IPL : आज २ खेल हुँदै, हैदरावाद र कोलकाता तथा मुम्बई र पन्जाब बीच प्रतिस्पर्धा

२०७७ कार्तिक २, आईतवार १२:१२

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत आइतबार दुई खेलहरु हुदैँछन्। लिगको ३५ औं तथा दिनको पहिलो खेलमा डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदरावाद र नवनियुक्त कप्तान ओएन मोर्गानको नेतृत्वमा रहेको कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय अनुसार दिउँसोको ३:४५ बजे आबु धाबी स्थित शेख जायद स्टेडियममा सुरु हुनेछ। यस्तै, लिगको ३६ औं तथा दिनको दोस्रो खेलमा रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले केएल राहुलको कप्तानीमा रहेको किङ्ग्स-११ पन्जाबको सामना गर्दैछ जुन खेल नेपाली समय अनुसार रातिको ७:४५ बजे दुबई स्थित दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ।

हैदरावाद VS कोलकाता  

८ खेलमा ४ जित र ४ हारपछि ८ अंक बटुल्दै कोलकाता अंकतालिकाको चौथौं स्थानमा छ भने ८ खेलमा ३ जितपछि ६ अंकसहित हैदरावाद पाचौं स्थानमा छ। कोलकातालाई आज जित हात पार्दै शिर्ष-४ मा रहने सम्भावना मजबुत बनाउने तथा हैदरावादलाई आफूभन्दा एक स्थान माथी रहेको कोलकातालाई उछिन्दै चौथौं स्थानमा उक्लने मौका छ।

हैदरावाद :- पछिल्लो खेलमा चेन्नाईसंग २० रनको हार बेहोरेको हैदरावाद प्रदर्शनमा स्थिरता चाहन्छ। ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नर राम्रो लयमा रहेका छन्। वार्नरले सुस्त ब्याटिंग गर्दै हैदरावादको पारी सम्हालेता पनि त्यसको फाइदा उठाउदै विशाल योगफलतर्फ डोर्याउन मिडल अर्डरमा आक्रामक ब्याट्सम्यानको कमी देखिएको छ। मनिष पाण्डेले पाएको सुरुवातलाई ठूलो स्कोरमा परिणत गर्नुपर्नेछ। लयमा रहेका केन विलियमसनले मिडल अर्डर सम्हालेता पनि उनले राम्रो साथ पाउन सकेका छैनन्। प्रियम गर्ग र विजय शंखरले प्रदर्शनमा परिपक्वता ल्याउनु आवश्यक छ।

बलिंगतर्फ भेट्रान तिव्र गतिका बलर भुवनेश्वर कुमारको अनुपस्थिती रहेता पनि खलिल अहमद, सन्दिप शर्मा र टि नटराजनले राम्रो प्रदर्शन गरेका छन्। राशिद खान उत्कृस्ट लयमा छन्। किफायती बलिंगसंगै महत्त्वपूर्ण विकेट लिएका राशिदले विपक्षी टोलिको मिडल अर्डरमा दबाब सिर्जना गर्नुपर्ने हुन्छ। मिडल ओभरमा राशिदको साथ दिन गुणस्तरीय भारतिय स्पिनरको कमि रहेको देखिन्छ। जारी सिजन चेन्नाई विरुद्ध आफ्नो पहिलो खेल खेलेका देब्रे हाते स्पिनर शाहबाज नदीम ४ ओभरमा २९ रन खर्चेर विकेटविहिन रहेका थिए।

हैदरावादको सम्भावित ११ : डेभिड वार्नर ( कप्तान ), जोनी बेयरस्टो ( विकेटकिपर ), मनिष पाण्डे, केन विलियमसन, प्रियम गर्ग, शाहबाज नदीम/ अभिषेक शर्मा, विजय शंखर, राशिद खान, सन्दिप शर्मा, खलिल एहमद, टि नटराजन

कोलकाता :- नवनियुक्त कप्तान ओएन मोर्गनको नेतृत्वमा रहेको कोलकाता ८ अंकसहित चौथौं स्थानमा छ। युवा खेलाडी सुभमन गिलले परिपक्वता ब्याटिंग गर्दै प्रदर्शनमा स्थिरता ल्याएका छन् तर ब्याटिंग भने सुस्त रहेको छ। उनलाई अन्य ब्याट्सम्यानले साथ दिनसकेका छैनन्। राहुल त्रिपाठीले सन्तोषजनक प्रदर्शन गरेता पनि स्थिरता छैन। खराब लयमा रहेका नितिश राना रन बनाउन संघर्षरत छन् जसले जारी सिजन ८ खेलमा मात्र १५५ रन बनाएका छन्। पूर्व कप्तान दिनेश कार्तिकले हैदरावाद विरुद्ध विस्फोटक ब्याटिंग गर्दै अर्धशतक बनाएता पनि अन्य खेलमा रन बनाउन सकेका छैनन्। प्रमुख खेलाडी आन्दे रसेलको प्रदर्शन अझै देख्न पाइएको छैन। ओएन मोर्गन लयमा रहेका छन् जसलाई मध्यक्रममा साथको आवस्यकता छ। बलिंग अल-राउण्डर प्याट कमिंसले अघिल्लो खेलमा मुम्बई बिरुद्ध अर्धशतक बनाउदै टिमको ब्याटिंग गहिराइ देखाएका छन्। तर बलिंगमा भने कमिन्सले धार देखाउन सकेका छैनन्।

