आईपीएल अक्सन : यी हुन् महँगोमा बिक्ने क्रिकेटरहरु

  • विकेटनेपाल, १३ माघ- शनिबार 

क्रिकेट प्रेमीहरुको नजर बिश्वकै महँगो क्रिकेट लिग इन्डियन प्रिमियर लिगको अक्सनमा रहेको छ। बेन्गलुरुमा जारि अक्सनको पहिलो दिन अस्चार्यजनक रुपमा क्रिस गेल, लासिथ मालिंगा, जोए रुट, मुरली विजय जस्ता खेलाडीहरुलाई पहिलो चरणमा कुनै टिमले किन्न चासो देखाएनन् भने रासिद खान, बेन स्टोक्स, संजु सामसन, दिनेश कार्तिक, मार्कस स्टोइन्स, केदार जादभ, क्रिस वोक्स, मानिस पाण्डे, क्रिस लिन, ग्लेन म्याक्सवेल जस्ता खेलाडीहरु महँगो मूल्यमा बिकेका छन्।

पहिलो दिनको अक्सनमा हालसम्म महँगोमा बिकेका खेलाडीहरुको लिस्ट यहाँ प्रस्तुत गरिएको छ –

मूल्य – भारतीय रुपैयाँ  

बेन स्टोक्स : १२.५ करोड ( राजस्थान रोयल्स )

आईपीएलमा यो सिजन फर्केको राजस्थानले ठुलो मूल्यमा इंग्ल्याण्ड अलराउण्डरलाई खरिद गरेको हो। गत बर्ष राइजिंग पुने सुपरजाएन्टले स्टोक्सलाई सबैभन्दा महान्त्गो १४.५ करोडमा खरिद गरेको थियो।

केएल राहुल : ११ करोड ( किंग्स ११ पन्जाब )

भारतीय ब्याट्सम्यान केएल राहुल अक्सनमा १० करोड भन्दा बढी मूल्य पाउने पहिलो भारतीय खेलाडी भए । दायाँ हाते ब्याट्सम्यानलाई पन्जाबले ११ करोड रुपैयाँ खर्चियो।

मनिष पाण्डे : ११ करोड ( सनराइजर्स हैदराबाद )

मानिस पाण्डे पनि यो बर्ष आइपीएलमा सबैभन्दा महँगो मध्येका खेलाडी भएका छन् जसलाई सनराइजर्स हैदराबादले ११ करोड खर्चियो। २८ बर्षिय दायाँ हाते ब्याट्सम्यानले यो भन्दा अघि आईपीएलमा उनले मुम्बई इन्डियन्स र कोलकाता नाइट राईडर्सको प्रतिनिधित्व गरिसकेका छन्।

क्रिस लिन : ९.६ करोड ( कोलकाता नाइट राइडर्स )

पछिल्लो सिजन पनि कोलकाताको लागि खेलेका अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनलाई महँगो मूल्यमा आफ्नै टिमले किन्यो। २८ बर्षिय लिन जारि बिग ब्यास लिगमा राम्रो उत्कृस्ट लयमा रहेका छन्।

मिचेल स्टार्क : ९.४ करोड ( कोलकाता नाइट राइडर्स )

अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्क पनि अक्सनमा भाग्यमानी ठहरिए जसलाई कोलकताले ९.४ करोड रुपैया खर्चियो। गत बर्ष उनले रोयल च्यालेन्जर्स बैंगलोरको लागि खेलेका थिए।

ग्लेन म्याक्सवेल : ९ करोड ( दिल्ली डेयर डेभिल्स )

आईपीएल अक्सनमा अर्का अस्ट्रेलियन खेलाडी महँगोमा बिक्ने क्रममा विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई दिल्ली डेयर डेभिल्सले ९ करोड रुपैयाँमा बिक्रि भए। धेरै टिमको चाहना म्याक्सवेललाई खरिद गर्ने भए पनि पुर्व किंग्स ११ पन्जाब स्टारलाई दिल्लीमा जान रोक्न सकेनन्।

राशिद खान : ९ करोड ( सनराइजर्स हैदरावाद )

अफगानिस्तान स्टार लेग स्पिनर जारि बिग ब्यास लिगमा उत्कृस्ट फर्ममा छन् जसलाई सनराइजर्स हैदरावादले ९ करोड खर्चेर पुनः आफ्नै टिममा राख्यो।

क्रुनल पन्ड्या : ८.८ करोड ( मुम्बई इण्डियन्स )

अलराउण्डर कृनल पाण्डेलाई राइट टु म्याच कार्ड प्रयोग गर्दै मुम्बईले पुनः आफ्नै टिममा राख्यो। २७ बर्षका पन्ड्या देब्रे हाते स्पिनर र ब्याट्सम्यान हुन् जो हार्दिक  पन्ड्याका दाई समेत पर्छन्।

सन्जु सामसन : ८ करोड ( राजस्थान रोयल्स )

दिल्लीको लागि अघिल्लो सिजन खेलेका विस्फोटक युवा ब्याट्सम्यान संजु सामसनलाई यो पटक राजस्थान रोयल्सले ८ करोड रुपैयाँमा किन्यो।

केदार जादभ : ७.८ करोड ( चेन्नाई सुपर किंग्स )

महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाईले ७.८ करोड रुपैयाँमा अलराउण्डर केदार जादभलाई खरिद गर्यो।

रभीचन्द्रन आश्विन : ७.६ करोड ( किंग्स ११ पन्जाब )

चेन्नई सुपर किंग्सको लागि खेलेका स्टार स्पिनर आश्विनलाई यो पटक किंग्स ११ पन्जाबले ७.६ करोडमा किन्यो। चेन्नाईको लागि सफल क्रिकेटरलाई पुरानै टिमले किन्ने क्रिकेट पण्डितहरुले अनुमान गरेपनि पन्जाबले स्टार क्रिकेटरलाई आफ्नो टिममा सामेल गर्यो।

क्रिस वोक्स : ७.४ करोड ( रोयल च्यालेन्जर्स बैंगलोर )

इंग्ल्याण्ड ब्याट्सम्यान क्रिस वोक्सलाई रोयल च्यालेन्जर्स बैंगलोरले ७.४ करोड रुपैया खर्चियो जसले यस अघि कोलकाता नाइट राईड’र्सको प्रतिनिधित्व गरेका थिए।

दिनेश कार्तिक : ७.४ करोड ( कोलकाता नाइट राइडर्स )

भारतीय विकेटकिपर ब्याट्सम्यान कार्तिक यो पटक कोलकाताको लागि खेल्ने छन् जसले यस अघि गुजरात लायन्सको लागि खेलेका थिए।

यी बाहेक वेस्ट इन्डिज अलराउण्डर जोफ्रा आर्चरलाई राजस्थान रोयल्सले ७.२ करोड रुपैयाँमा खरिद गरेको छ। मुम्बई इन्डियन्सले विकेटकिपर ब्याट्सम्यान ईशान किशनलाई ६.२ करोडमा, कुलदिप यादबलाई नाइट राईडर्सले ५.८ करोड रुपैयाँमा, युजभेन्द्र चाहाललाई रोयल च्यालेन्जर्स बैंगलोरले ६ करोड रुपैयाँमा, करण शर्मालाई चेन्नाई सुपर किंग्सले ५ करोडमा, रोबिन उथप्पालाई कोलकाता नाइट राइडर्सले ६.४ करोडमा खरिद गरेको छ।

रिद्दिमान शाहलाई सनराइजर्स हैदराबादले ५ करोडमा, मार्कस स्टोईन्सलाई किंग्स ११ पन्जाबले ६.२ करोडमा, आरोन फिंचलाई किंग्स ११ पन्जाबले ६.२ करोडमा, करुण नायरलाई किंग्स ११ पन्जाबले ५.६ करोडमा, ड्वेन ब्राभोलाई चेन्नाईले ६.४ करोडमा, शिखर धवनलाई सनराईजर्स हैदराबादले ५.२ करोडमा तथा काइरोन पोलार्डलाई मुम्बई इण्डियन्सले ५.४ करोडमा खरिद गरेको छ ।





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]