काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफमा छनोट भएको छ ।
यस संस्करणको आइपीएलमा प्लेअफमा स्थान बनाउँने हैदराबाद तेस्रो टोली हो । यस अघि कोलकाता नाइटराईडर्स र राजस्थान रोयल्सले प्लेअफमा स्थान बनाईसकेका छन् ।
बाँकी रहेको एक स्थानका लागि चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, लखनाउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलूरु दौडमा रहेका छन् ।