बलिंगतर्फ युवा फास्ट बलर शिभम मावी र प्रसिद्ध कृष्णले प्रभावशाली प्रदर्शन गरेका छन्। आन्द्रे रसेलको निर्णायक मोडमा सम्हालिएको बलिंगका कारण कोलकाताले जित निकाल्न सकेको छ। वरुण चक्रवतीले किफायती बलिंग गर्नु साथै महत्वपूर्ण विकेट लिएका छन्। प्याट कमिंसको प्रदर्शन सोचे अनुरुप हुन सकेको छैन। सुनिल नारायणको बलिंग याक्सन शंकास्पद पाइएपछि उनको स्थान अफस्पिनर क्रिस ग्रिनले कति पूर्ति गर्नेछन् हेर्न बाँकी छ।

कोलकाताको सम्भावित ११ : शुबमन गिल, सुनिल नारायण, नितिश राना, दिनेश कार्तिक ( कप्तान/विकेटकिपर ) ओएन मोर्गन, आन्द्रे रसेल, प्याट कमिन्स, प्रसिद्ध कृष्ण, शिभम मावी, राहुल त्रिपाठी, वरुण चक्रवर्ती

मुम्बई VS पन्जाब  

मुम्बई : निकै सन्तुलित देखिएको मुम्बई पछिल्लो ५ खेलमा अपराजित छ। सुर्यकुमार यादवको उत्कृष्ट लयले टिमलाई थप मजबुत बनाएको छ। रोहित शर्मा, क्विन्टन डिकक र इशान किशन जस्ता आक्रामक ब्याट्सम्यानले सजिएको मुम्बईको ब्याटिंगमा कायरन पोलार्ड, हार्दिक पाण्ड्या र क्रुनल पाण्ड्या जस्ता विस्फोटक ब्याट्सम्यान छन् जसले खेलको नतिजा परिवर्तन गर्ने प्रदर्शन गरेका छन्। टिम कप्तान रोहितको प्रदर्शनमा टिम स्थिरता चाहन्छ।

मुम्बईको बलिंगमा राम्रो मिश्रण रहेको छ। ट्रेन्ट बोल्ट, जेम्स नाथन कुल्टर-नाइल र जस्प्रिट बुम्राह जस्ता घातक तिव्र गतिका बलरले राम्रो प्रदर्शन गरिरहेका छन्। फिंगर स्पिनर क्रुनाल पान्ड्याको चलाखीपूर्ण बलिंग र लेग-स्पिनर राहुल चाहरले किफायती बलिंग गर्दै महत्त्वपूर्ण विकेट दिलाएका छन्।

मुम्बईको सम्भावित ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सुर्यकुमार यादव, इशान किशन, कायरन पोलार्ड, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, जेम्स प्याटिन्सन , राहुल चाहर, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह

पन्जाब :- पछिल्लो खेलमा बैंगलोरलाई ८ विकेटले पराजित गरेको पन्जाब विजयी लयलाई कायम गर्न चाहन्छ। प्लेअफमा पुग्नका लागी पन्जाबलाई आगामी खेलहरु जित्नै पर्ने दबाब छ। कप्तान लोकेश राहुल र मायाँक अग्रवालको ब्याटबाट रन बनेता पनि टिमलाई जितसम्म डोर्‍याउन सकेका छैनन्। निकोलस पुरनले हैदराबाद विरुद्ध विस्फोटक ब्याटिंग गरेता पनि प्रदर्शनमा स्थिरता ल्याउनु पर्नेछ। ग्लेन म्याक्सवेलको प्रदर्शन खराब रहेको छ। ‘युनिभर्सल बोस’ क्रिश गेलको आगमनले टिममा नयाँ उर्जा थपिएको छ जसले पछिल्लो खेलमा बैंगलोर विरुद्ध सम्हालिएको ब्याटिंग गर्दै ५३ रन बनाएर जितमा अहम योगदान दिएका थिए।

फितलो बलिंग रहेको पन्जाबमा घातक बलरको अनुपस्थिती रहेको छ। मोहम्मद शामी र रभी बिस्नोइले राम्रो प्रदर्शन गरिरहेता पनि अन्य बलरको साथ छैन। बायाँ हाते तिव्र गतिका बलर अर्शदिप सिंहले आफ्नो छाप छोड्न सफल भएका छन्। डेथ ओभर बलिंग टिमको कमजोर रहेको छ।

पन्जाबको सम्भावित अन्तिम ११ : केएल राहुल (विकेटकिपर) (कप्तान), मायाँक अग्रवाल, निकोलास पुरन, क्रिस गेल , जेम्स निशम/ग्लेन म्याक्सवेल, मन्दिप सिंह, रभी बिस्नोइ, क्रिश जोर्डान, मोहम्मद शामी, मुरुगन आश्विन , अर्शदिप सिंह

लाइभ अन्तर्वार्तामा पोन्टिङसंग रिशभ पन्तको प्र्यान्क

कोहली र स्मिथद्वारा डी भिल्लीयर्सको तारिफ – “एबिको लागि कुनै पनि बाउन्ड्री ठूलो छैन”

IPL : खेल चल्दै गर्दा ड्रेसिंग रुममा फिन्चले भेपिंग गरेको देखिएपछि

अन्तिम ओभर जडेजालाई बलिंग गर्न किन दिईयो ? धोनीले बताए कारण

धवनले शतक बनाउदा चेन्नाईलाई पराजित गर्दै दिल्ली पुनः शिर्ष स्थानमा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy