IPL मा आज २ खेल : चेन्नाई र पन्जाबलाई जितको भोक, मुम्बई र हैदरावादको लक्ष्य शिर्ष स्थान

युएईमा जारि आईपीएल २०२० अन्तर्गत आइतबार पनि २ वटा खेल हुँदैछन्। शारजाह मैदानमा पहिलो खेलमा ३:४५ बजे मुम्बई इन्डीएन्स र सनराइजर्स हैदरावाद खेल्नेछन्। दोश्रो खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ७:४५ बजे पन्जाब र चेन्नाई बीच खेलिनेछ।

मुम्बई vs हैदरावाद 

दुवै टिमले ४ खेल खेल्दा समान २ जित र २ हार बेहोर्दै ४ अंक बटुलेका छन्। अंकतालिकामा नेट रन रेटमा अघि रहँदै मुम्बई तेश्रो र हैदरावाद चौथो स्थानमा रहेको छ।

पहिलो २ खेलमा पराजित भएको हैदरावाद टिममा लगातार २ जितका साथ आत्मविश्वास पलाएको छ। चेन्नाईलाई अन्तिम खेलमा उसले ७ रनले पराजित गरेको थियो। त्यसक्रममा उसले १६४ रनको योगफल रक्षा गरेको थियो। खेलमा वार्नर, बेयरस्टो, विलियमसन जस्ता ब्याट्सम्यानहरु असफल भएता पनि प्रियम गर्ग, अभिषेक शर्मा जस्ता युवा खेलाडीहरुले राम्रो प्रदर्शन गरेका थिए। लेग स्पिनर राशिद खान उत्कृस्ट लयमा रहँदै बलिंगको नेतृत्व गरिरहेका छन्। भुवनेश्वर कुमार, टि नटराजन जस्ता बलरहरुको प्रदर्शन चेन्नाई बिरुद्ध राम्रो थियो। चेन्नाई बिरुद्ध खेलमा घाइते भएका भुवनेश्वर कुमार आज खेल्ने नखेल्ने निश्चित भएको छैन।

हैदरावादको सम्भावित ११ : डेभिड वार्नर ( कप्तान ), जोनी बेयरस्टो ( विकेटकिपर ), मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, अभिषेक शर्मा, अब्दुल शमद, राशिद खान, भुवनेश्वर कुमार/सन्दिप शर्मा/सिद्धार्थ कौल, खलिल एहमद, टि नटराजन

अर्कोतर्फ मुम्बईले पन्जाब बिरुद्ध अन्तिम खेल ४८ रनले सहजै जितेको थियो। १९१ रनको योगफल तयार गर्दै पन्जाबलाई १४३ रनमा सिमित गर्दै रोहित कप्तानीको टिमले जित दर्ता गरेको थियो। आक्रामक ब्याट्सम्यान काइरन पोलार्ड, हार्दिक पान्ड्या, इशान किशन र रोहित शर्मा राम्रो लयमा छन्। बलिंगमा जस्प्रित बुम्राह, ट्रेन्ट बोल्ट, राहुल चाहर, जेम्स प्याटिन्सन र क्रुनाल पान्ड्याको उपस्थितिले टिम निकै सन्तुलित देखिएको छ। आज जित्दै मुम्बई अंकतालिकाको शिर्ष स्थानमा पुग्ने मौका रहेको छ।

मुम्बईको सम्भावित ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सुर्यकुमार यादव, इशान किशन, काइरन पोलार्ड, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, जेम्स प्याटिन्सन , राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

पन्जाब Vs चेन्नाई 

४ खेलमा समान १ जित र ३ हार बेहोरेको दुवै टिम अंकतालिकाको पुछारमा छन्। पन्जाब सातौँ र चेन्नाई आठौँमा स्थानमा छ। आजको खेल जित्दै शिर्ष-४ भित्र प्रवेश गर्ने बाटो बनाउने दुवै टिमको चाहना छ।

पहिलो खेलमा मुम्बईलाई पराजित गरेता पनि त्यसपछि लगातार ३ हार बेहोरेको चेन्नाईले अन्तिम खेलमा हैदरावादले दिएको १६५ रनको लक्ष्य पछ्याउन असफल रहेको थियो। अम्बाति रायडु टिममा फर्के पनि माथिल्लो क्रमका ब्याट्सम्यानहरु चलन नसक्दा टिमको हारको कारण बनेको थियो। रभीन्द्र जडेजाले ५० तथा धोनीले अविजित ४७ रन बनाए पनि जितको लागि पर्याप्त रहेको थिएन। फाफ डु प्लेसी राम्रो लयमा रहेता पनि शेन वाटसन र केदार जाधब फ्लप भैरहेका छन्। धोनीले रन बनाएता पनि पहिले जस्तो सुरुवात देखि आक्रामक सट खेल्न सकीरहेका छैनन्। अलराउण्डर स्याम करन र ड्वेन ब्राभो तथा दिपक चाहर, पियुष चावला, जडेजा जस्ता बलरहरु रहेको टिम सन्तुलित देखिएता पनि जितको लय पाउन सकेको छैन।

चेन्नाईको सम्भावित ११ : फाफ डु प्लेसी , शेन वाटसन, अम्बाति रायडु, केदार जाधब, महेन्द्र सिंह धोनी ( कप्तान/विकेटकिपर ) , रभीन्द्र जडेजा, स्याम करन, ड्वेन ब्राभो, दिपक चाहर, शार्दुल ठाकुर, पियुष चावला

अर्कोतर्फ लिगमा राम्रो प्रदर्शन गर्दा गर्दै पनि पन्जाबले अधिकांश खेलहरु नजिक पुगेर हारेको छ। दिल्लीसंग सुपर ओभरमा होस् या राजस्थानको चमत्कारिक जित टिम महत्वपूर्ण समयमा चुकीरहेको छ। कप्तान मायाँक अग्रवाल र केएल राहुलले राम्रो लय देखाएका छन् भने पछिल्लो खेलमा निकोलस पुरनले पनि राम्रो ब्याटिंग गरेका थिए। तर ग्लेन म्याक्सवेल, जिम्मी निशमको फर्मले टिम चिन्तित छ। बलिंगमा मोहमद शामी, शेल्डन कटरेल र रभी बिस्नोइले राम्रो गरेता पनि डेथ ओभर बलिंग टिमको चिन्ता बनेको छ।

पन्जाबको सम्भावित ११ : केएल राहुल ( कप्तान/विकेटकिपर ) , मायाँक अग्रवाल, निकोलस पुरन, ग्लेन म्याक्सवेल, करुण नायर, सरफराज खान, क्रिस जोर्डन, मुरुगन आश्विन, रभी बिस्नोइ, शेल्डन कटरेल, मोहम्मद शामी

‘कार्तिकको सट्टा कोलकाताको कप्तानी मोर्गनले गर्नुपर्छ’ – श्रीसंत

आईपीएलमा सट्टेबाजको सक्रियता, एक खेलाडीलाई गरियो सम्पर्क

दोश्रो हार पछि स्मिथले औल्याए टिमको कमजोर पक्ष

लयमा फर्केका कोहलीले बनाए नयाँ इतिहास

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्याप लिडरबोर्ड 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy