कसले जित्ला आइपिएल उपाधि ?

  • विकेटनेपाल – ४ चैत्र, सोमबार 

आउँदो शनिवारबाट विश्वकै सर्वाधिक लोकप्रिय टि-२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग ( आइपिएल ) को बाह्रौं संस्करण सुरुहुँदैछ। विश्वक्रिकेटका बिभिन्न देशका स्टार खेलाडीहरु समेत एकै टोलीबाट खेल्ने भएकाले आइपिएलको क्रेज क्रिकेट समर्थकमाझ ठूलो छ।

बाह्रौं संस्करणको प्रतियोगिताको सुरुवात शनिवार चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोर बिचको खेलबाट हुनेछ। चेन्नईको घरेलु मैदानमा पहिलो खेल खेल्न उत्रिंदा, प्रतियोगिताको इतिहासका सर्वाधिक सफल कप्तान मानिने महेन्द्रसिंह धोनीको टोली बिरुद्ध प्रतियोगिता जित्न नसकेको टोली बेंगलोर र कप्तान बिराट कोहलीले इतिहास फेर्ने लक्ष्य लिनेछन्।

उपाधी खडेरी तोड्ने लक्ष्य बेंगलोरको मात्र नभएर दिल्ली क्यापिटल्स र किंग्स ११ पन्जाबको समेत रहने छ। आफ्नो टोलीमा हरेक सिजन स्टार खेलाडी रहेपनि बेंगलोरले प्रतियोगिता जित्न सकेको छैन। उता नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यपिटल्सको समेत अवस्था उही छ। आफ्नो उपाधी खडेरी तोड्न दिल्लीले यस सिजन आफ्नो टिमको नाम, जर्सी र लोगो समेत परिवर्तन गर्ने निर्णय लियो।

यस्ता छन् आइपिएल १२ का आठ टोलीहरु :

रोयल च्यालेन्जर्स बेंगलोर : बिराट कोहली कप्तानीको बेंगलोर टोलीले प्रतियोगिताको उपाधी जित्न सकेको छैन। टोलीमा बिराटसंगै एबी डी भिलियर्स, क्रिस गेल, शेन वाट्सन, लोकेश राहुल जस्ता टि-२० म्याच विनर खेलाडी रहेपनि अघिल्ला सिजनहरुमा बेंगलोरको प्रदर्शन निराशाजनक रहँदै आएको छ।

यस सिजनभने टोलीले अक्सनबाट शिम्रोन हेट्माएर, हेन्रीच क्लासेन, सिभम दुबे, मार्कस स्टोइनिस ( ट्रेडेड ) जस्ता खेलाडी समावेश गरेर कोहली र डीभिलियर्स माथिको दबाब घटाउने प्रयास गरेको छ। यद्यपी टोलीको बलिंगतर्फ अझै केहि समस्या रहँदा बेंगलोरको उपाधी होडमा धक्का पुग्न सक्ने देखिन्छ।

RCB
RCB

स्क्वाड : बिराट कोहली, एबी डी भिलियर्स, अक्षदिप नाथ, मोइन अली, युज्भेन्द्र चहल, नेथन कुल्टरनाइल, कोलिन डी ग्राण्डहोम्, सिभम दुबे, गुर्किरत सिंह, शिम्रोन हेट्माएर, हिम्मत सिंह, कुल्वंत खेज्रोलिया, हेन्रीच क्लासेन, मिलिंद कुमार, मोहम्मद सिराज, पवन नेगी, देभ्दत्त पडेकाल, पार्थिव पटेल, प्रयास रे बर्मन, नभ्दिप सैनी, टिम साउदी, मार्कस स्टोइनिस, वाशिंटन सुन्दर, उमेश यादव

सनराइजर्स हैदरावाद :  प्रतियोगिताको सर्वाधिक बलियो बलिंग युनिट रहेको टोली हैदरावादलाई प्रमुख दावेदारको रुपमा समेत हेरिएको छ। डेभिड वार्नरको पुनरागमनले टोलीलाई अझ बलियो स्थानमा ल्याउने अपेक्षा रहेको छ। एकपटक आइपिएल उपाधि हात पारिसकेको हैदरावादको टोलीमा राशिद खान, भुवनेस्वर कुमार, शाकिव अल हसन जस्ता स्टार टि-२० खेलाडीको जमात रहेको छ।

SRH
SRH

स्क्वाड: डेभिड वार्नर, अविशेक शर्मा, खलिल अहमद, जोंनी बेयरस्टो, बसिल थम्पी, रिक्की भुई, शिवात्स गोस्वामी, मार्टिन गुप्टिल, दिपक हुडा, सिदार्थ कौल, भुवनेश्वर कुमार, मोहम्मद नाबी, सहबाज नदीम, टि नाटराजन, मनिष पाण्डे, युसुफ पठान, राशिद खान, रिद्धिमान साह, सन्दिप शर्मा, विजय शंकर, शाकिव अल हसन, बिल्ली स्ट्यानलेक, केन विलियम्सन

राजस्थान रोयल्स : प्रतियोगिताको पहिलो सिजनको उपाधि जितेको टोली राजस्थानले त्यसयताका अन्य सिजनहरुमा सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन। अबैधानिक कार्यका कारण प्रतियोगिताको नवौं र दशौँ संस्करण खेल छुटाएको रोयल्सको टोलीले यस सिजनभने उपाधी जित्ने दाउ राखेको छ। स्टिभ स्मिथको पुनरागमनले समेत राजस्थानको ब्याटिंग अझै बलियो हुने अपेक्षा गरिएको छ।

RR
RR

स्क्वाड : अजिक्या रहाणे, वरुण अरुण, जोफ्रा आर्चर, स्टुर्ट बिन्नी, आर्यमन बिर्ला, जस् बट्लर, प्रशान्त चोप्रा, श्रेयस गोपाल, कृष्नप्पा गौतम, धवल कुल्कर्नी, लियम लिभिंगस्टोन, महिपाल लोम्रोर, सुधेशन मिधुन, रियन पराग, शुभम रंजाने, संजु स्याम्सन, शशांक सिंह, स्टिभ स्मिथ, इश सोढि, बेन स्टोक्स, ओषेन थोमस, राहुल त्रिपाठी, एस्टन टर्नर, जयदेव उनद्कट, मनन बोहरा

मुम्बई इन्डियन्स : प्रतियोगिता इतिहासको अर्को सफल टोली मुम्बई इण्डियन्सले समेत यस सिजनका लागि बलियो टोली तयार गरेको छ।   रोहित शर्माको टोलीमा हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, जस्प्रित बुम्राह, कायरन पोलार्ड जस्ता टि-२० स्टार खेलाडीहरुको उपस्थिति रहेको छ।

MI
MI

स्क्वाड : रोहित शर्मा, अन्मोल्प्रित सिंह, जेसन बेरेंड्रफ, जस्प्रित बुम्राह, राहुल चहर, बेन कटिंग, क्विन्टन डी कक्, इशान किशन, पंकज जैश्वाल, सिद्धेश लाड, एभिन लुईस, मिचेल म्याक्लानिघन, लासिथ मालिंगा, मयंक मार्कंडे, एडम मिल्ने, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, कयरन पोलार्ड, राशिक सलाम, अनुकुल रोए, बरिंदर स्रान, आदित्य तारे, जयन्त यादव, सूर्यकुमार यादव, यूवराज सिंह

कलकत्ता नाइट राइडर्स : अन्तिम सिजन आफ्ना कप्तान गौतम गम्भीरलाई टोलीबाट छाडेपछि कलकत्ताले नयाँ स्वरूप पाएको छ। नयाँ कप्तान दिनेश कार्तिकको नेतृत्वमा टोलीले अघिल्लो सिजन सन्तोषजनक प्रदर्शन गर्यो। सुनिल नारायन, क्रिस लिन्, आन्द्रे रसेल, कुलदिप यादव जस्ता खेलाडी कलकत्ताको उपाधी होडमा टोलीका लागि एक्स-फ्याक्टर बन्ने सम्भावना रहेको छ।

KKR
KKR

स्क्वाड : दिनेश कार्तिक, कार्लोस ब्रेथ्वेट, पियुष चावला, जो डेन्ली, लक्की फर्गुसन, ह्यारी गुर्ने, कुलदिप यादव, क्रिस लिन्, श्रीकान्त मुन्ढ़े, कमलेश नागारकोटी, निखिल नैक, सुनिल नारायन, अन्रीच नोर्त्जे, प्रसिध कृष्ण, प्रिथ्भी राज, नितिश राना, आन्द्रे रसेल, सिभम माभी, शुभ्मन गिल, रिंकु सिंह, रोबिन उथप्पा

किग्स ११ पन्जाब : प्रतियोगिताको उपाधी बिहिन अर्को टोली पन्जाबले अन्तिम सिजन केहि आक्रामक खेल देखेको थियो। लोकेश राहुल, क्रिस गेल, मुजिब रहमान जस्ता खेलाडीको उपस्थिति र चतुर रबिचंद्न आश्विनको कप्तानीमा पन्जाबले यस सिजन राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ।

KXIP
KXIP

स्क्वाड : मयंक अगरवाल, अर्श्दिप सिंह, मुरुगन आश्विन, रबिचंद्रन आश्विन, अग्निभेश अयाची, साम करन, क्रिस गेल, हर्प्रित ब्रार, मोइजेज अनरिकेज, सरफराज खान, मन्दिप सिंह, डेभिड मिलर, मोहम्मद शामी, मुजिब उर् रहमान, करुन नयर, दर्शन नाल्कंडे, निकोलस पुरन, केएल राहुल, अंकित राजपुत, सिमरन सिंह, एन्ड्रयु टाई, भरुन चक्रवर्ती, हर्दुस भिल्जोएन

चेन्नई सुपर किंग्स : प्रतियोगिताको सर्वाधिक सफल र साबिक बिजेता चेन्नई सुपर किंग्सले आफ्नो अघिल्लो सिजनको टोलीमा खासै परिवर्तन गरेको छैन। अघिल्लो सिजन प्राय सबै खेलाडीको उमेर धेरै भएकाले खास प्रदर्शन गर्न नसक्ने भन्दै आलोचित बनेपनि महेन्द्रसिंह धोनीको टोलीले प्रतियोगिताको उपाधी जितेको थियो।

CSK
CSK

स्क्वाड : महेन्द्रसिंह धोनी, कलाम आसिफ, साम बिलिंग्स, चैतन्य बिश्नोई, ड्वेन ब्राभो, दिपक चहर, फाफ डु प्लेसिस, रुतराज गाएक्वाड, हरभजन सिंह, इम्रान ताहिर, रबिन्द्र जडेजा, केदार जाधव, नारायन जगदिशन, मोनु कुमार, लुंगी एन्गिडी, सुरेश रैना, अम्बाती रायडु, मिचल स्यान्टनर, करन शर्मा, मोहित शर्मा, ध्रुभ शोरे, शार्दुल ठाकुर, मुरली विजय, शेन वाट्सन, डेभिड विल्ली

दिल्ली क्यापिटल्स : यस सिजन दिल्ली डेयरडेभिल्सबाट दिल्ली क्यापिटल्स बनेको टोली प्रतियोगिता इतिहासकै सर्वाधिक असफल टोली हो। हरेक सिजन टोलीमा केहि उदाउँदा स्टार खेलाडीहरु रहेपनि टोलीले गतिलो प्रदर्शन भने गर्न सकेको छैन। नेपाली स्पिनर सन्दिप लामिछाने रहेको टोलीले यस सिजन कस्तो प्रदर्शन गर्नेछ भनेर त समयले नै बताउने छ।

स्क्वाड : आभेश खान, बन्दरु अयाप्पा, अंकुश बैंस, ट्रेन्ट बोल्ट, शिखर धवन, कोलिन इन्ग्राम, श्रेयस अय्यर, सन्दिप लामिछाने, मंजोत काल्रा, अमित मिश्रा, क्रिस मोर्रिस, कोलिन मुनरो, रिसभ पन्त, अक्षर पटेल, हर्षल पटेल, किमो पौल, कागीसो रबाडा, शर्फेन रुदर्फार्ड, जलज सक्सेना, इशान्त शर्मा, प्रिथ्भी शा:, नाथु सिंह, राहुल तेवाटिया, हनुमा विहारी

तपाइंको बिचारमा कसले जित्ला त आइपिएल ? प्रतिक्रिया दिन नभुल्नु होला !

Photos : ( Internet )

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy