आईपीएल २०२१ : चेन्नाईले अभ्यास सुरु गर्ने

२०७७ फाल्गुन १८, मंगलवार २२:१३

भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) १४ औं संस्करणको ईन्डीएन प्रिमियर लिग ( आईपीएल २०२१ ) आयोजना गर्न आयोजनास्थलहरु घोषणा गर्न संघर्षरत रहेको छ। यसै बीच लिगको टिम चेन्नाई सुपर किंग्सले आईपीएलको लागि चेन्नाईमा मार्च ११ तारिख देखि अभ्यास सुरु गर्ने निर्णय गरेको छ।

चेन्नाईका कप्तान महेन्द्र सिंह धोनी पहिलो दिन देखि अभ्यासमा जोडिनेछन्। इन्साईडस्पोर्ट्सका अनुसार टिम कप्तान महेन्द्र सिंह धोनीको सुझावअनुरुप अभ्यास सुरु गर्न लागीएको हो।

आईपीएलको आगामी सिजन अप्रिल दोश्रो साता देखि सुरु हुने बताईएको छ।

“सबै खेलाडीहरु अभ्यासमा जोडिने अपेक्षा गरेका छौँ। कप्तान महेन्द्र सिंह धोनी पहिलो दिन देखि अभ्यासमा जोडिनेछन्। खेलाडीहरु उपलब्ध हुनु समस्याको कुरा हैन। हामि आशावादी छौ कि प्रशिक्षण क्याम्प सफलतापूर्वक सुरुवात हुनेछ जहाँ हामि जैव-सुरक्षित प्रोटोकल कडा रुपमा पछ्याउने छौँ। हामिले स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने छौँ।” चेन्नाई टिमका एक प्रमुख अधिकारीले बताए।

युएईमा गत सिजन सम्पन्न आईपीएलको दौरान चेन्नाई सुपर किंग्सका २ जना खेलाडीलाई कोरोना देखिएको थियो जसपछि टिमले निकै समस्या भोगेको थियो। भारतीय क्रिकेट बोर्डले फ़्रेन्चाइजहरुलाई कोभिड-१९ गाइडलाइन पछ्याउन जिम्मेवार हुन निर्देशन दिएको छ।

“गत वर्ष हाम्रो दुर्भाग्य थियो जसबाट हामिले पाठ सिकेका छौँ। आशा गर्छौं यो पटक त्यस्तो केहि हुने छैन।”

टिममा कोरोनाको केसहरु आउदा गत सिजन चेन्नाईको अभ्यास प्रभावित भएको थियो भने अर्कोतर्फ टिमका प्रमुख ब्याट्सम्यान सुरेश रैना लिग छोडेर भारत फर्किदा झनै समस्या उत्पन्न भएको थियो। चेन्नाईको लिगमा समेत प्रदर्शन खराब रहेको थियो र अंकतालिकामा सातौँ स्थानमा रहँदै पहिलो पटक प्लेअफ चरण पुग्न असफल भएको थियो।

यो पटक चेन्नाई टिममा सुरेश रैनाको पुनरागमन भएको छ भने मिनी अक्सनबाट टिमले मोइन अलि, क्रिश्नाप्पा गोथम, चेतेश्वर पुजारा, भगत वर्मा, हरि निशान्थ र हरिशंकर रेड्डीलाई भित्र्याएको छ।

चेन्नाई सुपर किंग्स टिम :- एमएस धोनी ( कप्तान), सुरेश रैना, अंबाती रायुडू, केएम आसिफ, दीपक चहर, ड्वेन ब्राभो, फाफ डु प्लेसिस, इमरान ताहिर, एन जगदीसन, कर्ण शर्मा, लुंगी एनगिडी, मिशेल सन्तनर, रवीन्द्र जडेजा, रुतराज गायकवाड, शार्दुल ठाकुर, साम करन , जोश हेजलवुड, आर साई किशोर, रोबिन उथप्पा, क्रिश्नप्पा गोथम , मोइन अलि , चेतेश्वर पुजारा  , भगत वर्मा, हरि निशान्थ, हरिशंकर रेड्डी

सम्बन्धित :-

https://wicketnepal.com/mini-auc-pachi-kun-team-kasto-wn21/

https://wicketnepal.com/kathmandu-mayor-cup-kheltalika-wn21/

https://wicketnepal.com/mayor-cup-ktm-11-team-ann-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy