हाईस्कोरिंग खेलमा कोलकातालाई हराउदै चेन्नाई शिर्षमा

कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै १४ औं आईपीएल अंकतालिकाको शिर्षस्थानमा पुगेको छ।

मुम्बईको वानखेडे स्टेडियममा सम्पन्न खेलमा चेन्नाईले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा अत्यन्त खराब सुरुवात गरेको कोलकाताले पहिलो ५ विकेट ३१ रनको योगफलमै गुमाउन पुग्यो। दिपक चाहरले नितिश राना, शुबमन गिल, ओएन मोर्गन र सुनिल नारायणलाई पेभेलियन फर्काए।

पाँचौ विकेटको लागि दिनेश कार्तिक र आन्द्रे रसेलले मात्र ३६ बलमा ८१ रनको साझेदारी गरे।

प्याट कमिन्स

२२ बलमा ६ छक्का र ३ चौका मद्दतले ५४ रन बनाएका रसेल १२ औं ओभरमा स्याम करनबाट बोल्ड भए। त्यसपछि १५ औं ओभरमा दिनेश कार्तिक पनि लुंगी एनगीडीबाट एलबिडब्लु भए। कार्तिकले २४ बलमा ४ चौका र २ छक्का मद्दतले ४० रन बनाए।

कार्तिकको विकेटपछि प्याट कमिन्सले २३ बलमा आक्रामक अर्धशतक बनाउदै जितको आशा कायमै राखे। तर अर्को किनारमा लगातार विकेट जाँदा कोलकाता जितसम्म पुग्न असफल रह्यो।

कमिन्सले ३४ बलमा ४ चौका र ६ छक्का मद्दतले अविजित ६६ रन बनाएता पनि जितको लागि पर्याप्त भएन।

चेन्नाईको बलिंगमा दिपक चाहरले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २९ रन खर्चिए। लुंगी एनगीडीले ३ विकेट ( ४-०-२८-३ ) लिए भने स्याम करनले १ विकेट लिए।

फाफ डु प्लेसीले अविजित ९५ रन बनाए

यस अघि टस हारेर ब्याटिंग गरेको चेन्नाईले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा २२० रन बनाएको थियो।

चेन्नाईको लागि फाफ डु प्लेसीले अविजित इनिंग्स खेल्ने क्रममा सर्वाधिक ९५ रन बनाए जुन क्रममा ६० बलमा ९ चौका र ४ छक्का प्रहार गरे। रुतुराज गायकवाडले ४२ बलमा ६ चौका र ४ छक्का मद्दतले ६४ रन बनाए। मोइन अलिले १२ बलमा २ चौका र २ छक्का मद्दतले २५ रन, महेन्द्र सिंह धोनीले ८ बलमा २ चौका र १ छक्का मद्दतले १७ रन तथा रभीन्द्र जडेजाले अविजित ६ रन बनाए।

डु प्लेसीले गायकवाडसंग ११५ रनको ओपनिंग साझेदारी गरे भने मोइन अलिसंग ५० रनको तथा धोनीसंग ३६ रनको साझेदारी गरे।

इनिंग्सको अन्तिम ५ ओभरमा चेन्नाईले ७६ रन बनाएको थियो।

कोलकाताको बलिंगमा वरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले समान १ विकेट लिए।

जित पछि ४ खेलमा ३ जित र १ हार बेहोरेको चेन्नाई ६ अंक बटुल्दै अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। समान ६ अंक रहेता पनि बैंगलोर र दिल्ली नेट रन रेटमा पछि पर्दै दोश्रो र तेश्रो स्थानमा रहेको छ। हार पछि ४ खेलमा १ जित र ३ हार बेहोरेको कोलकाता २ अंक सहित छैठौं स्थानमा रहेको छ।

यो पनि पढ्नुस 

बराबरीमा टुंगियो मलेसिया र नेदरल्याण्डको खेल, नेपाल र नेदरल्याण्ड फाइनलमा

IPL : हैदरावादको पहिलो जित, पन्जाब पुछारमा पुग्दा हैदरावाद पाँचौ स्थानमा

पाकिस्तानको जितमा रिजवान र कादिर उत्कृस्ट





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]