आइपिएलमा चेन्नईको बिजयी सुरुवात, ब्याटिंग नचल्दा बेंगलोर पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल ) को बाह्रौं संस्करण शनिवारबाट सुरु भएको छ। प्रतियोगिताको पहिलो खेलमा साबिक बिजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोर माथी ७ विकेटको सानदार जित दर्ता गर्यो।

चेन्नईको घरेलु मैदानमा पहिले ब्याटिंग गर्दै बेंगलोरको दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित दर्ता गर्यो। चेन्नईको जितमा अम्बाती रायडुले २८ रन तथा सुरेश रैनाले १९ रनको योगदान गरे।

बेंगलोरका युज्भेन्द्र चहल, मोइन अलि र मोहम्मद सिराजले समान १-१ विकेट हात पारे।

स्लो र स्पिनर मैत्री रहेको पिचमा दुवै टोलीले खुलेर ब्याटिंग गर्न सकेका थिएनन्। बेंगलोर मात्र ७० रनमा समेटिदा चेन्नईले समेत ७१ रन जोड्न १८ ओभर ब्याटिंग गर्नु पर्यो।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको रोयल च्यालेन्जर्स बेंगलोरले ७० रन मात्र जोड्न सकेको थियो। उसका पार्थिव पटेलले २९ रन जोड्न बाहेक अन्यको प्रदर्शन खास रहन सकेन।

चेन्नईको स्पिनिङ्ग पिचमा १६ रनमा पहिलो विकेट गुमाएको बेंगलोरले त्यस पश्चात लगातर विकेट गुमाउंदा साझेदारी जोड्न विफल रह्यो। बेंगलोरका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

टोलीमा रहेका ठूला नामहरु बिराट कोहली ( ६ ), एबी डी भिलियर्स ( ९ ), शिम्रोन हेट्माएर ( ० ) र कोलिन डि ग्राण्डहोम् ( ४ ) सस्तैमा पभेलियन फर्किंदा बेंगलोर खराब अवस्थामा पुगेको थियो।

बेंगलोरको इनिंगलाई सस्तैमा समेट्न चेन्नईका स्पिनरहरुको प्रदर्शन उच्च रह्यो। बलिङ्गतर्फ इम्रान ताहिरले सर्वाधिक ३ विकेट ( ४-१-९-३ ) र हरभजन सिंहले समेत समान ३ विकेट ( ४-०-२०-३ ) चट्काए। यस्तै रबिन्द्र जडेजाको नाममा २ र ड्वेन ब्राभोको नाममा १ विकेट रह्यो।

Photo : Cricbuzz

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy