युनाइटेड अरब इमिरेट्स ( UAE ) मा जारि इन्डीएन प्रिमियर लिग ( IPL ) को १३ औं सिजनको पहिलो हफ्ताको खेल करिब २६ करोड ९० लाख जनाले हेरेका छन्। यो संख्या गत सिजन पहिलो हफ्ता हेरिएको भन्दा १५ प्रतिशतले बढी हो।
पछिल्लो वर्षको तुलनामा पहिलो हफ्ता यो वर्ष प्रति खेल १.१ करोड बढी मानिसहरुले हेरेका हुन्। लिगको पहिलो हफ्तामा ७ खेल कुल २१ च्यानल मार्फत ६०.६ अरब मिनेट हेरिएको छ। पहिलो साता ८ करोड ६० लाख परिवारले लिग हेरेका छन्। संख्याको आधारमा हेर्ने हो भने आईपीएल १३ को पहिलो साताको खेल ३ वटा टिभी मध्ये एउटा टिभीमा हेरिएको थियो।
टिभीको भ्युअरसिप मुल्यांकन गर्ने एजेन्सी BARC-Nielsen ‘टेलिभिजन भ्युअरसिप एण्ड एडभरटाइजिङ कन्जंपसन अफ IPL-13 2020’ नामक आफ्नो रिपोर्टका अनुसार जारि संस्करणको पहिलो हफ्ता प्रत्येक मिनेटमा दर्शकको संख्या पछिल्लो सालको तुलनामा १५ प्रतिशत बढी हेरिएको छ। आईपीएल २०२० को पहिलो हफ्ता २०१९ को संस्करणको तुलनामा प्रति म्याच औशत प्रभाव २१ प्रतिशत बढेको छ। डाटाका अनुसार लिग हेर्ने दर्शकहरु मध्ये ३९ प्रतिशत शहरका छन्।
आईपीएल सर्वाधिक हेरिएका कारण स्टार स्पोर्ट्स १ हिन्दि च्यानल सबैभन्दा बढी हेरिने भारतीय च्यानल बनेको छ। यस क्रममा भारतका मनोरन्जन, समाचार जस्ता अन्य सबै च्यानलहरुलाई पछि पारेको हो। च्यानलमा यो साता सबैभन्दा बढी हेरिएको खेल मुम्बई र कोलकाता बीचको खेल थियो। त्यसपछि राजस्थान र चेन्नाई बीचको खेल दोश्रो धेरै तथा दिल्ली र चेन्नाई बीचको खेल तेश्रो धेरै हेरिएको थियो।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले २२ सेप्टेम्बरमा बताएका थिए कि १३ औं सिजनको मुम्बई र चेन्नाई बीचको उद्घाटन खेल २० करोड जनाले हेरेका थिए। शाहका अनुसार कुनै पनि देशमा खेलिएको कुनै पनि खेलको उद्घाटन खेललाई हेर्ने संख्याको आधारमा यो सबैभन्दा सर्वाधिक हो। कोरोना भाइरस महामारीको बीचमा आईपीएल २०२० को उद्घाटन खेल आबुधाबीमा खेलिएको थियो।
विवादास्पद निर्णय : स्पाइडरक्यामलाई छोएता पनि उनदकतलाई क्याच आउट दिएपछि
शेन वार्नको नजरमा यी ४ टिम पुग्ने छन् आईपीएलको प्लेअफमा
आर्चरले फाले सिजनकै सबैभन्दा तीव्र गतिको बल, जान्नुस कति थियो गति
क्यानले खेलाडी वर्गीकरण फेरी गर्ने