IPL : मुम्बईले टस जितेर पहिले बलिंग गर्ने, दिल्लीमा ३ परिवर्तन

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत ५१ औं खेलमा कायरन पोलार्ड कप्तानिको मुम्बई इण्डियन्सले टस जितेर श्रेयस अय्यर कप्तानिको दिल्ली क्यापिटल्सलाई पहिले ब्याटिंगको निम्तो दिएको छ। खेल दुबई स्थित दुबई अन्तरास्ट्रिय क्रिकेट स्टेडियममा दिउँसोको ३:४५ बजे सुरु हुनुछ।

मुम्बईको अन्तिम ११ :- क्विन्टन डिकक, इशान किशन, सुर्यकुमार यादव, क्रुनल पाण्ड्या, कायरन पोलार्ड, जयन्त यादव, नाथन कुल्टन-नाइल, जस्प्रिट बुम्राह, राहुल चहार, सौरभ तिवारी, ट्रेन्ट बोल्ड

जारी सिजन पहिलो पटक दायाँ हाते अफ-स्पिनर जयन्त यादवले मौका पाएका छन्। टिमले जेम्स प्याटिन्सनको स्थानमा पुन: बलिंग अल-राउण्डर कुल्टर-नाइललाई मौका दिएको छ। रोहित शर्मा चोटका कारण अझै अन्तिम-११ मा छैनन्।

दिल्लीको अन्तिम ११ :- शिखर धवन, पृथ्वी श, श्रेयस अय्यर, रिषभ पन्त, शिमरन हेटमायर, मार्कश स्टोइनिस, कागिसो रबाडा, प्रविन दुबे, हर्शल पटेल, रविचन्द्रन आश्विन, एनरिक नोर्किया

टिमले अजिन्के रहाणेको स्थानमा पुनः पृथ्वी शलाई मौका दिएको छ। दायाँ हाते लेग-स्पिनर दुबेले जारी सिजन पहिले पटक मौका पाएका छन्। उनले चोटका कारण प्रतियोगिताबाट बाहिरिएका अमित मिश्रालाई प्रतिस्थापन गरेका थिए। यस्तै, तुषार देशपाण्डेको स्थानमा हर्षल पटेलले मौका पाएका छन्। नेपाली लेग-स्पिनर सन्दिप लामिछानेले अझै मौका पाएका छैनन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy