आइपिएलमा चेन्नईको बिजयी सुरुवात, ब्याटिंग नचल्दा बेंगलोर पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल ) को बाह्रौं संस्करण शनिवारबाट सुरु भएको छ। प्रतियोगिताको पहिलो खेलमा साबिक बिजेता चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंगलोर माथी ७ विकेटको सानदार जित दर्ता गर्यो।

चेन्नईको घरेलु मैदानमा पहिले ब्याटिंग गर्दै बेंगलोरको दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित दर्ता गर्यो। चेन्नईको जितमा अम्बाती रायडुले २८ रन तथा सुरेश रैनाले १९ रनको योगदान गरे।

बेंगलोरका युज्भेन्द्र चहल, मोइन अलि र मोहम्मद सिराजले समान १-१ विकेट हात पारे।

स्लो र स्पिनर मैत्री रहेको पिचमा दुवै टोलीले खुलेर ब्याटिंग गर्न सकेका थिएनन्। बेंगलोर मात्र ७० रनमा समेटिदा चेन्नईले समेत ७१ रन जोड्न १८ ओभर ब्याटिंग गर्नु पर्यो।

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको रोयल च्यालेन्जर्स बेंगलोरले ७० रन मात्र जोड्न सकेको थियो। उसका पार्थिव पटेलले २९ रन जोड्न बाहेक अन्यको प्रदर्शन खास रहन सकेन।

चेन्नईको स्पिनिङ्ग पिचमा १६ रनमा पहिलो विकेट गुमाएको बेंगलोरले त्यस पश्चात लगातर विकेट गुमाउंदा साझेदारी जोड्न विफल रह्यो। बेंगलोरका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

टोलीमा रहेका ठूला नामहरु बिराट कोहली ( ६ ), एबी डी भिलियर्स ( ९ ), शिम्रोन हेट्माएर ( ० ) र कोलिन डि ग्राण्डहोम् ( ४ ) सस्तैमा पभेलियन फर्किंदा बेंगलोर खराब अवस्थामा पुगेको थियो।

बेंगलोरको इनिंगलाई सस्तैमा समेट्न चेन्नईका स्पिनरहरुको प्रदर्शन उच्च रह्यो। बलिङ्गतर्फ इम्रान ताहिरले सर्वाधिक ३ विकेट ( ४-१-९-३ ) र हरभजन सिंहले समेत समान ३ विकेट ( ४-०-२०-३ ) चट्काए। यस्तै रबिन्द्र जडेजाको नाममा २ र ड्वेन ब्राभोको नाममा १ विकेट रह्यो।

Photo : Cricbuzz





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]