई भित्र्यायो। स्मिथले २ करोड २० लाख भारु, बिलिंग्सले २ करोड भारु तथा टम करनले ५ करोड २५ लाख भारु मूल्य पाए।

कोलकाता नाइट राइडर्स : ओएन मोर्गन कप्तानीको टिम कोलकाताले बंगलादेशका स्टार अलराउण्डर शाकिब अल हसनलाई ३ करोड २० लाख भारु तिरेर भित्र्यायो। यस्तै अस्ट्रेलियन बलिंग अलराउण्डर बेन कटिंगलाई ७५ लाख भारु तिरेर भित्र्यायो।

मुम्बई इन्डीएन्स : रोहित शर्मा कप्तानीको टिम डिफेन्डिङ च्याम्पियन मुम्बईसंग विदेशी खेलाडीको लागि ४ स्थान खालिरहेको थियो। मुम्बईले अस्ट्रेलियन फास्ट बलर नाथन कोल्टर नाइललाई सर्वाधिक ५ करोड भारु तिरेर भित्र्यायो। यस्तै न्युजिल्यान्डका फास्ट बलर एडम मिल्नेलाई ३ करोड २० लाख भारु खर्चियो। न्युजिल्यान्डका फास्ट बलिंग अलराउण्डर जेम्स निशमले ५० लाख भारु तथा दक्षिण अफ्रिकी फास्ट बलिंग अलराउण्डर मार्को जान्सेनलाई २० लाख भारुमा मुम्बईले भित्र्यायो।

क्रिस मोरिस

पन्जाब किंग्स : केएल राहुल कप्तानीको पन्जाबसंग सबैभन्दा बढी विदेशी खेलाडीको लागि ५ स्थान खालीरहेको थियो। पन्जाबले ५ खेलाडीको लागि ठुलो रकम खर्चियो। उसले अस्ट्रेलियन फास्ट बलिंग अलराउण्डर झाई रिचर्डसनलाई १४ करोड भारु खर्चियो। यस्तै अर्का अस्ट्रेलियन फास्ट बलर राईली मेरेडीथलाई ८ करोड तिरेर भित्र्यायो। अस्ट्रेलियन ब्याटिंग अलराउण्डर मोईसेस हेन्रिक्सले ४ करोड २० लाख भारु, इंग्ल्यान्ड ब्याट्सम्यान दवीड मलानले १ करोड ५० लाख भारु , वेस्टइन्डिज ब्याटिंग अलराउण्डर फाबीयन एलेनले ७५ लाख भारु मुल्य पाए।

राजस्थान रोयल्स : संजु स्यामसन कप्तानीको टिम राजस्थानले क्रिस मोरिसलाई रेकर्ड मुल्य तिरेर भित्र्यायो। दक्षिण अफ्रिकी फास्ट बलिंग अलराउण्डर मोरिसले लिग इतिहासकै सर्वाधिक १६ करोड २५ लाख भारु पाए। यस्तै टिमले बंगलादेशका फास्ट बलर मुस्तफिजुर रहमानलाई १ करोड भारु तथा इंग्ल्यान्डका ब्याटिंग अलराउण्डर लियाम लिभिंगस्टोनलाई ७५ लाख भारु तिरेर भित्र्यायो।

रोयल च्यालेन्जर्स बैंगलोर : बिराट कोहली कप्तानीको बैंगलोरले न्युजिल्यान्डका फास्ट बलिंग अलराउण्डर कायल जेमीसनलाई १५ करोड भारु तिरेर भित्र्यायो। यस्तै ग्लेन म्याक्सवेललाई १४ करोड २५ लाख भारु खर्चियो। अस्ट्रेलियन अलराउण्डर ड्यान क्रिस्टीएनले ४ करोड ८० लाख भारु पाए।

सनराइजर्स हैदरावाद : विदेशी खेलाडीको लागि मात्र १ स्थान खालीरहेको चेन्नाईले टिममा अफगानिस्तान स्पिनर मुजिब उर् रहमानलाई भित्र्यायो जसले १ करोड ५० लाख भारु मूल्य पाए।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]